जम्मु कश्मीरका ५० हजार युवालाइ रोजगारीको अवसर

तस्वीर श्रोतःएएनआई

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

जम्मु कश्मीरका राज्यपाल सत्यपाल मलिकले जम्मु काश्मिर राज्यका ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेका छन् । पत्रकार सम्मेलन मार्फत उनले केन्द्र मातहतमा ल्याइएको जम्मु कश्मीरका युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले आगामी दुईदेखि तीन महीनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने दाबी गरे । सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै उनले यसकालागि पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए । आउँदो दुइदेखि तीन महिनाभित्र यी सबै पदपूर्ति गरिसक्ने पनि मलिकले भने । धारा ३७० र ३५(क) खारेज भएपछि जम्मु कश्मीर पूर्ण रुपमा केन्द्र शासनको नियन्त्रणमा छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live