दिल्लीमा हातेमालोले गरयो नयाँ नेतृत्व चयन

एनआइबि संवाददाता,नयाँ दिल्ली
भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थीहरूले स्थापना गरेको सङ्गठन ‘हातेमालो नेपाली विद्यार्थी समूह’को एघारौं वार्षिक साधारण सभाले रोशन कुमार यादवको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । संगठनले उपाध्यक्षमा सुनिल श्रेष्ठ, सचिवमा आरक्षण रिजाल, सचिवमा आरक्षण रिजाल,सह–सचिवमा सुनिधि केसी र कोषाध्यक्षमा रोशन बस्नेत (निर्विरोध) चयन गरेको छ ।
सदस्यहरूमा समिर अधिकारी,सुरेस बम,सिद्धार्थ केसी, साजिर हुसेन,विपुल चौलागाँई, अमिसा पौडेल, शिशिर भुसाल,ललित घोस,लक्ष्मण पंजियार,अन्जन कुमार शाही निर्वा्चित भएका छन् । नयाँ दिल्लीको लक्ष्मीनगर स्थित टपर्स इन्स्टिच्यूटमा सम्पन्न साधारण सभाले यो कार्यसमिती चयन गरेको हो । यस अघि सरोज सुवेदीले हातेमालोको नेतृत्व गरेका थिए । संगठनले ७ जना पब्लिक रिलेसन प्रतिनिधी पनि चयन गरेको छ । अनूपम भटृराई र ईश्वर कँड़ेल (शारदा विश्वविद्यालय), बिकास पौडेल (बैंगलोर), सविन घले, कृष्ण पोखरेल,नकूल रेग्मि र सुशान्त पौडेल रहेका छन् ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष रोशन कुमार यादवल आफ्नो कार्यकालमा हातेमालोलाई विद्यार्थीहरूको चौतर्फी विकासमा थप सहयोग पुरयाउने प्रतिवद्धता व्यक्त गरे ।
औपचारिक कार्यक्रम पश्चात् सम्पन्न सांस्कृतिक साँझमा नेपाली कला, संस्कृति झल्किने विभिन्न नृत्य,गायनहरू प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा कविता, गजल र हास्य ब्यंग्य पनि प्रस्तुत गरिएको थियो ।
दश वर्षअघि स्थापना भएको हातेमालो संस्थाले भारतमा सीए अध्ययनरत तथा नेपालबाट अध्ययनका सिलसिलामा आएका विद्यार्थीहरुका समस्याहरु समाधान गर्न सहयोगी भुमिका निभाउँदै आएको छ। त्यसैगरि गैरराजनीतिक यो संस्थाले नेपालको कला,संस्कृति तथा भाइचाराको सम्बन्धलाइ तरोताजा बनाइराख्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हातेमालो संस्थाले बेलाबेलामा जन–चेतनामूलक कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता, आर्थिक छलफलका कार्यक्रम लगायत सहयोग अभियान, तथा नेपाली संस्कृतिको पहिचान गराउने खालका साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।