सन्नी लियोनी पासवर्डको प्रिमियरकालागि काठमाडौंमा

तस्वीर साभारःसन्नीको इन्स्टाग्राम
एनआईबि संवाददाता,काठमाडौं
बलिउड अभिनेत्री सन्नी लियोनी बिहिबार काठमाडौ पुगेकी छन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियरकालागि उनी काठमाडौ आएकी हुन् । फिल्ममा सन्नीकाे एउटा ‘आइटम डान्स’ रहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा विश्व मै सबैभन्दा मनपर्ने स्थान नेपाल रहेको बताइन् । उनले भनिन्,‘नेपालमा समय बिताउन पाउँदा आफूलाइ निकै भाग्यमानी ठान्छु ।’
उनले काठमाडौ पुग्नु अघि विहिबार एउटा टि्विट समेत गरेकी थिइन् ।
Good Morning!☺️
I couldnt have asked for a better morning in Kathmandu.
We were all lucky enough to make to morning prayers. Something very soothing hearing chanting and drums!
Today I pray for strength and my family members to have strength to see the great things in life. pic.twitter.com/7vWfzNS4Kb— Sunny Leone (@SunnyLeone) September 13, 2019