मन्त्रिपरिषद्को निर्णयः बजार खोल्न पाउने, गाडी चलाउन पाइने

Prime Minister KP Sharma Oli and others participated in the cabinet meeting held at the Prime Minister's residence in Baluwatar on Wednesday. Picture: Chandrakala Chhetri / RSS
काठमाडौं,जुन १०
लकडाउनको मोडालिटि परिवर्तन गर्दै सरकारले पसलहरु खोल्न दिने तथा जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको अवस्था सामान्य भएका क्षेत्रमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णय समेत गरेको बुझिएको छ ।
त्यसैगरी सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारले छैठौ पटक सम्म लकडाउनको अवधि बढाएपछि भएको चौतर्फी आलोचना पछि बुधबार सरकारले यो निर्णय गरेको हो ।
लकडाउनले व्यापार व्यवसाय चौपट भएर आत्तिएका व्यापारी, व्यवसायीहरुले लकडाउनको मोडालिटि परिवर्तन गर्न सरकारलाइ सुझाव दिदै आएका थिए । सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न पाउनुपर्ने माँग गर्दै साना मझौला व्यापारीहरु प्रदर्शनमा समेत उत्रिएका थिए ।
सरकारले चैैत ११–१८ सम्म एक साताकोलागि पहिलो पटक लागु गरेदेखि पछिल्लो पटक जेठ ३२ गतेसम्मकालागि लकडाउन थप गरेको थियो । यसबीचमा सरकारले हप्तादेखि १५ दिनसम्मको अवधि थप्दै आठ पटक सम्म लकडाउन गरेको छ ।
लकडाउन लागु गरिएको ७९ औ दिनपछि सरकारले यो निर्णय गरेको हो । लकडाउन अवधिमा विहान ११ बजेसम्म अत्यावश्यक सेवा बाहेकका पसलहरु खोल्न पाइने निर्णय गरिएको थियो ।
मन्त्रीपरिषदको निर्णय औपचारिक रुपमा विहिबार सार्वजानिक गर्ने बुझिएको छ ।