आन्तरिक हवाइभाडामा नेपालका एयरलायन्सले १० प्रतिशत छुट दिने,अफर ६ दिन मात्रकोलागि मात्र

तस्वीर साभारःनेपाल चिप फ्लाइट डट कम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चाडपर्वको अवसरमा हवाइभाडामा छुट

एनआईबि संवाददाता,काठमाडौं

वायुसेवा सञ्चालक संघ नेपालले आन्तरिक हवाइभाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । संघको आइतबार बसेको बैठकले दशै,तिहार र छठको अवसर पारेर हवाइभाडामा छुट दिने निर्णय गरेको हो । यात्रुले सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट टिकट लिएमा यो छुट पाउने संघले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । आउँदो असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्मको हवाइ टिकट खरीदमा यो छुट लागु गरिएको छ । विमानस्थल शुल्क(एयरपोर्ट ट्याक्स) तथा इन्धन अधिशुल्क(फयुल सरचार्ज) बाहेकको भाडा रकममा मात्र यो छुट दिइने संघले विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

आउँदो असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्मको हवाइ टिकट खरीदमा यो छुट लागु गरिएको छ । विमानस्थल शुल्क(एयरपोर्ट ट्याक्स) तथा इन्धन अधिशुल्क(फयुल सरचार्ज) बाहेकको भाडा रकममा मात्र यो छुट दिइने संघको विज्ञप्तिमा उल्लेख छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live