CARTOON
अनन्त यात्रामा पूर्व वित्तमन्त्री जेटलीे
एनआइबि संवाददाता,नयाँ दिल्ली
भारतका वरिष्ठ नेता तथा पूर्व वित्तमन्त्री तथा कानुन व्यवसायी अरुण जेटली शनिबार अनन्त यात्रामा लिन भएका छन् । शनिवार दिउँसो एम्स अस्पतालमा उनले अन्तिम साँस लिएका छन् । आइतबार जेटलीको अन्तिम संस्कार गरिनेछ । दिल्लीको निगमबोध घाटमा उनको अन्तिम संस्कार गरिने भएको हो । जेटलीको पार्थिव शरिरलाइ श्रद्धान्जलिकालागि कैलाश कोलोनी स्थित उनको निवासमा राखिएको छ । आइतबार बिहान १० बजे पछि उनको पार्थिव शरिरलाइ निवासबाट पार्टीको मुख्यालयमा पुरयाइने भाजपाका कार्यकारी अध्यक्ष जे.पी नड्डाले जानकारी गराए । । त्यहाँबाट निगमबोध घाटमा पुरयाएर उनको अन्तिम संस्कार गरिनेछ ।
संजोग कस्तो परेको छ भने जेटलीका अनन्य मित्र तथा प्रधानमन्त्री नरेन्द्र मोदी उनको निधनमा श्रद्धान्जलि व्यक्त गर्न उपस्थित हुन सकेनन् । पाँच दिवसिय भ्रमणमा क्रममा गत विहिबार फ्रान्स पुगेका मोदी अहिले दुवइमा छन् । उनी सोमबार मात्र स्वदेश फर्किने कार्यक्रम रहेको छ । त्यसैले मोदीका तर्फबाट केन्द्रिय स्वास्थ्य मन्त्री डा हर्षवद्र्धनले जेटलीलाइ अन्तिम श्रद्धान्जलि दिएका छन् ।
उता प्रधानमन्त्री मोदीले जेटलीलाइ अमुल्य मित्रको रुपमा संझना गरेका छन् । अन्तरदृष्टि र कुनै पनि विषयलाइ सुक्ष्म रुपमा बुझने विशेषता भएका जेटलीलाइ जीवनलाइ भरपुर जिउने व्यक्ति भन्दै उनलाइ तीक्ष्ण बुद्धिमता, हसाउन सक्ने खुवी र चमत्कारी व्यक्तित्वको रुपमा स्मरण गरेका छन् । मोदीलाइ नयाँ दिल्लीको राजनीति बुझाउने र लुटियन्स दिल्लीमा भिजाउने सबैभन्दा महत्वपूर्ण पात्र नै जेटली थिए । त्यसैले पनि मोदीकोलागि जेटली अमुल्य थिए ।
जेटलीको निधनमा राष्ट्रपति रामनाथ कोबिन्दले गहिरो दुख व्यक्त गर्दै उनी एक बुद्धिमान वकिल , अनुभवी साँसद र सम्मानित मन्त्री रहेको बताए । उनले जेटलीका निधनले विशाल शुन्यता छाडेको बताए । टिविटमा उनले भने, जेटली रोगसँग लामो समय जुझेर गएमा दुखी भएको छ, मुलुक बनाउनमा उनले महत्वपूर्ण भुमिका खेलेका छन् । ’
काँगेस पार्टीका साथै जेटलीको निधनमा काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले श्रद्धान्जलि व्यक्त गर्दै जनताको सार्वजानिक जीवनमा उनको योगदान सदैव स्मरणीय रहने धारणा राखिन । जेटलीले सार्वजानिक व्यक्ति, साँसद र मन्त्रीको रुपमा निकै लामो जीवन विताएको भन्दै उनको योगदान सधैव याद राखिने बताइन ।
काँग्रेस नेता शशि थरुरले दिल्ली विश्वविद्यालयमा उनका अग्रज रहेका जेटलीलाइ संझदै पहिले भेट स्मरण गरेका छन । जेटली दिल्ली विश्वविद्यालय विद्यार्थी युनियनका सभापति रहेका बेला थरुर सेन्ट स्टीफेन्स कलेज युनियनका अध्यक्ष थिए । राजनीतिक मतभेदका बाबजुद आफूहरुले पारस्परिक स्वस्थ्य र सम्मानजनक सम्बन्धको आनन्द लिएको थरुरले लेखेका छन् । उनले जेटलीले लोकसभामा बजट पेश गर्दा भएको भनाभन पनि स्मरण गर्दै जेटलीसँगको फोटो पोस्ट गर्दै लेखेका छन् , ‘भारतकोलागि एउटा ठूलो क्षति ।’
