nepali news

पश्चिम एशियामा विकसित घटनाप्रति नेपालको गम्भीर चासो

९ जनवरी २०२०

सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको र त्यसप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको बताएको छ ।

परराष्ट्र मन्त्रालयले विहिबार एक विज्ञप्ति जारी गरी पश्चिम एशियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ । साथै सरकारले सबैखाले द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता दोहो¥याएको छ ।

चौथो निर्यात दिवास पुष २२ गते

एनआईबि संवाददाता, काठमाडौँ

नेपाल निर्यात परिषद्ले पुष २२ गते निर्यात दिवस मनाउने भएको छ। परिषद्ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पुष २२ गते ‘चौथो निर्यात दिवस २०७६’ मनाउने जानकारी दिएको हो।

निर्यात दिवसले व्यवसायीक समस्या समाधानका लागि ऐम्यबद्धता कायम गर्ने, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले बताए। उनले बैंक ब्याजदर उच्च हुनु, उत्पादन लागत बढ्दै जानु र कर प्रणालीमा अझैपनि समस्या रहनुले उत्पादन बढन् नसक्दा निर्यात न्यून रहेको बताए। निर्यात दिवसले निर्यातमा हुने समस्याहरु सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न सहयोग पु¥याउने उनको दाबी थियो।

निर्यात दिवस नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सह आयोजनामा मनाउन लागिएको हो।

मध्य एसियाको तनावको असर भारत हुँदै नेपालसम्म!

एनआईबि संवाददाता, काठमाडौँ

शुक्रबार विश्व बजारमा कच्चा तेलको मुल्य ३ अमेरिकी डलरका हिसाबले बढेको छ। अमेरिकाले इरानी सेनाका जनरल कस्सेम सोलिमानीलाई इराकको राजधानी बग्दादमा मिसाइल प्रहार गरि हत्या गरेपछि विश्व बजारमा तेलको मूल्य वृद्धि भएको हो। जुन अझै बढ्ने अनुमान गरिएको छ।

विश्व बजारमा कच्चा तेल निर्यात गर्ने प्रमुख देशका सेनाका जनरलको हत्यापछि त्यसको प्रभाव विश्व बजारमा पर्ने पछिल्लो संकेत देखा परेको छ। यसले खासगरि इरानबाट ठूलो मात्रामा कच्चा तेल निर्यात गर्ने भारत जस्ता देशलाई प्रत्यक्ष प्रभव पार्ने बताइएको छ। भारतमा पछिल्लो १३ महिना यता कच्चा तेलको मुल्य उच्च रहेको अवस्थामा अमेरिकी कदमपछि त्यो झनै बढ्ने आकलन गर्न थालिएको हो।

विश्व बजारमा बढ्दै गएको तनाबका कारण पछिल्लो महिना भारतको नेप्से परिसुचक ०.४ प्रतिशतले घटेको थियो। पछिल्लो महिना प्रति दस ग्राम सुनको मूल्य ६ वर्षकै अन्तराष्ट्रिय बजारमा उच्च रह्यो। भारतीय सात सय रुपौयाँ बढ्दै सुन प्रति दस ग्राम ३९ हजार ८ सय ७३ रुपौँयामा कारोबार भएको थियो। यस्तै भारतीय रुपौँया डलरको तुलनामा कम्जोर रह्यो। करीब ०.६० प्रतिशत कम्जोर हुँदा अमेरिकी प्रति १ डलर भारतीय बजारमा ७१.८० रुपौँयामा कारोबार भयो।

तेइरानले आफ्नो सैनिक जनरल कस्सेम सोलिमानीलाई अमेरिकाले हत्या गरेकोमा अमेरिकासँग बदला लिने जनाई सकेको छ। योसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि हुने अनुमान लगाउन थालिएको छ।

गत सेप्टेम्बर महिनामा कच्चा तेलको मूल्य प्रति व्यारल ६९.१६ अमेरिकी डलर थियो। सेप्टेम्बरमा साउदी अरबको दुई तेल भण्डारमा भएको आक्रमणपछि को त्यो उच्च मूल्य थियो।

भारतलाई आवश्यक पर्ने ८४ प्रतिशत तेल आयात गर्छ जसमा ६० प्रतिशत मध्य एसियाबाट गर्छ। त्यसैले पनि मध्य एसियामा विकसित पछिल्लो घटनालाई भारतले नजिकबाट नियाली रहेको छ।

