पूर्व वित्त मन्त्री चिदम्बरम थप सोधपुछकालागि सोमबार सम्म सीबीआइकै हिरासतमा रहने

तस्वीर साभारःमनीकन्ट्रोल डट कम
एनआइबि संवाददाता,नयाँ दिल्ली
आइएनएक्स मिडिया प्रकरणमा पक्राउ परेका काँग्रेस नेता तथा पूर्व वित्तिय मन्त्री पी चिदम्बरमको दुइ याचिका मध्ये सीबीआइको याचिकामा सर्वोच्च अदालतले राहत दिएन । शुक्रबार उनको सो याचिका बारे सर्वोच्चले यथास्थितिमा रहने निर्णय गरेको छ । त्यसो हुँदा सोधपुछकालागि चिदम्बरमलाइ सोमबार सम्म सीबीआइको हिरासतमा राखिने भएको छ । उनी यसअघि पनि सीबीआइकै हिरासतमा थिए । सर्वोच्चमा उनको सुनुवाइ आगामी मंगलबार हुनेछ । सीबीआइ विशेष अदालतले विहिबार चिदम्बरमलाइ सोधपुछकालागि थप चार दिन हिरासतमा राख्न अनुमति दिइसकेको थियो । सर्बोच्चले यसैलाइ आधार मानेर आगामी मंगलबार यस विषयमा सुनुवाइ हुने आदेश दिएको हो । चिदम्बरमलाइ २६ अगस्त सम्म सोधपुछकालागि सीबीआइ हिरासतमा पठाइएको छ ।
यस विषयमा चिदम्बरमका वकिल कपिल सिब्बलले बहस गर्न खोजेका थिए । तर सर्वोच्चले दोश्रो याचिकामा वहस गर्न भनेको थियो । सर्वोच्चले चिदम्बरममाथि प्रवर्तक निर्देशनालय(ईडी)ले लगाएको मनी लाण्ड्रिंग(मूदा निर्मलिकरण)को केसमा भने राहत दिएको छ । सर्बोच्चले सो केसमा उनलाइ आगामी सोमबार सम्म पक्राउ नगर्न भनेको छ । तर यो निर्णयले उनको गिरफ्तारीमा खासै फरक परेन ।
चिदम्बरमको तर्फबाट सर्वोच्च अदालतमा अग्रिम जमानतकोलागि दुइ वटा याचिका दायर गरिएको थियो । इडीको आरोपको याचिकामा सर्बोच्चले निर्णय सुनायो भने दोश्रो याचिकामा सीबीआइ विशेष अदालतकै निर्णयलाइ निरन्तरता दिएको छ ।
न्यायधिसद्धय आर भानुमति र एएस बोपन्नाको बेन्चले शुक्रबार दुवै मामिलाको सुनुवाइ आगामी सोमबार गर्ने निर्णय गरेका छन् । यो प्रकरणमा चिदम्बरमका तर्फबाट पूर्व कानुनमन्त्री तथा वरिष्ठ वकिल कपिल सिब्बल र अभिषेक मनु सिंघवीले वहस गरिहरेका छन् । भने जाँच एजेन्सी(इडी)को तर्फबाट तुषार मेहता वहसमा छन् । सिब्बलले चिदम्बरले अन्य आरोपीले जमानत पाए सरह चिदम्बरमले पनि जमानत पाउनुपर्ने तर्क राखेका छन् , सुनुवाइ मौलिक अधिकार र स्वतन्त्रताको विषय भएको तर्क प्रस्तुत गरेका थिए ।
सर्वोच्च अदालतमा भएको सुनुवाइमा दुवै पक्षका वकिलहरु बीच तिखो वहस समेत भएको थियो ।मेहताले मनी लाण्ड्रिंगको मामिलामा चिदम्बरमलाइ अन्तरिम राहत दिएकोमा आपत्ति जनाएका थिए । त्यसैगरि एयरसेल मैक्सिस मामिलामापनि विशेष अदालतले चिदम्बरम र उनका छोरा कार्ति चिदम्बरमको अग्रिम जमानत याचिकाको आदेश बारेको निर्णय पनि आगामी एक साताकालागि सुरक्षित राखेको छ र उनको अन्तरिम सुरक्षा पनि बढाएको छ ।
