जान पाइने भो रेल चढेर जनकपुर

जनकपुर रेलको पूननिर्माणमा भारतले गरेको सहयोगले बल्ल व्यवहारिक रुप लिन थालेको छ । भारतको ऋण तथा अनुदान सहयोगमा निर्माण भएको रेल सेवा संचालनमा आउने भएको छ । यही वैशाखदेखि संचालन हुने रेल्वे सेवा भारतको जयनगरदेखि जनकपुरसम्म सञ्चालन हुने भएको हो । सरकारले रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुर्याएकाले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागिएको हो ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए । यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिए पनि ट्रयाक निर्माणलगायतका काम नसकिएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछु, उनले भने । मिश्रले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार गर्ने बताए ।
पाँच सय यात्रु बोक्ने रेलले दैनिक सेवा दिनेछ । रासस