मोतीहारी अमलेखगन्ज पाइपलाइन रिमोटबाट उदघाटन, सस्तियो पेट्रोलियम पदार्थको मूल्य

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौं,नयाँ दिल्ली

भारतको मोतीहारीदेखि नेपालको हेटौडा नजिकैको अमलेखगन्ज सम्म निर्माण सम्पन्न भएको पेट्रोलियम पाइपलाइनको उदघाटन गरिएको छ । मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले हैदरावाद हाउसबाट र नेपालका प्रधानमन्त्री के.पी शर्मा ओलीले सिंहदरबाबाट रिमोटको बटनले स्विछ थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् । यो दक्षिण एशिया मै पहिलो क्रस बोर्डर पाइपलाइन हो ।

यो पाइपलाइनबाट प्रत्येक वर्ष २लाख मेट्रिक टन शुद्ध पेट्रोलियम पदार्थ नेपाल ढुवानी हुन सक्नेछ । यस अघि यो परियोजनाको शिलान्यास पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा हैदराबाद हाउसमा दुबै प्रधानमन्त्रीले संयुक्त स्विच थिचेर नै गरेका थिए । उदघाटनकालागि भिडियो लिंक प्रविधि प्रयोग गरिएको छ । नेपाल भारत संयुक्त परियोजनाको भिडियो लिंकबाट पहिलो पटक उदघाटन गरिएको हो ।

भिडियो सम्बोधनमा परराष्ट्र सचिव शंकरदास बैरागी , नेपाल सरकारका मन्त्रीहरु तथा नेपालकालागि भारतीय राजदूत मन्जीवसिंह पुरी तथा हैदराबाद हाउसमा प्रम मोदी लगायत विदेश सचिव विजय गोखले भारतकालागि नेपाली राजदूत निलाम्बर आचार्य सहभागी थिए ।

पाइपलाइनको उदघाटन सँगै नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार मध्यान्ह १२ बजेदेखि लागु हुने गरि पेट्रोल ,डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाले घटाएको छ । निगमले विज्ञप्ति जारी गर्दै निगमको स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्रा्ष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा हुने बचत र मुद्रा विनिमय दरको उतारचढावलाई ध्यानमा राखेर पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्यमा दुई रुपैयाँ घटाई नयाँ खुद्रा मूल्य कायम गरिएको जनाएको छ । अब पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैया कायम गरिएको छ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live