भारतको अन्तरिक्ष शक्ति , उपग्रह रोधी मिसाइलको सफल परिक्षण

एनआइबि संवाददाता, नयाँ दिल्ली
अन्त्रिक्ष शक्तिको प्रतिस्पर्धामा भारत विश्वको चौथो महाशक्ति बनेको छ । अन्तरिक्षमा ३ सय किलोमिटरको दुरीमा रहेको लाइभ सेटेलाइटलाइ एन्टि मिसाइलले गिराउन सफल भएपछि भारत चौथो महाशक्तिको रुपमा उदाएको हो । यसअघि अमेरिका , रुस तथा चीन सँग मात्र यो क्षमता रहेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको यो सफलतालाइ ‘मिशन महाशक्ति’ नाम दिएका छन् ।
In the journey of every nation there are moments that bring utmost pride and have a historic impact on generations to come.
One such moment is today.
India has successfully tested the Anti-Satellite (ASAT) Missile. Congratulations to everyone on the success of #MissionShakti.
— Chowkidar Narendra Modi (@narendramodi) March 27, 2019
मोदीले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो क्षमता कसैका विरुद्ध प्रयोग गर्न भन्दा पनि द्रुततर गतिमा बढिरहेको भारतकोलागि रक्षात्मक पहल भएको बताएका छन् ।
लोकसभा निर्वाचनको पूर्व समयमा गरिएको यो परिक्षणले भारतीय जनता पार्टीलाइ फाइदा पुग्ने अनुमान एकथरिले लगाएका छन् भने प्रतिपक्षी दल भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले रक्षा अनुसंधान तथा विकास संगठन(डिआरडिओ) लाइ बधाइ दिदै ट्विट गरेका छन् । उनले ट्वििटमा लेखेका छन्, बधाइ छ डिआरडिओ, मलाइ तपाइहरुमाथि गर्व छ । त्यसैगरि उनले प्रधानमन्त्री मोदीलाइ भने कटाक्ष गर्दै लेखेका छन् , ‘म प्रधानमन्त्रीलाइ विश्व रंगमन्च दिवसको मुरी मुरी शुभकामना दिन चाहन्छु।’
Well done DRDO, extremely proud of your work.
I would also like to wish the PM a very happy World Theatre Day.
— Rahul Gandhi (@RahulGandhi) March 27, 2019