कोलकत्ताकालागि इश्वरराज पौडेल नेपाली महावाणिज्यदूत नियुक्त
नेपइनबिज संवाददाता
नयाँ दिल्ली,मार्च ६
नेपाल सरकारले भारतको कोलकत्तास्थित महावाणिज्य दुतावासकालागि इश्वरराज पौडेललाइ नेपाली महावाणिज्यदूतमा नियुक्त गरेको छ । मन्त्रीपरिषदको गत आइतबार(फागुन १८) बसेको बैठकले पौडेललाइ महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस अघि एकनारायण अर्याल महावाणिज्यदूतको जिम्मेवारीमा थिए । उनलाइ नेपाल सरकारले २०७२ साल फागुनमा कोलकात्ताको महावाणिज्यदूतमा नियुक्त गरेको थियो । २०७३ असारमा कोलकात्तास्थित महावाणिज्य दूतावासमा उनले कार्यभार संभालेका थिए । अर्याल चैतको पहिलो साता स्वदेश फर्किदैछन् ।