‘विफलता नै नयाँ शुरुवातको आधार,’ चन्द्रयानमा अमिताभको प्रतिक्रिया

तस्वीर साभारःअमिताभ बच्चनको ट्वििटरबाट
एनआईबिस संवाददाता,नयाँ दिल्ली
‘विफलता नै नयाँ शुरुवातको आधार हुन्छ,’ मिशन चन्द्रयान२ बारे प्रतिक्रिया दिदैं अमिताभ बच्चनले टिविट गरेका छन् । चन्द्रमाको सतह भन्दा २.१ किलोमिटरको उचाईमा सम्पर्क टुटेको बारे बच्चनले टिविट गर्दै आफ्नो प्रतिक्रिया दिएका छन् ।
‘चन्द्रमा ३८४४०० किलोमिटको उचाईमा छ र हामी केबल २.१ किलोमिटरमा असफल भयौं, जसको अन्तर ०.०००५४६३ प्रतिशत हुन्छ । यद्यपि यो विफलता नै नयाँ शुरुवातको एउटा आधार हो, यो असफलतामा पनि सफलताको स्वाद पाइएको छ , हाम्रा वैज्ञानिकहरु र इसरोलाइ धन्यवाद,’ बच्चनले टिविटमा लेखेका छन्
T 3281 – " Moon is 3,84,400 kms and we failed at 2.1 KM
that's 0.0005463% of margin.Even this failure is a foundation for new beginnings.
Even this failure has a taste of success in it.
Kudos to our Scientists and ISRO 🇮🇳 "~ KK Gajraj .. from FB pic.twitter.com/rnRD7Yuh4f
— Amitabh Bachchan (@SrBachchan) September 7, 2019
यसअघि अनुपम खेर, स्वरा भास्कर, शाहरुख खान,अदनान सामी लगायत बलिउडका कैयो कलाकारहरुले इसरोका वैज्ञानिकहरुको प्रशंसा गरेर हौसला बढाउँदै टिविट गरेका छन् ।
चन्द्रयान २ को विक्रम ल्याण्डरको सम्पर्क टुटेर मिशन पूर्ण हुन पाएन । इसरोका अनुसार चन्द्रयान२ को तीन भाग मध्ये विक्रम र प्रज्ञान रोवर क्षतिग्रस्त भएको छ । यो चन्द्रयान२को ५ प्रतिशत हिस्सा मात्र हो । बाँकी ९५ प्रतिशत आर्बिटरले चन्द्रमाको सफलतापूर्वक चक्कर काटिरहेको इसरोले जनाएको छ । मिशनको लागत ९७८करोड रहेको छ ।