सार्क विदेशमन्त्रीको साइडलाइन बैठक, नेपालको कुटनीतिक पहलको प्रशंसा

एनआईबि संवाददाता,नयाँ दिल्ली
न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइनमा बसेको सार्क विदेशमन्त्रीस्तरीय बैठकमा नेपालले गरेको कुटनीतिक पहलको सामाजिक संजालमा सराहना गरिएको छ । भारतीय अखबार दि हिन्दूका पत्रकार कलोल भट्टाचार्यले सार्क अध्यक्ष राष्ट्रको हैसियतमा नेपालको कुटनीतिक प्रयासको प्रशंसा गरेका छन् । उनले टिविट गर्दै लेखेका छन्, दक्षिण एशियामा कुटनीतिक रुपमा चुपचाप काम गरिराखेको मुलुक नेपाल हो । सार्क अध्यक्ष राष्ट्रको नाताले नेपालकोलागि यो गर्वको क्षण हो ।
‘द ग्रेट गेम इन अफगानिस्तान’का लेखक भट्टाचार्यले सार्क विदेशमन्त्रीहरुको सामुहिक बैठक आयोजना गराउन सफल भएकोमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पनि प्रशंसा गरेका छन् । उनले लेखेका छन् , बैठकको आयोजना गराउन सफल भएकोमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकालागि पनि यो गर्व गर्ने क्षण हो ।
One capital that's working silently to make diplomacy deliver in South Asia is Nepal. Proud moment for SAARC Chair Nepal and Foreign Minister Pradeep K. Gyawali who made the SAARC foreign ministers meeting possible in New York. pic.twitter.com/xtSdLlQMfQ
— Kallol Bhattacherjee (@janusmyth) September 26, 2019
उनले लेखेको स्टाटसमा नविता श्रीकान्तले प्रशंसा गरेकी छन् , उनले लेखेकी छन्, ‘नेपालले गुट निरपेक्षतालाइ प्रमुख सिद्धान्त बनाउदै आएको छ र वैश्विक मुद्दामा सामुहिक प्रतिक्रियामा जोड दिने गरेको छ । एक्सनकालागि सार्क एउटा उत्कृष्ट मन्च हो ।’
@janusmyth Absolutely, #Nepal maintains non-alignment as key principle and pushes for collective response to global issues. Being #SAARC Chair, this is a good forum for a call for action. @MofaNepal @PradeepgyawaliK @bairagi_shanker #UNGA https://t.co/HZdcgosjtb
— Navita Srikant (@NavitaSrikant) September 26, 2019
साइलाइन बैठकको पृष्ठभुमि
न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभाको बैठकमा सार्क विदेशमन्त्री स्तरीय साइडलाइन बैठककालागि सार्क अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले गरेको आग्रहलाई भारत र पाकिस्तानसहित सार्क सदस्य राष्ट्रले स्वीकारेपछि यो बैठक बस्ने निश्चित भएको थियो । सार्कका अन्य सदस्य राष्ट्र बंगलादेश, भुटान, श्रीलंका, अफगानिस्तान र माल्दिभ्स पहिले नै सहमत थिए ।
भारत पाकिस्तान तनावपूर्ण सम्बन्धका कारण पछिल्लो चार वर्षदेखि सार्क शिखर सम्मेलन बैठक हुन सकेको छैन । हरेक वर्ष महासभामा ‘साइडलाइन’ मा यो बैठक बस्दै आएको तर गत अगस्तमा भारतले कश्मिरको विशेषाधिकार खारेज गरेपछि दुइ देशबीच उत्पन्न विवादका कारण बैठक बस्नेमा आशंका थियो ।
अध्यक्ष राष्ट्र नेपाल र सार्क सचिवालयको समन्वयमा संभव भएको यो बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीद्धयको आमना सामना नै नभएको हुँदा सार्कको स्थगित शिखर सम्मेलन बारेको अन्यौलता कायमै देखिएको छ । यस अघिको बैठकमा पनि सुषमा स्वराज सहभागी भएको बैठकमा पनि भारत र पाकिस्तानका विदेशमन्त्री एकसाथ बसेका थिएनन् ।