नेपाली कर्मचारीहरुलाइ भारतमा तालिम

तस्वीर साभारःभारतीय दूतावास,काठमाडौं
एनआइबि संवाददाता, नयाँ दिल्ली
नेपाली अधिकारीहरुको क्षमता अभिवृद्धि गर्न भारत सरकारको तर्फबाट संचालित ‘सम्पती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी विशेष तालिम सोमबारदेखि शुरु भएको छ । भारतको फरिदाबादमा शुरु भएको ६ दिने तालिममा नेपालका विभिन्न सरकारी निकायहरुमा २० अधिकारीहरु सहभागी भएका छन् । भारत सरकारको “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत तालिम संचालन भएको हो ।
यो कार्यक्रम अन्तर्गत तीन चरणमा जम्मा ६० कर्मचारीहरुलाइ तालिम दिइनेछ । पहिलो चरणका २० को तालिम शुरु भएको छ भने बाँकी ४० जनालाइ दुइ चरणमा आगामी अक्टोबर र डिसेम्बरमा तालिम दिइनेछ । तालिम फरिदाबाद स्थित नेशनल एकेडेमी अफ कस्टम, इन्डाइरेक्ट ट्याक्स एण्ड नार्कोर्टिक्स(एनएसीआइएन) मा शुरु भएको हो ।
सम्पत्ति शुिद्धकरण निवारण तथा वित्तीय अनुसन्धानको क्षेत्रमा एनएसीआइएन भारत सरकारको शीर्ष प्रशिक्षण संस्था हो । यो एशिया प्रशान्त क्षेत्रका लागि विश्वका भन्सार संस्थाहरुको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो । यसले युएनइपि, युएनडिपी, सासेक लगायतका अन्तराट्रिय संस्थाहरुसँग मिलेर काम गर्छ ।