भुटान जस्तो मित्र र छिमेकी कसले चाहन्न ः मोदी

तस्बीर साभारःनरेन्द्र मोदीको टिविटर
एनआइबि संवाददाता, नयाँ दिल्ली
भुटान भ्रमणमा शनिबार थिम्पु पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानको मित्रता र छिमेकी व्यवहारको खुलेर प्रशंसा गरेका छन् । भुटान जस्तो मित्र र छिमेकी कसलाइ चाहिदैन भन्दै मोदी भुटानका चौथो नरेश ड्रुक ग्याल्पोको बुद्धिमताको उच्च प्रशंसा गरेका छन् । भुटानमा गरेको संयुक्त प्रेस सम्बोधनमा भुटान नरेशको बुद्धिमता र दुरदर्शिताले द्धिपक्षिय सम्बन्धलाइ निकै लामो समयदेखि मार्गदर्शन गरेको मोदीले उल्लेख गरेका थिए । यसका साथै ग्याल्पोको दुरदर्शिताले नै भुटानलाइ विश्वका सामु उदाहरणीय मुलुक बनाएको भन्दै मोदीले भने, जहाँ विकासलाइ तथ्याँकको आधारमा नभएर खुशीले मापन गरिन्छ । आर्थिक विकास परम्परा र पर्यावरण सँगसँगै अघि बढछ । यस्तो मित्र र छिमेकी कसले चाँहदैन। ’
दुइ दिने भुटान भ्रमणमा रहेका मोदी शनिबार अपरान्ह भुटान पुगेका थिए । उनलाइ पारो विमानस्थलमा भुटानका प्रधानमन्त्री लोट्टे छिरिंगले स्वागत गरेका थिए । त्यसपछि मोदीलाइ भुटान सरकारका तर्फबाट गार्ड अफ अनर दिइएको थियो । मोदी भुटानमा भारत सरकारसँगको सहकार्यमा संचालित केहि परियोजनाको उदघाटन पनि गरेका थिए भने दुइ मुलुकबीच शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि तथा अनुसंधानका क्षेत्रमा दश संझौता पत्रमा हस्ताक्षर गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।