ओली र मोदीद्धारा विराटनगरस्थित एकीकृत जाँच चौकीको संयुक्त उदघाटन
एनआईबि संवाददाता,नयाँ दिल्ली
प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भंसार चौकीको भिडियो कन्फरेन्स मार्फत संयुक्त रुपमा उदघाटन गरेका छन् । मंगलबार बिहान प्रम ओलीले सिंहदरबार र प्रम मोदीले दिल्लीबाट एकै समयमा उदघाटन गरेका हुन् । भारतसँग संझौता भएको १४ वर्षपछि यो चौकी निर्माण सम्पन्न भएको हो ।
भारत सरकारद्धारा निर्माण गरिएको सो चौकी मंगलबार नेपाल सरकारलाइ हस्तान्तरण गरिएको हो । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने विश्वास गरिएको छ ।
विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी निर्माण गरिएको छ । चौकी १ सय २९ १२९ बिघा क्षेत्रफलमा निर्माण गरिएको छ ।
आइसीपी निर्माणकालागि भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण दश वर्षपछि अर्थात सन् २०१६ देखि शुरु भएको थियो ।