‘आतंकवादको चपेटामा सार्कको भविष्य’

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विदेशमन्त्री जयशंकरको १०० दिने कार्य समीक्षा

एनआईबि संवाददाता, नयाँ दिल्ली

भारतीय विदेशमन्त्री एस जयशंकरले आतकंकवादको सिलसिला नरोकिएसम्म सार्कको भविष्य नभएकाे स्पष्ट संदेश दिएका छन् । मोदी सरकारको दोश्रो कार्यकालमा आफूले पुरा गरेकोे जिम्मेबारीको कामकाज बारे जानकारी गराउने उद्धेश्यले भारतीय विदेशमन्त्रालयले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा विदेशमन्त्री जयशंकरले यो संदेश दिएका हुन् । कार्यभार सभालेपछि पहिलो पटक विदेशमन्त्री जयशंकर औपचारिक रुपमा पत्रकार सम्मेलनमा सहभागी भएका हुन् ।

कार्यक्रममा पाकिस्तानको विदेशमन्त्रीसँगको भेट , सार्क र सन्देश बारे पत्रकारले सोधेको प्रश्नमा सार्कको चिन्ता बारे भारतको तर्फबाट स्पष्ट संदेश दिदै विदेशमन्त्रीले भने, ‘सार्क भनेको नै क्षेत्रीय सहकार्य हो । क्षेत्रीय सहकार्यमा अत्यधिक लाभ लिन सक्ने मुलुक(मोस्ट फेभर्ड नेसन)को आधारमा व्यापारको आवश्यक्ता हुन्छ , कनेक्टिभीटी जरुरी हुन्छ , त्यहाँ आतंकवादको कुनै स्थान हुँदैन् । त्यसैले यदि सार्कको भविष्यलाइ ध्यानमा राख्ने हो भने आज वास्तविक रुपमा कुन मुलुकले सार्कको प्रवद्र्धन गरिरहेका छन र कसले यसलाइ क्षति पुरयाइरहेको छ, भन्ने कुरा सार्कमा प्रतिविम्बित हुनपर्छ ।’
‘ म यो कुरामा पूर्ण विश्वस्त छु कि यसको जवाफ बारे सार्कका सबै सदस्य राष्ट्रहरु जानकार छन् , जयशंकरले कुनै पनि मुलुकको नाम नै नलिई सार्कको भविष्य नदेखिनुको पछाडि आतंकबाद नै मुख्य मुद्दा रहेको स्पष्ट संदेश दिए ।

उनले पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीसँगको भेटमा के कुरा हुनेछ भन्ने बारे सोधिएको जिज्ञासामा हामी हेर्नेछौं भन्ने जवाफ फर्काएका थिए । ‘यसअघि पनि लण्डनमा भएको कमनवेल्थ विदेशमन्त्री स्तरीय बैठकमा हामीले भेटेका थियौ । यी अन्तराष्ट्रिय मन्च हुन् । यस्ता भेटघाट स्वभाविक हो,’ उनले भने ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभा बैठकको साइडलाइनमा बस्ने सार्क विदेशमन्त्री स्तरीय बैठकमा सार्क अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले गरेको आग्रहलाई भारत र पाकिस्तानसहित सार्क सदस्य राष्ट्रले स्वीकारेपछि यो बैठक बस्ने निश्चित भएको हो । सार्कका अन्य सदस्य राष्ट्र बंगलादेश, भुटान, श्रीलंका, अफगानिस्तान र माल्दिभ्स पहिले नै सहमत थिए । असोज ९ गते यो बैठक बस्दैछ ।

भारत पाकिस्तान तनावपूर्ण सम्बन्धका कारण पछिल्लो चार वर्षदेखि सार्क शिखर सम्मेलन बैठक हुन सकेको छैन । हरेक वर्ष महासभाको ‘साइडलाइन’ मा यो बैठक बस्दै आएको छ तर गत अगस्तमा भारतले कश्मिरको विशेषाधिकार खारेज गरेपछि दुइ देशबीच उत्पन्न विवादका कारण यो बैठक बस्नेमा आशंका थियो ।

नेपाल सरकार र सार्क सचिवालयको समन्वयमा संभव हुन लागेको यो बैठकमा शिखर सम्मेलन बारे छलफल हुने बुझिएको छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नेछन् । यसकालागि परराष्ट्रमन्त्री ज्ञवाली असोज ४ गते अमेरिका जाने कार्यक्रम रहेको छ ।

महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री के.पी ओली सहभागी हुने तय थियो तर अनुकुल स्वास्थ्य अवस्था नभएका कारण प्रम ओलीले सहभागी नहुने सरकारले निर्णय गरेको हो ।

मोदीको अमेरिका भ्रमण

यो महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुँदैछन् । साता व्यापी भ्रमणको कार्यक्रम बनाएर मोदी सबैभन्दा पहिला २१ सेप्टेम्बर (४ असोज)मा टेक्सास पुग्ने कार्यक्रम रहेको छ । २२ सेप्टेम्बरमा मोदीले प्रवासी भारतीयहरुले आयोजना गरेको ‘हाउडी मोदी’ कार्यक्रमलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यही सम्मेलनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी हुँने तय भएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live