नेपाल अझै आईकाओको कालो सूचिमा
एनआईबि संवाददाता, काठमाडौँ
युरोपियन यूनियनले नेपाली विमानलाई अझै कालो सूचिबाट नहटाउने निर्णय गरेको छ। नेपाली विमानले अन्तराष्ट्रिय नागरिक उड्यान संगठन (आईकाओ) ले जारी गरेको सुरक्षा निर्देशिकाको ७० प्रतिशत काम पुरा गरे पनि आईकाओले नेपालाई यूरोपियन आकाशको कालो सूचिबाट नहटाउने निर्णय गरेको हो। नेपाल सरकारले पुष १६ गतेबाट नेपाल भ्रमण वर्ष मनाउने तयारी गर्दै गर्दा आईकाओको यस्तो निर्णय आएको हो।
नेपाली विमानलाई कालो सूचिबाट हटाउन आईकाओले नागरिक उड्यान प्राधिकरणलाई दुई भागमा विभाजन गर्न आग्रह गरेको थियो। सो अनुसार प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकाय गरि दुई भागमा विभाजन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
आईकाओको पछिल्लो निर्णय अनुसार नेपाली विमानले आगामी ६ महिनासम्म युरोपियन आकाशमा प्रवेश नपाउने भएको छ।
नागरिक उड्यान प्राधिकरणका पूर्व निर्देशक हरिभक्त श्रेष्ठ नेपालले छिट्टै युरोपियन देशको विश्वास जित्ने विश्वास व्यक्त गर्छन्। नेपालले नीतिगत रुपमा नै युरोपियन आकाशको कालो सूचिबाट हट्ने प्रयास गरेकाले उक्त प्रयासले मूर्तरुप लिने श्रेष्ठको विश्वास छ।
आईकाओले जारी गरेको सुरक्षा निर्देशिकाको ६० प्रतिशतभन्दा धेरै काम पूरा गरेको अवस्थामा नेपाललाई कालो सूचिमा राख्नुको कुनै औचित्त नभएको उनको भनाई छ। नेपाली विमानलाई सन् २०१३ देखि युरोपियन आकाश प्रयोग गर्नबाट बञ्चित गरिएको छ।
चार महिना पछिला नेपालमा आयोजना भएको आईकाओका एसिया प्यासिफिक क्षेत्रका महानिर्देशकको सम्मेलनमा नेपालले युरोपियन आकाशमा लागेको प्रतिबन्ध हटाउन प्रयास गरेको थियो।
आईकाओले प्रत्येक ६ महिनामा सुरक्षा निर्देशिका सार्वजनिक गर्छ। युरोपियन आकाशमा नेपाल बाहेका १५ देशलाई विमान उठाउन प्रतिबन्ध लगाईएको छ।
नेपाल उड्यान प्रधिकरणका महानिर्देशक राजन पोखरेल भने आईकाओले निर्देशन दिए अनुसार नै नेपालको उड्यान प्रधिकरणलाई दुई भागमा विभाजन गर्ने काम अन्तिम चरणमा रहेको जानकारी दिँदै नेपाली विमानलाई आईकाओले छिट्टै कालो सूचिबाट हटाउने विश्वास व्यक्त गर्छन्।
पर्यटन सस्कृति तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराई युरोपियन युनियनसँग नेपाली विमानमाथि लागेको प्रतिबन्ध हटाउने विषयमा बारम्बार वार्ता भएको बताउँदै त्यसले छिट्टै मूर्तरुप लिने विश्वास व्यक्त गरेका छन्।