NEPAL

तपाइहरु ठूला लगानी लिएर आउनुस,हामी तपाइलाइ प्रोत्साहन र समर्थन गर्छौं,लगानीको सुरक्षा दिन्छौंः प्रधानमन्त्री ओली

दुइ दिने लगानी सम्मेलन काठमाडौमा शुरु

एनआइबि संवाददाता, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीकोलागि भर्जिनल्याण्ड भएको बताएका छन् । काठमाडौंको सोल्टी होटलमा शुक्रबारबाट शुरु भएको दुइ दिने लगानी सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीकालागि सबै किसिमको वातावरण तयार भइसकेको हुँदा मुनाफाको सुनिश्चितता रहेको बताए । उनले जुनै क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्ताहरुलाइ नेपालमा लगानीलागि आह्वान गरे ।
समृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ सरकार अघि बढेको भन्दै प्रधानमन्त्री ओली नेपालमा लगानीको सुरक्षाको प्रत्याभुतिको आधारहरु प्रस्तुत गरेका थिए । राजनीतिक स्थिरताका साथै , लगानीको सहजताकालागि सम्बन्धित कानुन निर्माण र संसोधन , भ्रष्टाचारमा शुन्य सहनशीलता , पारदर्शीता, तथा कानुनी शासन र सुशासन रहेको भन्दै उनले लगानीको सुनिश्चितताकालागि सरकार प्रतिवद्ध रहेको बताए । सरकारले लगानी संरक्षण र प्रतिफल फिर्ता लैजान पाउने अधिकारलाइ सुनिश्चित गरेको छ , लगानी गरेकाले राम्रो प्रतिफल पाएका छन्, लगानीकालािग ढिला नगर्नुस, तपाइहरु ठूला लगानी लिएर आउनुस,हामी तपाइलाइ प्रोत्साहन र समर्थन गर्छौं, सुरक्षा दिन्छौं,सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय लगानीकर्तालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।
सम्मेलनमा सरकारले कृषि,जलविद्युत , शिक्षा, स्वास्थ्य, पर्यटन , पूर्वाधार विकासका क्षेत्रमा पहिल्याएका नीजी तथा सार्वजानिक गरेर ७७ वटा परियोजनाहरुको सोकेस गर्ने तयारी गरेको छ । जसमध्ये सार्वजानिक तर्फ ५० तथा नीजी तर्फका २७ परियोजना रहेको छ । प्रदेश तर्फका पनि केहि आयोजनाहरु सो केश गरिदैछ । त्यसैगरि एक दर्जन बढी समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी समेत सरकारको रहेको छ । सम्मेलनमा ४० बढी राष्ट्रहरुका उच्च प्रतिनिधी लगायत ६ सय बढिको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको पनि बाक्लो सहभागिता रहेको छ ।

लगानी सम्मेलनलाइ लक्षित गरेर सरकारले सार्वजानिक नीजि साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुकासाथै विशेष आर्थिक क्षेत्र (सेज) ऐनमा संसोधन समेत गरिसकेको छ ।

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेट

एनआइबि संवाददाता,काठमाडौं
नेपालको औपचारिक भ्रमणमा क्रममा विहिबार काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विजय गोखलले दिउँसो प्रधानमन्त्री के.पी.ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा द्धिपक्षित हित तथा चासोका विषयमा छलफल भएको छ। गोखलले प्रधानमन्त्री मोदीको तर्फबाट ओलीलाइ भारत भ्रमणको निम्तो पनि दिएका छन् ।

उनले विहिबारै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटघाट गरेका थिए ।

नेपाल भारत डेस्क हेर्ने सहसचिव सुधाकर दलेलाका साथ काठमाडौ आएका गोखलेले सबैभन्दा पहिला समकक्षी शंकरदास वैरागीसँग भेटवार्ता गरेका थिए । भेटमा दुइ देशीय आयोजनाहरुको नियमित समीक्षा गरिएको थियो ।

लगानी सम्मेलन शुरु हुने एक दिन अघि काठमाडौं पुगेका गोखले शुक्रबार दिउँसो दिल्ली फर्किने कार्यक्रम रहेको छ ।

भारतीय विदेश सचिव गोखले काठमाडौं पुगे

एनआइबि संवाददाता,काठमाडौं

 