चिदम्बरमलाइ गत बुधबार राती उनको निवासबाट पक्राउ गरिएको थियो । दिल्ली उच्च न्यायलयले आइएनएक्स मिडिया मामिलामा चिदम्बरमको अग्रिम जमानत २० अगस्तमा खारिज गरे पछि चिदम्बरमले २१ अगस्त बुधबार सर्वोच्च अदालतमा जमानतकालागि पून अपिल गरेका थिए । सर्वोच्चबाट राहत नपाएपछि काँग्रेस नेता चिदम्बरमलाइ सीबीआईले बुधबार राती नाटकीय ढंगबाट उनको निवासमा गएर पक्राउ गरेको थियो । सर्वोच्चले उनको अपिलमा शुक्रबार सुनुवाइ हुने बताएको थियो ।
विहिबार दिल्ली विशेष अदालतले चिदम्बरमलाइ थप चार दिनको सीबीआइ हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतले चिदम्बरमसँग हिरासतमा सोधपुछ गर्नु न्यायोचित हुने निर्णय सुनाएको थियो । जाँच एजेन्सीहरुले चिदम्बरमले सोधपुछमा सहयोग नगरेको दाबी गरेका थिए ।
चिदम्बरममाथिको आरोप
आइएनएक्स मिडिया ग्रपलाइ ३सय ५ करोड रुपैया बराबरको बैदेशिक लगानी लिनकालागि वैदेशिक लगानी प्रवद्र्धन बोर्डबाट अनुमति दिलाउनमा चिदम्बरको भुमिका देखिएकोले अनुसंधानकालागि उनलाइ पक्राउ गर्न सीबीआइले माँग गरिरहेको थियो । आइएनएक्स मिडिया कम्पनीले अनुमति पत्र प्राप्त गरेको वर्ष ( सन् २००७) पि चिदम्बरम वित्त मन्त्री थिए । सीबीआइले सो रकममा ठूलो अनियमितताको आशंका गरयो ।
अनि आइएनएक्स मिडिया कम्पनीका प्रोमोटर इन्दाणी मुखर्जी र उनका पति पिटर मुखर्जीसँग प्रवर्तन निर्देशनालय(ईडी)का अधिकारीहरुले सोधपुछ गरे । त्यसपछि चिदम्बर जाँच एजेन्सीको शंकाको घेरामा आए । यो मामिलामा ईडीले सन् २०१८मा सम्पती शुद्धिकरण सम्बन्धित मुद्दा पनि दायर गरेको थियो । टाइम्स अफ इण्डियाको एक रिपोर्टका अनुसार ईडीले आफनो चार्ज्शिटमा लेखेका छन् ,‘इण्द्राणी मुखर्जीले जाँच अधिकारीहरुलाइ बताए अनुसार चिदम्बरले वैदेशिक लगानी बोर्डको अनुमतिको बदलामा आफना छोरा कार्ति चिदम्बरलाइ विदेशी लगानीको मामिलामा सहयोग गर्न भनेका थिए।’
सीबीआइले कार्ति चिदम्बरलाइ फेब्रअरी २०१८मा चेन्नइ विमानस्थलबाट पक्राउ गरेको थियो । उनको विरुद्ध आइएनएक्स मिडियाको विरुद्ध सम्भावित जाँचलाइ रोक्नकालागि १० लाख डलरको माँग गरेको आरोप थियो । पछि कार्तिकले न्यायलयबाट जमानत पाए । सीबीआइका अनुसार आइएनएक्स मिडियाकी पूर्व निर्देशक इण्द्राणी मुखर्जीले सोधपुछका क्रममा कार्तिकले पैसा माँगेको स्वीकार गरेकी थिइन । जाँच एजेन्सीहरुका अनुसार यो सौदाबाजी दिल्लीको एक पाँच तारे होटमा तय भएको थियो । सीबीआइले ३५०० करोडको एयरसेल मेक्सिस सौदामा पनि चिदम्बरको भुमिकाको जाँच गरिरहेको छ ।