आज एकै दिन ५३ जनामा संक्रमण, संक्रमितको संख्या ३५७
काठमाडौं,मे १८
कोभिड–१९ को संक्रमण सोमबार एकैपटक ५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा रहेको प्रयोगशालामा ४७, धुलिखेल अस्पतालको प्रयोगशालामा चार, विराटनगरस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भैरहवास्थित प्रयोगशालामा एक/एक गरी कूल ५३ जनामा संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार अअनुसार बाँकेका ४६ पुरुष र एक जना महिला, मोरङमा एक पुरुष, गुल्मीका एक पुरुष तथा धुलिखेलमा गरिएको परीक्षणमा धुनषाका एक, रौतहटका एक, दाङका एक र धादिङका एक जना रहेका छन् । सबै संक्रमित १८ देखि ४६ वर्षका रहेका छन् । संक्रमितको स्थायी र हालको ठेगानाका आधारमा कन्ट्रयाक टेसिङ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ ।
आजै यसअघि रौतहटमा आठ जना र बारामा एक जनामा सङ्क्रमण देखिएको थियो । योसँगै संक्रमितको संख्या ३५७ जना पुगेको छ । पुरुष २९८ र महिला ५९ जना रहेका छन् । अहिलेसम्म ३१ जिल्लामा संक्रमण देखिएको छ ।
प्रदेश नंं १ मा ४० जना, प्रदेश नंं २ मा १३२ जनामा, वाग्मती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा तीन जना, प्रदेश नंं ५ मा १५९ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित रहेका छन् । प्रवक्ता डा देवकोटाका अनुसार पिसिआर ३० हजार ७२३ जना, आरडिटीबाट ६९ हजार ५६० जनामा परीक्षण गरिएको छ ।
उनका अनुसार पिसिआरबाट फागुनमा ४५६ जना, चैतमा पाँच हजार १८४ जना, वैशाखमा २१ हजार ३४० जना तथा आरडिटी चैतमा तीन हजार ३२१, जनामा वैशाखमा ६० हजार ३१९ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा दुई हजार ५५८ जनाको पिसिआर र एक हजार ७५१ जनाको क्यारेन्टिनमा २० हजार ९० जना र आइसोलेशनमा ४१२ जना रहेका छन् ।
यसैगरी कोभिड–१९ को कारणले मृत्यु भएका सिन्धुपाञ्चोककी महिलाको नजिक रहेकोका १७० जनाको नमूना संकलन गरेर कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको छ । डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन र सेन्टर डिपार्टमेन्ट अफ पब्लिक हेल्थ टिचिङ अस्पतालले उनीहरुको कन्ट्याक्ट टे«सिङ गरिरहेको छ ।––रासस