भारतीय विदेश सचिव विजय गोखले विहिबार काठमाडौं पुगेका छन् । शुक्रबारदेखि काठमाडौंमा शुरु हुने लगानी सम्मेलन पूर्व सन्ध्यामा गोखले काठमाडौं पुगेका हुन् । उनी परराष्ट्र सचिव शंकरदास बैरागीको निमन्त्रणामा भ्रमणमा गएका हुन् । उनको भ्रमण मुख्य रुपमा दुइ देशीय आयोजनाहरुको नियमित समीक्षाकालागि हुन लागेको बताइएको छ । विहिबार उनी र समकक्षी बैरागीबीच द्धिपक्षिय हित र चासोका विषयहरुमा छलफल हुनेछ । भेटमा मोतिहारी अमलेखगन्ज तेल पाइपलाइन, रेलमार्ग तथा अरुण तेश्रो जलविद्युत परियोजनाका बारेमा छलफल हुने बुझिएको छ । पुलवामा आक्रमणपछि बढेको भारतीय सुरक्षाको चासोका बारेमा समेत गोखलेले समकक्षीसँग छलफल गर्ने बुझिएको छ । गोखलेले प्रधानमन्त्री के.पी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । गोखले शुक्रबार दिउँसो दिल्ली फर्किने कार्यक्रम रहेको छ ।

विप्लवको नेपाल बन्द फिर्ता

एनआइबि संवाददाता, काठमाडौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्द तत्कालकालागि फिर्ता लिएको छ । पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै चैत १६(शनिबार) गतेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको जनाएको छ । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने तथा आफ्ना कार्यकर्ताहरुलाइ धरपकड गर्ने निर्णय गरेपछि पहिलो पटक सोमबार बसेको स्थायी समिति बैठकले नेपाल बन्द लगायत चरणबन्द आन्दोलनको घोषणा गरेको थियो।

नेपाल बन्द घोषणा गरेकै दिन नेपाल बार एसोसिएसनको चुनाव र एसईईको परीक्षा परेको हुँदा विप्लव पार्टीले बन्द फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । बार एशोसिएसन,राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द फिर्ता लिन पार्टीलाइ आग्रह गरेका थिए।

संघर्षका अन्य कार्यक्रम भने यथावतै रहेको पनि पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ । संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस,१४ गते देशभर कोणसभा,१५ गते मशाल जुलुस,१६ गते शनिबार नेपाल बन्द,१९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, २२ र २३ गते कालो झन्डा प्रदर्शन, तथा चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख थियो । तत्कालकालागि बन्द फिर्ता लिएपनि उचित समयमा सरकारलाइ जवाफ दिने चेतावनी पनि विज्ञप्तिमा उल्लेख छ ।

लगानी सम्मेलनको तयारी सकियोः अर्थमन्त्री खतिवडा

 

 

एनआइबि संवाददाता, काठमाडौं
अर्थमन्त्री युवराज खतिवडाले शुक्रबारदेखि शुरु हुने दुइ दिने लगानी सम्मेलनको तयारी पुरा भएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको उनले बताए । सम्मेलनमा ४० बढी राष्ट्रहरुका प्रतिनिधीहरुको सहभागिता रहने जानकारी दिदै अर्थमन्त्री खतिवडाले ६ सय बढिको सहभागिता रहने जानकारी दिए । सम्मेलनमा सरकारले कृषि,जलविद्युत , शिक्षा, स्वास्थ्य, पर्यटन , पूर्वाधार विकासका क्षेत्रमा पहिल्याएका नीजी तथा सार्वजानिक गरेर ७७ वटा परियोजनाहरुको सोकेस गर्ने तयारी गरेको छ । जसमध्ये सार्वजानिक तर्फ ५० तथा नीजी तर्फका २७ परियोजना रहेको अर्थमन्त्रीले जानकारी दिए । त्यसैगरि केहि मुलुकहरुसँग १२ वटा समझदारी पत्रमा हस्ताक्षर हुने पनि खतिवडाले जानकारी दिए । लगानी सम्मेलनलाइ लक्षित गरेर सरकारले सार्वजानिक नीजि साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुकासाथै विशेष आर्थिक क्षेत्र (सेज) ऐनमा संसोधन समेत गरेको छ ।

किन जाँदैछन भारतीय विदेश सचिव गोखले काठमाडौं ?

