चर्चामा विद्यार्थी गगन

एनबिआइ संवाददाता, नयाँ दिल्ली
नेपाली राजनीति तथा संचारमाध्यममा चर्चामा रहिरहने नेपाली काँगे्रसका युवा नेता गगन थापा यतिबेला फेरि समाचार बनेका छन् । तर यतिबेला उनी राजनीतिक कारणले नभइ विद्यार्थी भएका कारण चर्चामा आएका हुन् । थापा अमेरिकाको हार्वड विश्वविद्यालय अन्तर्गतको हार्वर्ड केनेडि स्कुलमा छोटो अवधिको कोर्स अध्ययन गर्न पुगेका छन् । उनको यो अध्ययन यात्रालाइ नेपालस्थित अमेरिकी दूतावासले आफनो आधिकारिक फेसबुक पेजमा राखेपछि विद्यार्थी गगन थापा समाचार बनेका हुन् ।
अमेरिकी दूतावासले फेसबुक पेजमा गगन थापाको तस्वीर राख्दै लेखेको छ, हेर्नुस् त, कक्षामा को छ? नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको “एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन“ शीर्षकको कोर्स गर्न पुग्नुभएको छ । वहाँ भन्नुहुन्छ, “मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ। सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशुष गरीरहेको छु। एकदमै रमाइलो लागेको छ।“ वि विस हिम एन ए प्लस टाइम । हामी वहाँलाई रमाइलो सिकाइको कामना गर्दछौं।
यसअघि थापाले कक्षाकोठाको पहिलो दिनको तस्वीर टिविट गरेका थिए । जसमा उनको नेमप्लेट मात्र थियो । उनको यो फोटोलाइ दूतावासले आफनो आधिकारिक टिविटर पेजमा समेत रिटिविट गरेको छ । पहिलो दिनको आफनो नेमप्लेट दूतावासले आधिकारिक ट्विटर पेजमा गगन थापाको नेम प्लेटको तस्वीर पनि सार्वजानिक गरेको छ ।
He says, "I want to remain young and learning is what keeps the mind young. I am feeling so so young being here in the class. Just enjoying it."
Thank you for the pictures @thapagk. We look forward to hearing your experience. pic.twitter.com/kCabUQCWPI
— U.S. Embassy Nepal (@USEmbassyNepal) March 29, 2019