मध्य एसियाबाट नियात गरेको कच्चा तेललाई भारतले प्रशोधन गरेर नेपाल लगायतका देशलाई बिक्रि गर्छ। त्यसैले मध्य एसियामा बढ्दै गएको तनाबले भारतलाई जति असर गर्छ त्यसको असर नेपालमा पनि पर्न सक्छ।

सेनापति रावतलाई फरक जिम्मेवारी

एनआईबि संवाददाता, नयाँ दिल्ली

आजबाट अनिवार्य अवकाशमा जाँदै गरेको भारतीय सेनाका प्रमुख विपिन रावतलाई सरकारले रक्षा कर्मचारी प्रमुख (सीडिएस) मा नियुक्त गरेको छ। भारतीय सेना प्रमुखको कार्यकाल ३ वर्षको हुन्छ। अथवा ६२ वर्षको उमेरहदका कारण पनि अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था छ। रावतको उमेर हदभन्दा पनि सेवा अवधि सकिएर अनिवार्य अवकाशमा जान लागेका हुन्।

रावतले आजैबाट भारतीय सेनाबाट अवकाश पाउँदै छन् भने रक्षा मन्त्रालयले आजैका मितिबाट लागू हुने गरि उनलाई सीडिएसको जिम्मेवारी दिएको हो। यो समाचार आजको द हिन्दूमा प्रकाशित छ।

२८ डिसेम्बरमा राजपत्रमा प्रकाशित सूचना अनुसार सीडिएसको उमेर हद ६५ वर्षको हुने छ। जसले गर्दा रावतलाई सेना प्रमुखभन्दा सीडिएसका रुपमा धेरै समय कार्यालयमा हुने आकलन गरिएको छ।

सन् २०१५ को डिसेम्बरमा भारत सरकारले रावतलाई भारतीय सेना प्रमुखका रुपमा नियुक्त गरेको थियो। तत्कालिन समयमा उनीभन्दा अघि रहेका दुई सेनाका उच्च कर्मचारीलाई पाखा लगाउँदै सरकारले रावतलाई सेना प्रमुखको जिम्मेवादी दिएको थियो।

गएको स्वतन्त्रता दिवासमा प्रधानमन्त्री नरेन्द्र मोदीले सीडिएसको चर्चा गर्दै उक्त अहोदा भारतका स्थल, जल र हवाई सेना प्रमुखभन्दा माथि हुने बताएका थिए। सीडिएसले रक्षा मन्त्रालयमा रही सेनासँग सम्बन्धि मामिला हेर्नेछ भने यसले सरकारको सचिवालयको काम गर्ने जनाइएको छ।

उत्तर प्रदेश सरकारले सार्वजनिक सम्पत्ति नष्ट गर्नेबाटै क्षतिपूर्ती उठाउने

एनआईबि संवाददाता, नयाँ दिल्ली

भारत उत्तर प्रदेश सरकारले सार्वजनिक सम्पत्ति नष्ट गरेको भन्दै अभियुक्तबाटै त्यसको भरपाई गर्ने निर्णय लिएको छ। भारतमा चलिरहेको नागकिता संसोधन विधेयक र राष्ट्रिय नागरिकता पञ्जिकरण (एनआरसी) को विरोधमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति नष्ट गरेको आरोमा पक्राऊ परेका ३७२ (४७८ अभियुक्त) जनाबाट भरपाई गर्ने निर्णय सरकारले लिएको हो।

सन् २००७ र २०११ को अलहावाद उच्च अदालतको नजिर दिर्दै उत्तर प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथले प्रदर्शनकारीसँग बदला दिने रणनीति अख्तियार गरेको आजको द इन्डियन एक्प्रेसमा समाचार छ।

‘पहिलो पटक हामीले प्रदर्शनकारीबाट सार्वजनिक सम्पत्ति नष्ट गरेको आरोपमा भरपाई गर्न लागेको’, सरकारको कदमलाई थप प्रष्टाउँदै उत्तर प्रदेश प्रहरीले भनेको छ।

बुधबारको संसद बैठकबाट पनि सभामुख चयन प्रक्रिया शुरु हुनेमा शंका

एनआईबि संवाददाता, काठमाडौँ

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकबाट पनि सभामुख चयन प्रक्रिया शुरु हुन मुश्किल देखिएको छ। आइतबार बसेको नेपाल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकबाट भावि सभामुख टुङ्गो लगाउने भनिए पनि सचिवालय बैठक उक्त विषयमा छलफल नै नभई टुङ्गिएको थियो।

आइतबार बसेको सचिवालय बैठकको एजेण्डामा भावि सभामुखको चयन र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गर्ने भनिए पनि दुवै एजेण्डामा प्रवेशै नगरि बैठक टुङ्गिएको थियो।