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतीय विदेश सचिव विजय गोखले विहिबार काठमाडौं जाँदैछन् । शुक्रबारदेखि काठमाडौंमा शुरु हुने लगानी सम्मेलन पूर्व सन्ध्या जस्तो देखिएपनि गोखले परराष्ट्र सचिव शंकरदास बैरागीको निमन्त्रणामा काठमाडौ जान लागेको बुझिएको छ । उनको भ्रमण मुख्य रुपमा दुइ देशीय आयोजनाहरुको नियमित समीक्षाकालागि हुन लागेको परराष्ट्र श्रोतले बतायो । विहिबार काठमाडौ ओर्लिए लगत्तै गोखले र समकक्षी परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीबीच द्धिपक्षिय चासोका विषयहरुमा छलफल हुनेछ । मोतिहारी अमलेखगन्ज तेल पाइपलाइन, रेलमार्ग तथा अरुण तेश्रो जलविद्युत परियोजनाका बारेमा छलफल हुनेछ । पुलवामा आक्रमणपछि बढेको भारतीय सुरक्षाको चासोका बारेमा समेत गोखलेले समकक्षीसँग छलफल गर्ने बुझिएको छ । गोखलेले प्रधानमन्त्री के.पी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । गोखले शुक्रबार दिउँसो दिल्ली फर्किने कार्यक्रम रहेको छ ।

चीनसँगको सम्बन्धले नेपाल भारतको मित्रतामा फरक पर्दैनःराजदूत आचार्य

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतकालागि नेपाली राजदूत निलाम्बर आचार्यले आर्थिक सामाजिक तथा सांस्कृतिक समानताको आधारमा घनिष्ट रहेको नेपाल–भारतबीचको सम्बन्धलाइ अन्य मुलुकसँगको मित्रताले फरक नपर्ने बताए । चीनसँगको नेपालको आर्थिक सहकार्य बढदै गएको परिवेशमा भारत पक्षको चासो तर्फ इगिंत गदै राजदूत आचार्यले भने, नेपालको अन्य मुलुक अथवा चीन सँगको मित्रताले भारतसँगको निकटतम सम्बन्धलाइ फरक पर्दैन् । नेपालका मित्र अनेक हुन सक्छन तर ती मित्रहरुका कारण भारतसँगको घनिष्टता कम हुन्छ भन्ने हुँदैन् । ’


बरु नेपाल भारत निकट छिमेकी भएर पनि गहिरो रुपमा जोडिन नसकेको भन्दै आचार्यले यसकालागि भारतको द्रूत आर्थिक विकासलाइ नेपालको विकासमा सहकार्य गराउनुपर्नेमा जोड दिए । नयाँ दिल्लीको पिएचडी चेम्बर भवनमा मंगलबार आयोजित उद्योगी व्यवसायीहरुको एक अन्तरसंवाद कार्यक्रमलाइ सम्बोधन गर्दै राजदूत आचार्यले भारतले विज्ञान तथा प्रविधीमा गरेको उल्लेख्य विकासलाइ नेपाल भित्रायाउनु पर्नेमा जोड दिए । काठमाडौंमा लगानी सम्मेलन हुनु दुइ दिन अघि आयोजना गरिएको कार्यक्रममा भारतीय उद्योगी व्यवासायीहरुलाइ संभावना भएका क्षेत्रहरु पहिल्याएर लगानी बिस्तार गर्न आग्रह गरे ।

पिचडि चेम्बर अफ कमर्शको भारत नेपाल केन्द्रले आयोजना गरेको कार्यक्रममा राजदूत आचार्यले नेपालको आर्थिक विकासकालागि अथाह संभावना रहेको जलविद्युत, पर्यटन,सडक तथा यातायात पूर्वाधार लगायतका क्षेत्रमा भारतीय लगानीे आवश्यक रहेको औंल्याए ।

अन्तराष्ट्रिय लगानीकर्ताको चासो रहेको बुद्धिस्ट सर्किटका संभावना बारे नेपाल सरकारको गम्भीर पहल आवश्यक रहेको भारतीय पूर्व ब्यूरोक्रेट एम.पी. बेजबरुवाले उल्लेख गरे । अन्तराष्ट्रिय सभा सम्मेलनकालागि भारतीयहरु सिंगापुर, मलेशिया लगायतका मुलुक पुग्ने गरेको सन्दर्भ उल्लेख गर्दै यही प्रयोजनकोलागि स्थलको रुपमा नेपालको संभावना प्रशस्त रहेको बरुवाले औंल्याए ।

