दिल्लीमा बेचिनबाट जोगिन एक नेपाली चेली

एनआईबि सम्वाददाता,नयाँ दिल्ली
सामाजिक सञ्जालको कुराकानीबाट दलालको प्नभावमा परेर भारतको राजधानी दिल्ली आइपुगेकी एक नेपाली किशोरी बेचिनबाट जोगिएकी छिन । नवलपरासी बर्दघाटकी सत्र वर्षिया बेचविखन हुनबाट जोगिएकी हुन् । उनि आफ्नै सुझबुझका कारण जोगिएकी छन् । विवाह गर्ने दलालको प्रलोभनमा परेर दिल्ली पुगेकि किशोरी आफ्नो सुझबुझले उम्किएकी हुन ।
उनको सहयोगमा दलाल समेत पक्राउ परेको छ । पीडित किशोरीका अनुसार दिल्लीको आनन्द विहार घर बताउने नन्दन नामक व्यक्तिसंग उनको करिव एक महिना अघिदेखि वाट्स एपमा कुरा शुरु भयो । त्यसपछि कुरा गर्दै जाँदा उसले विवाह गरेर आफ्नो घर लैजाने भनेको थियो। विवाह गर्नकालागि उसले दिल्ली बोलाएपछि गत २१ सेप्टेम्बरका दिन रेल चढेर ति किशोरी दिल्ली पुगेकी थिइन।
दिल्लीको आनन्द बिहार रेलवे स्टेशनमा लिन पुगेको दलालले रेलवे स्टेशनमा पुलिसलाई देखेर असहज देखिएपछि किशोरीलाई शंका लागेको थियो । दलालले उनलाई रेलवे स्टेशनमै दुई घण्टा संगै बसेपछि एकछिनमा आउँछु भन्दै छोडेर गएको थियो । त्यसपछि पीडित किशोरीले नन्दन माथी शंका गरेर नजिकै रहेकी बालबालिका सम्बन्धि काम गर्ने महिलालाई सबै कुरा बताईन। ती महिलाले किशोरीसँग फोन नम्बर लिएर दलाललाई बोलाएर पुलिस थाना पुर्याईन ।
पुलिसको सोधखोजपछी नन्दन नामक व्यक्तिले पहिले पनि अन्य महिलाहरूलाई विवाह गर्ने प्रलोभन दिएर बेच्ने गरेको खुल्न आएको छ । पुलिसले सो दलाललाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवास संस्कार आश्रममा पठाएको थियो।
आश्रमले आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरेपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताएका छन । संस्थाले दिल्लीले बर्दघाटकी ती किशोरीसँगै बुवाले कुटपिट गरेपछि भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाएको छ।