लगानी सम्मेलनमा पहिलो दिन के के भयो

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता काठमाडौं

लगानी सम्मेलनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री के.पी.शर्मा ओलीले सम्मेलनको उदघाटन गर्दै अन्तराष्ट्रिय समुदायलाइ लगानीकालागि आह्वान गरे । काठमाडौंको सोल्टी होटलमा शुक्रबारबाट शुरु भएको सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल लगानीकोलागि भर्जिनल्याण्ड भएको बताए । ओलीले नेपालमा लगानीकालागि सबै किसिमको वातावरण तयार भइसकेको हुँदा मुनाफाको सुनिश्चितता रहेको बताए । उनले जुनै क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्ताहरुलाइ नेपालमा लगानीलागि आह्वान गरे ।
समृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ सरकार अघि बढेको भन्दै प्रधानमन्त्री ओली नेपालमा लगानीको सुरक्षाको प्रत्याभुतिको आधारहरु प्रस्तुत गरेका थिए । राजनीतिक स्थिरताका साथै , लगानीको सहजताकालागि सम्बन्धित कानुन निर्माण र संसोधन , भ्रष्टाचारमा शुन्य सहनशीलता , पारदर्शीता, तथा कानुनी शासन र सुशासन रहेको भन्दै उनले लगानीको सुनिश्चितताकालागि सरकार प्रतिवद्ध रहेको बताए । सरकारले लगानी संरक्षण र प्रतिफल फिर्ता लैजान पाउने अधिकारलाइ सुनिश्चित गरेको छ , लगानी गरेकाले राम्रो प्रतिफल पाएका छन्, लगानीकालािग ढिला नगर्नुस, तपाइहरु ठूला लगानी लिएर आउनुस,हामी तपाइलाइ प्रोत्साहन र समर्थन गर्छौं, सुरक्षा दिन्छौं,सम्मेलनमा सहभागी अन्तर्रा्ष्ट्रिय लगानीकर्तालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लगानीकालागि अहिलेसम्मकै उत्तम समय रहेको बताए । नेपालमा लगानीको अवसर विषयको पहिलो सत्रमा बोल्दै मन्त्री ज्ञवालीले लगानी सम्बन्धि ऐन तथा कानुन परिमार्जका कारण लगानी गर्न सहज वातावरण तयार भएको बताए ।
एडिबीका उपाध्यक्ष चेन
नेपालका ठूला परियोजनमा थप लगानीकालागि एशियाली विकास बैंक तयार रहेको एडिबीका उपाध्यक्ष क्षसिजिन चेनले लगानी सम्मेलनमा बताए । उनले एडिबीले लगानी गरेका परियोजनाहरु पुरा हुन लागेको भन्दै थप ठूला परियोजनामा लगानी गर्न तयार रहेको बताए । मुख्य रुपमा मेलम्ची खानेपानी परियोजना तथा भैरहवामा बन्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका अलावा उर्जा , पूर्वाधार विकास, शहरी परियोजना लगायत शिक्षाको क्षेत्रमा एडिबीको लगानी रहेको छ ।
विश्ववैंकका उपाध्यक्ष स्याफर
सरकारले पछिल्ला समयमा सुधार गरेका कानुनी संरचनाका कारण नेपालमा थप लगानीयोग्य वातावरण बनेको विश्वबैकका उपाध्यक्ष हार्टविग स्याफरले बताए । उनले उर्जाको क्षेत्रमा लगानीको ठूलो संभावना भएका कारण दीर्घकालिन लगानीकालागि विश्व बैंैक इच्छुक रहेको बताए । विकासशील मुलुक चीन र भारतको बीचमा रहेको हुँदा नेपाल लगानीकोलागि थप उपयुक्त रहेको उनले स्पष्ट पारे । विगत ५० वर्षदेखि विश्व बैकले नेपालमा परियोजनाहरुमा लगानी गर्दै आएको छ ।
शनिवार समापन हुने सम्मेलनमा सरकारले कृषि,जलविद्युत , शिक्षा, स्वास्थ्य, पर्यटन , पूर्वाधार विकासका क्षेत्रमा पहिल्याएका नीजी तथा सार्वजानिक गरेर ७७ वटा परियोजनाहरुको सोकेस गर्ने तयारी गरेको थियो । सार्वजानिक तर्फ ५० तथा नीजी तर्फका २७ परियोजना रहेको छ । जसमध्ये जलविद्युतका केहि परियोजनाहरु सोकेस गरियो । प्रदेश तर्फका पनि केहि आयोजनाहरु सो केश गरिदैछ । त्यसैगरि एक दर्जन बढी समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी समेत सरकारको रहेको छ । सम्मेलनमा ४० बढी राष्ट्रहरुका उच्च प्रतिनिधी लगायत ६ सय बढिको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको पनि बाक्लो सहभागिता रहेको छ ।
लगानी सम्मेलनलाइ लक्षित गरेर सरकारले सार्वजानिक नीजि साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुकासाथै विशेष आर्थिक क्षेत्र (सेज) ऐनमा संसोधन समेत गरिसकेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live