यसअघि पुष ११ गतेकोे संसद बैठकबाट नै सभामुख चयन प्रक्रिया शुरु गर्ने संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरे पनि सभामुख चयन प्रक्रिया शुरु नभएपछि पाँच दिनका लागि संसद स्थगित गरिएको थियो।

सभामुखका विषयमा राजनीतिक सहमति भएको अवस्थामा पुष ११ गतेको बैठकअघि नै शिवमाया तुम्बाहाङफेले उपसभामुख पदबाट राजिनामा दिने बताएकी थिइन्।

सभामुखमा अध्यक्षद्वयको आ–आफ्नै अडान कायम रहँदा संसद बन्धि भनेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुवास नेम्बाङलाई सभामुख बनाउने दाऊका रहेको बताइएको छ। भने, अर्का अध्यक्ष पुष्पकमल दाहालले अग्नी सापकोटाको नाम सिफारिस गरेका छन्।

भावि सभामुख टुङ्गो लगाउन पार्टीका दुवै अध्यक्ष पटक पटक बैठक बसे पनि निकर्षमा भने पुग्न नसकेको नेकपा स्रोतको दाबी छ।
नेकपा स्रोतका अनुसार हिउँसे अधिवेशनबाट एमसीसी लगाएतका विषय टुङ्गो लगाउनुपर्ने भएकाले प्रधानमन्त्री ओली आफू अनुकुलको मान्छेलाई सभामुख बनाउने प्रयासमा रहेको छन्। त्यसका लागि पूर्व माओवादीका नेता सापकोटाभन्दा नेम्बाङ उपर्युक्त पात्र भएको ओलीको बुझाई रहेको छ।

यता अध्यक्ष दाहाललाई पनि सभामुख पद नछोड्न पूर्व माओवादी नेताहरुको दवाव रहेको बतान्छ। ‘पूर्व माओवादीका केही नेताहरुले सभामुखको पदलाई प्रतिष्ठाको विषयसँग जोडेर हेरेका छन’्,हाल स्थायी कमिटी सदस्य रहेका पूर्व माओवादी नेता भन्छन्,‘पार्टी एकता भए पनि पूर्व एमालेबाट सम्मानजनक व्यवहार नहुँदा अध्यक्ष दाहाललाई सभामुख पद नछोड्न नेताहरुले दवाव दिएका छन्।’

नेकपाका अर्का नेता प्रधानमन्त्री ओली राष्ट्रिय सभाका अध्यक्ष पदसँग प्रतिनिधिसभाको सभामुख पद साट्ने योजना अघि बढाएका छन्। उनी भन्छन्, ‘त्यसका लागि प्रधानमन्त्री ओलीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालाई राजिनाम दिन आग्रह गरेका छन्।’

योजना अनुसार राष्ट्रियसभामा पूर्व माओवादीका नेता दीनानाथ शर्मालाई अध्यक्ष बनाएर प्रतिनिधिसभामा नेम्बाङलाई सभामुख बनाउन प्रधानमन्त्री ओली लागि परेका छन्।

अध्यक्ष दाहाल भने सभामुख पद छाड्ने मनिस्तितिमा नदेखिएको स्रोतले बतायो। पुष १६ गते बोलाईएको संसद बैठकको दिन नजिकिदै जाँदा र नेताहरुबीच सहमति नहुँदा संसदले छिट्टै सभामुख पाउने विषयमा शंका उब्जिएको छ।

नेपाल अझै आईकाओको कालो सूचिमा

एनआईबि संवाददाता, काठमाडौँ

युरोपियन यूनियनले नेपाली विमानलाई अझै कालो सूचिबाट नहटाउने निर्णय गरेको छ। नेपाली विमानले अन्तराष्ट्रिय नागरिक उड्यान संगठन (आईकाओ) ले जारी गरेको सुरक्षा निर्देशिकाको ७० प्रतिशत काम पुरा गरे पनि आईकाओले नेपालाई यूरोपियन आकाशको कालो सूचिबाट नहटाउने निर्णय गरेको हो। नेपाल सरकारले पुष १६ गतेबाट नेपाल भ्रमण वर्ष मनाउने तयारी गर्दै गर्दा आईकाओको यस्तो निर्णय आएको हो।

नेपाली विमानलाई कालो सूचिबाट हटाउन आईकाओले नागरिक उड्यान प्राधिकरणलाई दुई भागमा विभाजन गर्न आग्रह गरेको थियो। सो अनुसार प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकाय गरि दुई भागमा विभाजन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