नेपालकालागि पूर्व भारतीय राजदूत केबी राजनले संघीय राज्य प्रणालीमा गइसकेको नेपालमा अब लगानीकालागि संघीय सहकार्यको संभावना औल्याए । पूर्वाधार विकासकालागि नेपाल भारत संयुक्त परियोजनाको परिकल्पना गर्न सकिने संभावना पनि उद्योगी व्यवसायीले औल्याएका थिए ।
कार्यक्रममा दक्षिण एशिया विश्वविद्यालयकी सहायक प्राध्यापक मल्लिका शाक्यले दुइ मुलुकबीच नेपालमा लगानीकालागि उद्योगी व्यवसायीहरुले यस क्षेत्रका वौद्धिकसहयोग लिनुपर्ने सुझाव राखेकी थिइन् ।

आफनो कलेजमा नेपाल भारत कला तथा संस्कृति मंचको स्थापना गरेर दुइ मुलुकबीच कला क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै मारवाह स्टुडियोजका अध्यक्ष संदीप मारवाहले नेपालको फिल्म तथा कला क्षेत्रमा थप सहकार्यकालागि आफू सदैव तयार रहेको बताए । हाल दुइ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको पनि मारवाहले उल्लेख गरे । भौतिक पूर्वाधारको विकासकालागि नयाँ प्रविधिको प्रयोगबाट कम लागत तथा छिटो भन्दा छिटो समयमा संरचना तयार पार्ने बताउँदै त्यस क्षेत्रका विज्ञहरुले आफूहरु नेपाल सरकारसँग काम गर्न तयार रहेको इच्छाएका थिए । इकमर्श, बुद्ध सर्किट , रामायण सर्किट, इको टुरिजमका साथै शिक्षा,स्वास्थ्यको क्षेत्रमा हब नै बनाउन सकिने संभावना रहेको पनि भारतीय उद्योगीहरुले उल्लेख गरे ।

नेपालमा लगानी बारे गुजरातका उद्योगी व्यवसायीबीच आर्थिक संवाद

एनआइबि संवाददाता, नयाँ दिल्ली
गुजरातका संभावित लगानीकर्ताहरुलाइ नेपालमा लगानीकालागि आकर्षित गर्ने उद्धेश्यले गुजरातको अहमदाबादमा आर्थिक सम्मेलन सम्पन्न भएको छ । गुजरात उद्योग वाणिज्य संघसँगको सहकार्यमा नेपाली दूतावासले आयोजना गरेको एक दिने सम्मेलनमा नेपालमा लगानीको संभावना तथा पर्यटन वर्ष २०२० बारे छलफल भएको थियो । भर्खरै नेपाल सरकारले वैदेशिक लगानीको प्रवेशमा अवरोध पुरयाएका नीति नियमहरु परिमार्जन गरेको छ । सम्मेलनमा सरकारका लगानी मैत्री नीति नियमबारे गुजरातका उद्योगी व्यवसायीहरुलाइ जानकारी गराउँदै नजिकिदै गएको लगानी सम्मेलनमा सहभागी हुन दूतावासले आह्वान गरेको छ ।
सम्मेलनमा नेपाली दूतावासका इकोनोमिक मिनिष्टर कृष्णहरि पुष्करले आउँदो लगानी सम्मेलनबारे जानकारी गराउँदै पर्यटन वर्ष २०२०को प्रचार प्रसार गर्ने गरि कार्यपत्र प्रस्तुत गरेका थिए । परिमार्जित वैदेशिक लगानी ऐनले विदेशी लगानीको सुरक्षाको प्रत्याभुति दिएको जानकारी गराउँदै पुष्करले लगानीकर्तालाइ शिक्षा,स्वास्थ्य, पर्यटन , जलविद्युत लगायतका नयाँ संभावना भएका क्षेत्रहरु बारे लगानी सम्मेलनमा बिस्तृत जानकारी गराइने उल्लेख गरे ।
उनले सरकारले २० लाख पर्यटक भित्रयाउने लक्ष्य सहित आयोजना गर्न लागेको नेपाल भ्रमण वर्षकालागि उद्योगी व्यवासायीहरुलाइ गुजरातमा नेपाल गन्तव्यको प्रचास प्रसारकालागि समेत आग्रह गरे ।
कार्यक्रममा गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा जाइमिन वासाले राजनीतिक स्थिरता पछि नेपाल तीब्र आर्थिक विकासको पथमा अघि बढेको भन्दै लगानीकालागि उपयुक्त अवसर भएको उल्लेख गरे । संघका वैदेशिक व्यापार समितिका सभापति पदमिन बचले नेपाल भारतबीच आयात निर्यातको सहजताकालागि आउँदो समयमा गुजरातको मुन्द्रा बन्दरगाहको संभाव्यता औंल्याएकी थिइन् ।
दशक अघिदेखि नेपालमा व्यवसाय गर्दै आएका ब्यूम्याको फेब्रिक लिमिटेडका प्रवन्ध निर्देशक भरत छाजरले नेपाल सरकारको कानुन र शासकीय व्यवस्थाको प्रशंसा गर्दै विश्वमै लगानी मैत्री मुलुकको रुपमा नेपाल अग्रस्थानमा रहेको बताए ।
सम्मेलनमा सहभागी उद्योगी व्यवसायीहरुले पर्यटकीय प्रवद्र्धनकालागि गुजरात र नेपालबीच सिधा हवाइ सेवाको आवश्यक्ता औंल्याएका थिए । कार्यक्रममा गुजरातको स्वास्थ्य, पर्यटन, खाद्य क्षेत्रका नेपाली तथा भारतीय उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । यसअघि दूतावासले मुम्बइ , दिल्ली, चेन्नइ लगायतका स्थानमा लगानी सम्मेलन सम्पन्न गरिसकेको छ ।
नेपाल सरकारले दुइ वर्ष अघि सम्पन्न गरेको पहिलो लगानी सम्मेलनमा विभिन्न साना ठूला परियोजनाकालागि करीब १४ अर्ब बराबरको लगानी चासो आएको सरकारको दाबी थियो । चीनको चासो सबैभन्दा बढि थियो भने भारतको दोश्रो स्थानमा थियो । दुइ वर्षको अवधिमा मात्र ४ अर्ब डलर बराबरको लगानीको प्रारम्भिक कार्य शुरु भएको छ । जसमा चीनले जलविद्युतमा गरेको लगानीको अनुपात बढि रहेको लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले दिल्लीमा सम्पन्न सम्मेलनमा सहभागी हुँदा बताएका थिए । अघिल्लो सम्मेलनमा देखिएका लगानी चासोलाइ क्यास गर्न नसक्नुमा सरकारको पनि कमी कमजोरी रहेको उनले स्पष्ट पारेका थिए । यस पटकको लगानी सम्मेलनमा विगतका कमी कमजोरी सच्याएर अघि बढने सरकारको प्रयास रहेको छ।

