दादासाहेब फाल्के घोषणा पछि महानायक भन्छन्,‘म विनम्र अमिताभ बच्चन हुँ’

तस्वीर साभारःअमिताभ बच्चन ट्वििटर
एनआईबि संवाददाता,नयाँ दिल्ली
दादासाहेब फाल्के पुरस्कारको सम्मान पछि बलिउड अभिनेता अमिताभ बच्चनले खुशी अभिव्यक्तिकालागि शब्दको कमी भएको बताएका छन् । उनले टिविट गर्दै लेखेका छन्,‘यसको जवाफ खोज्दा शब्दको एक कमी भएको छ । कृतज्ञ छु म, परिपूर्ण,आभार तथा धन्यवाद … म केवल एक विनयपूर्ण, विनम्र अमिताभ बच्चन हुँ। ’
T 3298 – There is a paucity of words searching a response .. for the generosity of words that pour in ..
I am but deeply grateful and most humbled .. my sincerest gratitude ..कृतज्ञ हूँ मैं , परिपूर्ण , आभार और धन्यवाद … मैं केवल एक विनयपूर्ण , विनम्र अमिताभ बच्चन हूँ pic.twitter.com/ESfV7ms6fZ
— Amitabh Bachchan (@SrBachchan) September 24, 2019
सुचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले टिविटरबाट अमिताभलाइ दादा साहेब फाल्के पुरस्कार दिने खबर पुष्टि गरेका थिए । दादासाहेब फाल्के पुरस्कार कुनै पनि सिनेकलाकारकालागि भारतीय सिनेमाको सर्वोच्च सम्मान हो । सुचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्वििट गरेर यो खबरको पुष्टि गरेका थिए ।
उनले टिविट गर्दै लेखेका थिए,‘दुइ पिढिलाइ मनोरंजन र प्रेरित गर्ने कलाकार अमिताभ बच्चनलाइ सर्वसम्मतिले दादा साहेब फाल्के पुरस्कारकालागि चुनिएको छ । सम्पूर्ण देश तथा अन्तर्राष्ट्रिय समुदाय खुशी छन् । उनलाइ मेरो तर्फबाट हार्दिक बधाई । ’
The legend Amitabh Bachchan who entertained and inspired for 2 generations has been selected unanimously for #DadaSahabPhalke award. The entire country and international community is happy. My heartiest Congratulations to him.@narendramodi @SrBachchan pic.twitter.com/obzObHsbLk
— Prakash Javadekar (@PrakashJavdekar) September 24, 2019