सीमा विवाद कूटनीतिक संवादबाट समाधान गरिने
एनआईबि संवाददाता,काठमाडौं
२९जनवरी२०२०
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत सीमा विवाद कुटनीतिक संवादको माध्यमबाट समाधान गरिनेमा आफू विश्वस्त रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी कमिटीको दोश्रो पूर्ण बैठकलाइ सम्बोधन गर्दै उनले नेपाली भूगाग लिम्पियाधुरालाई आफ्नो नक्शामा समावेश गरी भारतले नक्शा सार्वजनिक गरेकामा उक्त कार्य सुगौली सन्धिको विरुद्ध रहेको भनी पहिलो पटक लिखित पत्राचार गरी छिमेकी भारतलाई आग्रह गरको र यसबारे आफूले संसदमा विस्तृतरुपमा जानकारी गराउने जनाए ।
उनले भने,‘आपसी संवादको माध्यमबाट सीमा विवादको समाधान गर्न सकिनेछ र त्यही प्रयास गरिरहेका छौँ । सरकारले राष्ट्रहितलाई बेवास्ता गर्दैन । यो राष्ट्रवादी र सत्यका लागि लड्न आँट गर्ने सरकार हो । हामी जोसुकैसँग पनि सार्वभौम समानताका आधारमा कुरा गर्न सक्छौँ ।’––राससबाट सम्पादित