पर्यटन मन्त्रीको घोषणाः७० कटेका हजुरबा,आमालाइ हवाइ टिकटमा ५० प्रतिशतको छुट

तस्वीर श्रोतःभट्टराइको फेसबुक
एनआइबि संवाददाता,नयाँ दिल्ली
सत्तरी वर्ष उमेर काटेका वृद्धवृद्धालाइ योगेश भट्टराइले उपहार दिएका छन् । सेलिब्रेटी पर्यटन मन्त्री भट्टराइले ७० वर्ष बढि उमेरका वृद्धवृद्धालाइ आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाएका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत नै उनले यो प्रतिवद्धता सार्वजानिक गरे । उनको यो योजना कहिले बाट लागु हुनेछ त्यसको सुचना पक्कै पनि सरकारले जारी गर्नेछ । तर यो योजना लागु गर्नकालागि नेपालमा संचालित विभिन्न बायुसेवा कम्पनीहरुसँग छलफल भइरहेको भट्टराइले बताएका छन् ।
पहिले वायुसेवा कम्पनीहरुबाट निर्णय गराएर अनि छुटको घोषणा गरेको भए पर्यटन मन्त्री भट्टराइको ख्याति अझ धेरै चुलिनेथ्यो होला । पर्यटनमन्त्रीले हतारमा योजना सार्वजानिक गरेर फुर्सदमा लागु गर्ने निर्णय गरे । किन हो कुन्नी ?