विदेशमन्त्री जयशंकर काठमाडौं जाँदै

तस्वीर श्रोतः विदेशमन्त्रीको टिविटर
एनआइबि संवाददाता,नयाँ दिल्ली
भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार काठमाडौं जाँदैछन् । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिने क्रममा उनी काठमाडौं जान लागेका हुन् । बुधबार र विहिबार हुने बैठकमा भाग लिन जयशंकर बंगलादेशबाट काठमाडौं पुग्दैछन् । हाल बंगलादेशको दुइ दिने भ्रमणमा रहेका जयशंकर उतैबाट काठमाडौं जानेछ्न ।
२६–२७अक्टोबर २०१६मा नयाँ दिल्लीमा बसेको आयोगको चौथो बैठकमा संयुक्त छलफललाइ विदेश सचिवको रुपमा नेतृत्व गरेका थिए । पाँचौ बैठकमा उनी विदेशमन्त्रीको रुपमा भाग लिदैछन् । मोदी सरकारको दोश्रो कार्यकालका विदेशमन्त्री जयशंकर यो भुमिकामा पहिलो पटक नेपाल जाँदैछन् । काठमाडौंमा रहँदा जयशंकरले उच्च राजनीतिक भेटवार्ता गर्नेछन् । उनले राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नेछन् । बिहीबार नै विदेशमन्त्री जयशंकर भारत फर्किने कार्यक्रम छ।
द्धिपक्षिय बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा २५ सदस्यीय भन्दा बढी नेपाली प्रतिनिधि मण्डलले विभिन्न विषयमा समूहगत रुपमा भारतीय पक्षसँग छलफल गर्ने तयारी रहेको परराष्ट्रमन्त्रालले जानकारी गराएको छ । प्रधानमन्त्रीस्तरीय पछि द्धिदेशीय हितका समग्र विषयमा छलफल हुने परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक नै ठुलो बैठक हो । बैठकमा राजनीतिक, सीमा सुरक्षा, डुवान समस्या, आर्थिक सहयोग तथा पूर्वाधार निर्माण, ऋण, कृषि क्षेत्रको विकास, सडक निमार्ण, रेल कनेक्टिभिटी लगायतको विषयमा छलफल हुनेछ ।