भारतको महंगाई दर पाँच वर्ष पुरानो अवस्थामा

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता, नयाँ दिल्ली

भारतमा महंगाई दर पछिल्लो पाँच वर्षकै उच्च विन्दुमा पुगेको छ। गत डिसेम्बरमा भारतको महंगाई दर बढेर ७ दशमलव ३५ प्रतिशत पुगेको थियो। जुन पछिल्लो साढे पाँच वर्षकै भएको भारतीय समाचार माध्यम द इकोनमिक्सले बताएको छ।

भारतको हालको महंगाई दर मोदी सरकार गठन पूर्वको अवस्थामा पुगेको बताइएको छ। जुलाई २०१४ मा ७ दशमलव ३९ प्रतिशत रहेको महंगाई दर गत डिसेम्बरमा सोही हाराहारी पुगेको हो। चालु आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा यो महंगाई दर बढी भएको प्रकाशित समाचारमा दाबी गरिएको छ। गत नोभेम्बरमा भारतमा महंगाई दर ५ दशमलव ५४ प्रतिशत रहेको बताइएको छ।

भारतको तथ्यांक विभागले सोमबार महंगाई आकडा सार्वजनिक गर्दैै यस्तो दाबी गरेको समाचारमा उल्लेख छ। डिसेम्बरमा खुद्रा बजारमा देखिएको महंगीको प्रमुख कारण प्याज भएको बताइएको छ। केही समयअघि भारतको आन्तरिक बजारमा नै प्याज अभाव भएपछि भारतमा प्याजको मूल्य अत्याधिक बढेको थियो। जसको प्रत्यक्ष असर डिसेम्बरको महंगाई दरमा परेको तथ्याङ विभागको दाबी छ।

भारतीय खुद्रा बजारमा डिसेम्बरमा तरकारीको मूल्य ६० दशमलव ५ प्रतिशतले बढेको आकडामा बताइएको छ। यस्तै खाद्य वस्तुको मूल्य १४ दशमलव १२ प्रतिशत बढेको विभागले बताएको छ।

भारतीय अर्थशास्त्रीहरुले आर्थिक मन्दीमा ध्यान नदिने हो भने केही समयमा नै भारत चरम आर्थिक अभावमा फस्ने चेतावनी दिएका छन्। बेरोजगारी बढ्नु, वस्तुको माग घट्नु र महंगाई बढ्नुलाई आर्थिक मन्दी भनिन्छ।

बैक अफ बडौंदाका प्रमुख अर्थशास्त्री समीर नारंगले खुद्रा महंगाई दर आगामी तीन महिनामा ६ प्रतिशतमा आउने र त्यसको तीन महिनापछि पाँच प्रतिशतमा झर्ने बताएका छन्।

तरकारीको मूल्य अहिले नै घट्न थालेको बताउँदै उनले दुई तीन महिनामा खाद्य मूल्यमा आएको बढोत्तरी कम हुने दाबी गरेका छन्।

आरबीआईले फरवरी ६ मा सार्वजनिक गर्ने मौद्रिक नीतिको समीक्षा पछि भारतको हालको महंगाईको अवस्थाको बिस्तित जानकारी आउने समाचारमा जनाइएको छ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live