महंगाईका कारण अब खाद्यान्न पसलमा तरकारी बेच्ने योजनामा भारत
एनआईबि संवाददाता, नयाँ दिल्ली
भारत सरकारले महंगाईका कारण अप्ठेरोमा परेका उपोभोक्तालाई राहत दिन आगामी बजेटमा केही योजना ल्याउन सक्ने अनुमान गरिएको छ।भारतीय सञ्चारमाध्यमको समाचार अनुसार नीति आयोगले तरकारीको बढ्दो मूल्यलाई ध्यानमा राख्दै जन वितरण प्रणाली (पीडीएस) अनुसार तरकारी बेच्न सरकारलाई सुझाव दिएको छ।
आलु, टमाटर, प्याजको बढ्दो मूल्यलाई काबुमा राख्न पीडीएसको हिस्सा बनाउन आयोगले सरकारलाई आग्रह गरेको बताइएको छ। आयोगको सुझावलाई वित्तमन्त्री सीतारमणले १ फरवरीमा पेश गर्ने बजेटमा अपनाउन सक्ने बताइएको छ।
नीति आयोगका अनुसार तरकारी पीडीएस प्रणालीमा बिक्रि गर्दा मूल्यमा आएको उताड चडावमा नियन्त्रण आउनुका साथै यस क्षेत्रमा सरकारले दिएको अनुदानको पनि पूर्ण रुपमा उपयोग हुने बताएको छ।
आयोगको आकलन अनुसार उपभोक्ताको कुल आम्दानीको ५० देखि ५५ प्रतिशत हिस्सा खानपिनमा खर्च हुने गर्छ। त्यसैले आम उपोभोक्तासँग सरकार पनि बढ्दो महंगीका कारण अप्ठेरोमा परेको छ। जसरका कारण आगामी बजेटमा नयाँ रणनीति अख्तियार गर्ने सोचमा रहेको समाचारमा जनाइएको छ।