हातेमालोले दिल्लीबाट गरे नेपाली नयाँ वर्षलाइ स्वागत

तस्वीर साभारः हातेमालोको फेसबुक पेज
एनआइबि संवाददाता,नयाँ दिल्ली
दिल्लीमा सीए अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था हातेमालो नेपाली विद्यार्थी समूहले भारतको राजधानी दिल्लीको स्काउट भवनमा एक कार्यक्रमको आयोजना गरेर नयाँ वर्ष २०७६ लाइ स्वागत गरेका छन् । समुहमा आवद्ध विद्यार्थीहरुले शुभकामना आदान प्रदान गर्नुका साथै साँस्कृतिक कार्यक्रम सम्पन्न गर्दै नयाँ वर्षलाइ स्वागत गरेका छन् । स्थानिय तथा नेपालबाट कलाकारहरुलाइ आमन्त्रण गरेर उनीहरुले कार्यक्रम आयोजना गरेका थिए ।कार्यक्रममा नेपालबाट कलाकार ध्रुव राना, सुरज बी.सी लगायत सिए अध्ययनरत विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुितले कार्यक्रमलाई अत्यन्तै रोचक बनाएका थियो ।
दश वर्षअघि स्थापना भएको हातेमालो संस्थाले भारतमा सीए अध्ययनरत तथा आउने विद्यार्थीहरुका समस्याहरु समाधान गर्न सहयोगी भुमिका निभाउँदै आएको छ। त्यसैगरि नेपालको कला,संस्कृति तथा भाइचाराको सम्बन्धलाइ तरोताजा बनाइराख्न पनि यो संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । संस्थाका अध्यक्ष सरोज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आइसीएआइका सदस्य हंशराज चुग थिए भने विशिष्ठ अतिथिहरुमा सीए अंकित ओवाराय,सी.ए सुमन आत्रेय, संगै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। हातेमालो संस्थाले बेलाबेलामा जन–चेतनामूलक कार्यक्रम, सहयोग अभियान, तथा नेपाली संस्कृतिको पहिचान गराउने खालका साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।