राजदूत आचार्यले भारतीय राष्ट्रपति कोबिन्द समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

भारतीय राष्ट्रपतिले भने , नेपाल र भारतबीचको हार्दिक सम्बन्ध थप प्रगाढ बनाउनु पर्छ

एनआइबि संवाददाता , नयाँ दिल्ली
भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्द समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । भारतीय राष्ट्रपति कार्यालयमा भएको समारोहमा राजदूत आचार्यले प्रमाणपत्र बुझाएका हुन् ।
ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको शिष्टाचार भेटमा भारतीय राष्ट्रपति रामनाथ कोबिंद नेपाल भारतको सदियौ पुरानो सम्बन्धलाइ थप प्रगाढ बनाउँदै लैजानु पर्ने बताउनु भएको राजदूत आचार्यले बताए । राष्ट्रपति कोबिंदको भनाइ उद्धृत गर्दै राजदूत आचार्यले भने, ‘भारतका तर्फबाट स्वागत तथा शुभकामना दिदैं उहाँले दुइ मुलुकबीचको सदियौ पुरानो , न्यानो तथा हार्दिक सम्बन्धलाइ थप प्रगाढ बनाउँदै अगाडि बढानुपर्ने बताउँनु भयो । उहाँले राष्ट्रपति विद्यादेबी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ शुभकामना तथा धन्यवाद दिनुभयो । ’
राजदूत आचार्यले अन्नपूर्णसँग कुरा गर्दै नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीको तर्फबाट भारतीय राष्ट्रपति कोबिन्दलाइ शुभकामना दिएको उल्लेख गरे । उनले भने, राष्ट्रपति समक्ष , नेपाल राजनीतिक स्थायित्व पछि नेपाल आर्थिक समृद्धि तर्फ अगाडी बढेको जानकारी गराएको तथा सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारालाइ सफल बनाउन नेपाल भारत सम्बन्धले योगदान पुरयाउने उल्लेख गरे ।
नयाँ दिल्लीको कार्यभार संभालेको २३ औं दिनमा राजदूत आचार्यले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । आचार्य गत फागुन ६ गते नयाँ दिल्ली आएका हुन् ।


