पहिलो महिला स्टक ब्रोकर खनालको निधन

Share Social Media
एनआईबि संवाददाता,काठमाडौं
नेपालको पहिलो महिला स्टक ब्रोकर सुचिता खनालको निधन भएको छ । उनको मंगलबार नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । खनाल पछिल्लो १४ महिनादेखि स्तन क्यान्सरबाट पिडित थिइन । उनी पूर्व अर्थसचिव रामेश्वर खनालकी श्रीमती थिइन् ।
श्वेता सेक्युरिटिज कम्पनीको संचालन गरेर उनले शेयर कारोबार गर्दै आएकी थिइन् । महिलाले पनि शेयर कारोबार गर्न सक्छन भन्ने पहिलो उदाहरण बनेकी खनालले अन्य महिलाहरुकालागि यो क्षेत्रमा मार्ग प्रशस्त गरिन् । उनक श्रीमान र एक छोरी छिन् ।
Share Social Media