आईकाओको पछिल्लो निर्णय अनुसार नेपाली विमानले आगामी ६ महिनासम्म युरोपियन आकाशमा प्रवेश नपाउने भएको छ।

नागरिक उड्यान प्राधिकरणका पूर्व निर्देशक हरिभक्त श्रेष्ठ नेपालले छिट्टै युरोपियन देशको विश्वास जित्ने विश्वास व्यक्त गर्छन्। नेपालले नीतिगत रुपमा नै युरोपियन आकाशको कालो सूचिबाट हट्ने प्रयास गरेकाले उक्त प्रयासले मूर्तरुप लिने श्रेष्ठको विश्वास छ।

आईकाओले जारी गरेको सुरक्षा निर्देशिकाको ६० प्रतिशतभन्दा धेरै काम पूरा गरेको अवस्थामा नेपाललाई कालो सूचिमा राख्नुको कुनै औचित्त नभएको उनको भनाई छ। नेपाली विमानलाई सन् २०१३ देखि युरोपियन आकाश प्रयोग गर्नबाट बञ्चित गरिएको छ।

चार महिना पछिला नेपालमा आयोजना भएको आईकाओका एसिया प्यासिफिक क्षेत्रका महानिर्देशकको सम्मेलनमा नेपालले युरोपियन आकाशमा लागेको प्रतिबन्ध हटाउन प्रयास गरेको थियो।
आईकाओले प्रत्येक ६ महिनामा सुरक्षा निर्देशिका सार्वजनिक गर्छ। युरोपियन आकाशमा नेपाल बाहेका १५ देशलाई विमान उठाउन प्रतिबन्ध लगाईएको छ।

नेपाल उड्यान प्रधिकरणका महानिर्देशक राजन पोखरेल भने आईकाओले निर्देशन दिए अनुसार नै नेपालको उड्यान प्रधिकरणलाई दुई भागमा विभाजन गर्ने काम अन्तिम चरणमा रहेको जानकारी दिँदै नेपाली विमानलाई आईकाओले छिट्टै कालो सूचिबाट हटाउने विश्वास व्यक्त गर्छन्।
पर्यटन सस्कृति तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराई युरोपियन युनियनसँग नेपाली विमानमाथि लागेको प्रतिबन्ध हटाउने विषयमा बारम्बार वार्ता भएको बताउँदै त्यसले छिट्टै मूर्तरुप लिने विश्वास व्यक्त गरेका छन्।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

एनआईबि संवाददाता,काठमाडौं

उद्यमी चन्द्रप्रसाद ढकालले नेपाली उद्योगी व्यवासायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा शुक्रबार उम्मेदवारी घोषणा गर्नुभएको छ । उनले आफ्नो गृह जिल्ला बाग्लुङमा आयोजित बाग्लुङ महोत्सवको क्रममा महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको आगामी साधारणसभाबाट अध्यक्ष हुने क्रममा छन् । ढकाल अहिले महासंघमा वस्तुगततर्फबाट उपाध्यक्ष छन् । उनले महासंघको आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति छन् । ढकाल आईएमई समूह, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं लगानी बोर्डका आमन्त्रित सदस्यसमेत हुन् ।

पाँच दिनलाई टर्यो सभामुख चयन प्रक्रिया

एनआईबि संवाददाता, काठमाडौँ

उपसभामुख पदबाट डा. शिवमाया तुम्बाहाङफेले राजिनामा नदिएपछि आज हुने भनिएको सभामुख चयन प्रक्रिया शुरु हुन सकेन। शुक्रबार बोलाईएकोे हिउँदे अधिवेशनको दोस्रो बैठकअघि नै तुम्बाहाङफेले राजिनामा दिने र त्यसपछि सभामुख चयन प्रक्रिया शुरु हुने बताइएको थियो।

राजिनीति सहमति नभएको भन्दै उपसभामुख तुम्बाहाङफेले राजिनामा दिन अस्वीकार गरेपछि प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित गरिएको छ। पुष ४ गतेबाट शुरु भएको संसदको हिउँदे अधिवेशनको दोस्रो बैठकबाट प्रतिनिधिसभाले सभामुख पाउने आकलन गरिए पनि त्यसो हुन नसकेको हो।

गत असोजमा तत्कालिन सभामुख कृष्णबहादुर महरालाई संघीय संसद सचिवालयका कार्यरत एक महिलालाई जवरजस्ति गरेको अभियोग लागेपछि उनले पद राजिनामा दिएपछि विगत चार महिना यता संसद सभामुख विहिन अवस्थामा रहेको छ।

