स्वराजको निधनमा राष्ट्रपति,प्रधानमन्त्रीको समवेदना

एनआइबि संवाददाता, नयाँ दिल्ली
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजको निधनले व्यक्तिगत क्षति भएको भन्दै उनलाइ भारतकालागि गरेको हरेक कामकोलागि याद राखिने टिविट गरेका छन् । मोदीले यस्तो दुर्भाग्यपूर्ण समयमा आफ्नो विचार उनको परिवार, समर्थक र प्रशंसकको साथमा रहेको उनले टिविट गरेका छन् ।
Sushma Ji’s demise is a personal loss. She will be remembered fondly for everything that she’s done for India. My thoughts are with her family, supporters and admirers in this very unfortunate hour. Om Shanti.
— Narendra Modi (@narendramodi) August 6, 2019
उनले स्वराजको खुवीहरुलाइ संझदै चार वटा टिविट गरेका छन् । उनले संभालेका मन्त्रालयमा गरेको कामहरुको संझना गर्दै मोदीले स्वराजलाइ एक उत्कृष्ट प्रशासकको रुपमा स्मरण गरेका छन् ।मोदीले गत पाँच वर्षमा स्वराजले विदेशमन्त्रालयमा बिना थकावट गरेको कामको संझना गर्दै भावुक टिविट गरेका छन् ।
I can’t forget the manner in which Sushma Ji worked tirelessly as EAM in the last 5 years. Even when her health was not good, she would do everything possible to do justice to her work and remain up to date with matters of her Ministry. The spirit and commitment was unparalleled.
— Narendra Modi (@narendramodi) August 6, 2019
राष्ट्रपति रामनाथ कोविन्दले स्वराजको निधनले मुलुकले एउटा प्रिय छोरी गुमाएको भन्दै भावुक टिविट गरेका छन् । आफना जनताको सहायताकालागि तत्पर रहने नेतृ स्वराजलाइ भारतीयले सदैव संझिने कोविन्दले लेखेका छन् ।
श्रीमती सुषमा स्वराज के निधन से बहुत दुःख हुआ है। देश ने अपनी एक अत्यंत प्रिय बेटी खोई है। सुषमा जी सार्वजनिक जीवन में गरिमा, साहस और निष्ठा की प्रतिमूर्ति थीं। लोगों की सहायता के लिए वे हमेशा तत्पर रहती थीं। उनकी सेवाओं के लिए सभी भारतीय उन्हें सदैव याद रखेंगे—राष्ट्रपति कोविन्द
— President of India (@rashtrapatibhvn) August 6, 2019
काँग्रेस पार्टीेले पनि स्वराजको निधनमा समवेदना व्यक्त गरेको छ
We are saddened to hear about the untimely demise of Smt Sushma Swaraj. Our condolences to her family and loved ones. pic.twitter.com/T9wg739c8i
— Congress (@INCIndia) August 6, 2019
काँ्ग्रेस अध्यक्ष राहुल गान्धीले स्वराजको आकस्मिक निधनले आफू स्तब्ध भएको लेखेका छन् । उनले टिविट गर्दै स्वराजलाइ एक असाधारण नेता तथा साँसद र प्रतिभाशाली ओरेटरको रुपमा स्मरण गरेका छन् ।
I’m shocked to hear about the demise of Sushma Swaraj Ji, an extraordinary political leader, a gifted orator & an exceptional Parliamentarian, with friendships across party lines.
My condolences to her family in this hour of grief.
May her soul rest in peace.
Om Shanti 🙏
— Rahul Gandhi (@RahulGandhi) August 6, 2019