काठमाडौं,भारतको अरुणान्चलदेखि तिब्बत सम्म एकै दिन भुकम्पको धक्का

एनआइबि संवाददाता, काठमाडौं,नयाँ दिल्ली
धादिंगको नौबिसेलाइ केन्द्रबिन्दु बनाएर बुधबार बिहानै दुइ पटक भुकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलब २ रेक्टर स्केल र लगत्तै ११ मिनेटपछि ४ दशमलब ३ रेक्टर स्केलको अर्को परकम्प गएको राष्ट्रिय भुकम्पन मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यी सबै धक्का गोरखा भुकम्पकै निरन्तरता हुन् । यो भुकम्प पनि २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भुकम्पनको परकम्प भएको भुकम्पविद्ले बताएका छन् ।
नेपालमा सन् २०१५को अप्रिल २५ मा ७ दशमलब ९ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको थियो । जसमा ९ हजार बढीले ज्यान गुमाएका थिए । ठीक चौथो वर्षको एक दिन अघि दुइ ठूलो रेक्टरको भुकम्प गएको छ ।
भारतको अरुणान्चलमा पनि भुकम्प
बुधबार नै भारतको अरुणान्चल प्रदेशमा पनि ६ दशमलब १ रेक्टर स्केलको भुकम्प गएको छ । अरुणान्चल प्रदेशमा बिहान १ बजेर ४५ मिनेटमा भुकम्प आएको थियो ।
अमेरिकी भुवैज्ञानिक सर्वेक्षणका अनुसार यो भुुकम्पको मापन ६ दशमलब १ रेक्टर स्केल गरिएको छ । यो भुकम्पको केन्द्र बिन्दू दक्षिण पूर्वमा ४० किलोमिटर र राज्यको राजधानी इटानगरबाट एसय ८० किलोमिटर दक्षिण पश्चिममा थियो ।
यो भुकम्पको झटका तिब्बती इलाकमा पनि महसुस गरिएको थियो । अरुणान्चल प्रदेशमा १२ लाख बासिन्दा रहेका छन् । भुकम्पले कुनै धनमालको क्षति भएको खबर आएको छैन् ।
चीनको भुकंप नेटवर्क केन्द्रका अनुसार तिब्बतको मेदोग काउन्टीमा बिहान ४ बजेर १५ मिनेटमा ६ दशमललब ३ रेक्टर स्केलको दश किलोमिटको गहिराइमा गएको थियो ।