गएको तीन महिना संसद स्थगित रहेको अवस्थामा सभामुख नहुँदा संसदको दैनिक कार्यमा केही प्रभाव नपरे पनि हिउँदे अधिवेशन शुरु भएपछि सभामुखको अभाव संसदमा खट्किदैछ। यस्तो अवस्थामा सभामुख चयनको प्रक्रिया शुरु नहुँदु दुःखद भएको बताउँदै संसदीय कानुका ज्ञाता डा. रुद्रप्रसाद शर्मा।

यता उपसभामुख तुम्बाहाङफेले राजिनामा दिने चर्चा चले पनि उनले पूर्व सभामुख महराको गल्तीको दोषी आफू हुन नहुने बताउँदै आएकी छन्। सभामुख पदका लागि आफू योग्य उम्मेदवार भएको भन्दै उनले आफूलाई नै सभामुख बनाउनुपर्ने सार्वजनिक रुपमा नै भन्दै आएकी छन्।

तुम्बाहाङफेले सभामुख पदका लागि आफ्नो दाबी पेश गरे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने संविधानसभाका अध्यक्ष समेत रहि सकेका सुवास नेम्वाङलाई सभामुख बनाउने प्रयासमा रहेको बुझिएको छ। अर्कोतर्फ नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल भने अग्नी सापकोटाको पक्षमा रहेका छन्।

तुम्बाहाङफेले उपसभामुख पदका लागि आफ्नो दाबी पेश गर्दै गर्दा नेकपाका दुवै अध्यक्ष भने उनको पक्षमा नदेखिएका हुन्। उपसभामुख तुम्बाहाङफेले राजनीतिक सहमति नहुँदा आफूले राजिनामा नदिएको बताए पनि पार्टी अध्यक्षद्वयसँग सभामुखको सट्टामा आफूलाई उचित स्थानमा व्यवस्थापन गर्न माग गरेको आरोप लगाइएको छ।

एकल साँगीतिक प्रस्तुतिकालागि आशा भोंसले काठमाडौंमा, पाँच दिने नेपाल बसाइ

एनआईबि संवाददाता,काठमाडौं

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोंसले बुधबार साँझ काठमाडौं आइपुगेकी छन् । त्रिभुवन विमानस्थलमा कलाकेन्द्रका विद्याथीहरुले झाँकीसहित उनलाइ स्वागत गरेका थिए । भाेंसलेकोे स्वागतका लागि केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए ।

काठमाडौंमा शुक्रबार र शनिबार उनको दुइ साँगीतिक कार्यक्रम हुनेछ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने रन्जीत गजमेरको एकल साँगीतिक कार्यक्रममा उनी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछिन् । यो कार्यक्रममा उनले गजमेरको संगीतमा गाएका तीन चार वटा गीतको प्रस्तुति दिने कार्यक्रम रहेको छ । भोंसलेले गजमेरको संगीतमा झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो लगायतका गीत गाएकी छन् ।

शनिबार सोल्टी होटलमा आयोजना गर्न लागिएको एकल सांगीतिक कार्यक्रम उनको यो यात्राको मुख्य कार्यक्रम रहेको छ । शनिबार हुने कार्यक्रममा उनलाइ नेपालका वरिष्ठ गायक,संगीतकारहरुले साथ दिनेछन । “उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, साधाना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले भने ।

संगीतकार रन्जीत गजमेरको साँगीतिक कार्यक्रमकालागि भोंसले काठमाडौं आएकी हुन् । भोंसलेको पाँच दिने नेपाल बसाइक क्रममा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उनले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा तीनचार गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । भोसलेले पशुपतिनाथ,मुक्तिनाथ,लुम्बिनी लगायतका स्थानको दर्शन समेत गर्ने कार्यक्रम रहेको छ ।

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसेकका छन् ।

गजमेरको संगीतमा झझल्को लिएर आएछ सावन उनको पहिलो नेपाली गीत मानिन्छ भने उनले डेनी डेन्जोग्पासँग आगे आगे तोपैको गोला , पछि पछि मशिनगन बरर नेपाली बोलको गीत गाइसकेकी थिइन ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत चचिएत नेपाली गीत गाएकी छिन् । ।

आशाले ६० भन्दा बढी व्यवसायिक नेपाली चलचित्रहरुका गीतमा आफ्नो आवाज दिएकी छन् । ‘नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ’, मोक्तानले भने ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live