प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं,मे १३
प्रधानमन्त्री के.पी.शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बुधबार ४.३० बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् । रिमालले टिविट गर्दै सो जानकारी गराएका हुन् ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ । बैठकमा नेपाल भारत सीमा विवाद, कोरोना लगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बुझिएको छ ।