प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य,नियमित काम गर्न सक्नेः नीजी चिकित्सक

तस्वीर साभारः प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको ट्वििटरबाट
0
एनआईबि संवाददाता,काठमाडौं
प्रधानमन्त्री के.पी. ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका नीजी चिकित्सक दिव्या सिंह शाहले बताएकी छन् । सिंगापुरबाट शुक्रबार काठमाडौं फर्किए लगत्तै सिंहले प्रेस वक्तव्य जारी गर्दै प्रम ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी नियमित काममा फर्किन सक्ने जानकारी गराएकी छन् । विज्ञप्तिमा भनिएको छ , ’प्रधानमन्त्रीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको ‘एनयूएच’ मा पूरा भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो कामलाई निरन्तरता दिन सक्नुहुन्छ।’
प्रम ओलीका नीजी चिकित्सकलो जारी गरेको विज्ञप्तिः
0