मोदीको बायोपिक प्रदर्शन रोकियो, भारतीय निर्वाचन आयोगको आदेश

तस्बीर साभार ः स्क्रोल डट इन
एनआइबी संवाददाता,नयाँ दिल्ली
भारतीय निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘पीएम नरेन्द्र मोदी’को प्रदर्शनमा तत्कालकालागि रोक लगाएको छ । लोकसभा निर्वाचन शुरु हुने दिन चलचित्र प्रदर्शन हुनुलाइ निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै आयोगमा उजुरी परेपछि आयोगले चलचित्रको प्रदर्शनमा रोक लगाएको हो । निर्वाचनमा सहभागीे प्रमुख प्रतिपक्षी दल काँग्रेस लगायत अन्य दलहरुले चलचित्र प्रदर्शनमा रोक लगाउन आयोग समक्ष आपत्ति दायर गरेका थिए । काँग्रेसले निर्वाचनको अवधिमा मोदीको बायोपिक प्रदर्शन गुर्नको उद्धेश्य भारतीय जनता पार्टीलाइ चुनावी फायदा पुरयाउनु रहेको भन्दै याचिका दायर गरेको थियो ।
मुख्य निर्वाचन आयुक्त सुनिल अरोरा तथा अयुक्तद्धय अशोक लवासा र सुशील चन्द्राले आफनो आदेशमा भने, ‘तीन चलचित्र (पीएम नरेन्द्र मोदी, एनटीआर लक्ष्मी, तथा उद्याम सिंहम)को प्रदर्शनमाले कुनै राजनीतिक दल तथा राजनेतालाइ चुनावी लाभ पुग्ने कुरालाइ मध्यनजर गर्दै यसको प्रदर्शनमा रोक लगाइएको हो । आचार संहिता लागु हुने अवधिभर कुनै पनि राजनीतिक दल तथा राजनेताको बायोग्राफी अथवा यसमा आधारित चलचित्र, वृत्तचित्र , पोस्टर तथा कुनै पनि प्रचार सामग्री आदिलाइ इलेक्ट्रोनिक मिडिया अथवा सिनेमाघरमा प्रदर्शित गर्न पाइदैन ।’
आयोगले भविष्यमा यस किसिमको याचिकाको जाँचकालागि सुप्रिम कोर्ट(सर्वोच्च अदालत)का कुनै सेवानिवृत्त प्रधानन्याधिस अथवा हाइ कोर्ट (उच्च न्यायलय)का सेवानिवृत्त मुख्य न्यायाधिसको अध्यक्षतामा एक समिति गठन गर्ने निर्णय गरेको छ ।