राजदूतका आगामी कार्ययोजना
भारतमा लोकसभा चुनावको सरगर्मी बढेका बेला राजदूतको राजनीतिक भेटघाट बाक्लिने संभावना न्यून देखिन्छ । यद्यपि उनले व्यक्तिगत सम्बन्ध परिष्कृत गर्नकालागि भेटघाटको क्रमलाइ तीब्रता दिने बताए । उनले भने, भारतमा अहिले चुनाव लागेको छ , द्धिपक्षिय सम्बन्धका विषयहरुमा तत्काल केहि निर्णय भइहाल्छ भन्ने हुँदैन तर यसबीचमा व्यक्तिगत, सरकारी तथा प्रशासनिक क्षेत्रहरुकाबीच सम्बन्ध बिस्तार गर्ने प्रयास गर्छु ।
नेपाल भारत सम्बन्ध सही दिशामा अघि बढिरहेको उल्लेख गर्दै राजदूत आचार्यले भने, यो सम्बन्धलाइ थप प्रभावकारी बनाउने दिशा तर्फ अगाडि बढनुपर्छ । जे जति समस्याहरु आउँछन् अथवा रहेका छन त्यसलाइ द्धिपक्षिय वार्ताबाट समाधान गर्नु पर्छ,मेरो जोड पनि यसैमा रहनेछ ।
भारतमा आगामी महिना हुन लागेको लोकसभा निवार्चन पछि आउने परिणामले नेपाल भारतको सम्बन्धमा कुनै फरक नपर्ने आचार्यले बताए । उनले भने , निर्वाचनका परिणाम जस्तो आएपनि दुइ मुलुकबीचको घनिभुत सम्बन्धमा कुनै फरक पर्दैन । नेतृत्व परिवर्तन हुँदैमा सम्बन्धका प्राथमिकता बदलिंदैन् । दुइ मुलुकबीचको घनिष्ट सम्बन्ध सरकार र प्रतिपक्षमा रहेका सबैसँग समान हुन्छ ।

सरकारले थप पाँच स्थानकालागि राजदूत सिफारिस गरयो,तीनलाइ फिर्ता

एनआइबी संवाददाता, काठमाडौं

अघिल्लो सरकारले नियुक्त गरेका तीन राजदूतलाई फिर्ता बोलाउँदै सरकारले पाँच स्थानमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । सिफारिस गरेका सबै परराष्ट्र सेवाका रहेका छन् । अघिल्लो पटक सरकारले राजनीतिक तर्फबाट तीन र परराष्ट्रका एक गरी चार स्थानमा नियुक्त गरेको थियो । सरकारले नियमित पत्रकार सम्मेलनमा बिहीबार यसबारे जानकारी दिएको हो ।

सरकारले परराष्ट्रका सहसचिवहरु भृगु ढंगानालाई क्यानाडा, दीपक अधिकारीलाई फ्रान्स, गणेश ढकाललाई थाइल्याण्ड, मणिप्रसाद भट्टराईलाई स्वीट्जरल्याण्डका लागि स्थायी प्रतिनिधि र दुर्गाप्रसाद भण्डारीलाई कुवेतको लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

ढुंगाना हाल भारत समेत हेर्ने दक्षिण एशिया महाशाखा प्रमुख हुन भने उनले जेनेभामा नियोग उपप्रमुख भएर काम गरिसकेका छन् । ढकाल चीन समेत हेर्ने महाशाखा प्रमुख हुन् । भण्डारी पश्चिम एशिया महाशाखा प्रमुख हुन् भने अधिकारी शिष्टाचार महापाल हुन् । यस्तै भट्टराई प्रशासन महाशाखा प्रमुख हुन् । सरकारले इजरायलका राजदूतलाई यसअघि नै फिर्ता बोलाउँदै त्यहाँ सिफारिस गरिसकेको थियो ।

सरकारले बंगलादेश, दक्षिण कोरिया र स्पेनको राजदूतलाई फिर्ता बोलाएको छ । अघिल्लो सरकारले गरेको नियुक्ति पछिको नौ महिना सम्म उनीहरुको कार्यक्षमता हेरेर फिर्ता बोलाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । सरकार जापान, कतार र ओमानको विषयमा अझै निर्णयमा पुगेको छैन ।

यसअघि सिफारिस भएका भारतका लागि राजदूत निलाम्बर आचार्य, युएईकालागि कृष्ण ढकाल, मलेसियाकालागि उदयराज पाण्डे र इजरायलका लागि डा. अन्जान शाक्यको संसदीय सुनुवाइ सम्पन्न भइसकेको छ । उनीहरुको एग्रिमोका लागि सम्बन्धित देश पठाइएको छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live