जेटलीको निधनमा गृहमन्त्री अध्यक्ष अमित शाह,रक्षा मन्त्री राजनाथ सिंह, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी , बसपा अध्यक्ष मायावती, सपा अध्यक्ष अखिलेश यादव, गोवाका मुख्यमन्त्री प्रमोद सावंत, पियुस गोयल,प्रधानन्यायधिस रंजन गोगोइ लगायतले जेटलीको निधनमा शोक व्यक्त गरेका छन् ।
श्वास प्रश्वास असजिलो गत ९ अगस्तमा जेटलीलाइ एम्समा भर्ना गरिएको थियो । त्यस यता उनी अस्पतालकै निगरानीमा थिए । अस्पतालले भोलिपल्ट उनको स्वास्थ्य अवस्थाबारे मेडिकल बुलेटिन सार्वजानिक गरेको थियो । आइसियूमा उपचार भइरहेको जानकारी गराउँदै बुलेटिनमा जेटलीको स्वास्थ्य अवस्था नाजुक तर स्थिर रहेको बताइएको थियो । त्यस यता एम्सले कुनै मेडिकल बुलेटिन सार्वजानिक गरेको थिएन । यद्यपि १७ अगस्तमा उनलाइ लाइफ सपोर्ट सिस्टममा राखियो । उनको स्वास्थ्य अवस्था बारे भारतीय संचारमाध्यमहरुले श्रोतको हवाला दिदै समाचार लेख्दै आएका थिए ।
गत सोमबार दिउँसो उनलाइ भेन्टिलेटरबाट पनि हटाइएको थियो । उनको उपचारमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरुको समुह सहभागी थिए । ६६ वर्षीय जेटलीको श्रीमती संगीता, एक छोरा(रोहण) तथा छोरी सोनाली छन्। संगीतासँग उनको विवाह सन् १९८२मा भएको थियो । उनी जम्मु–कश्मीरका पूर्व वित्त मन्त्री गिरधारीलाल डोगराकी छोरी हुन् ।
जेटलीलाइ के भएको थियो ?
जेटली विभिन्न रोगबाट पिडित थिए । पछिल्लो समय उनी सफ्ट टिशु सरकोमा रोगबाट थलिए । गत जनबरीमा यो रोग पत्ता लागेको थियो । यो एक प्रकारको दुर्लभ क्यान्सर हो । यो क्यान्सरमा शरीरको कुनै पनि भागको कोशिकाबाट शुरु हुँदै शरीरको अन्य भाग जस्तै माँशपेशी, बोसो , रक्तनली, मस्तिष्कका नशा र हड्डीहरुको जोडमा फैलिन थाल्छ । जेटलीको देब्रे खुट्टामा यो क्यान्सर पत्ता लागको थियो । लगत्तै उनी उपचारकालागि अमेरिका(न्यूयोर्क) पनि गएका थिए ।
जेटली मधुमेहको पुराना बिरामी थिए । गत वर्ष(१४मे २०१८)मा एम्स अस्पतालमा उनको मृगौैला प्रत्यारोपण पनि गरिएको थियो । त्यसअघि सेप्टेम्बर २०१४मा जेटलीको बारिएट्रिक सर्जरी पनि भएको थियो । म्याक्स अस्पतालमा गरिएको शल्यक्रियामा जटिलता आएपछि पछि उनलाइ एम्समा सारिएको थियो । त्यसैगरि लामो समय अघि जेटलीको मुटुको शल्यक्रिया पनि भइसकेको छ ।
विश्व प्रेस स्वतन्त्रता सुचकाँकमा भारत दुइ स्थान तल झरयो , नर्बे पहिलो नम्बरमा
एनआइबि संवाददाता,नयाँ दिल्ली
प्रेस स्वतन्त्रताको मापनमा भारत दुइ स्थान तल झरेको छ । रिपोर्टस विदआउट बार्डर्सले विहिबार सार्वजानिक वार्षिक प्रतिवेदन अनुसार भारत प्रेस स्वतन्त्रताको मापनमा दुइ स्थान तल झरेको हो । १सय ८० मुलुकबीच गरिएको सर्वेक्षण अनुसार भारत १ सय ४०औं स्थानमा पुगेको छ । सुचकाँकमा प्रेस स्वतन्त्रताको पहिलो नम्बरमा नर्बे परेको छ ।
प्रतिवेदनमा विश्वभरि नै पत्रकारहरु प्रति शत्रुताको भावना बढेको र साँघातिक हमलाका कारण भारतमा गत वर्ष ६ पत्रकारलाइ उनीहरुको कार्यक्षेत्रमै हत्या गरिएको उल्लेख छ ।
प्रतिवेदनले भारतमा प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाका बारे एक पत्रकारको विरुद्ध भएको हिंसा भएको उल्लेख गरेको छ । जसमा पुलिसद्धारा गरिने हिंसा, माओवादी हमला, अपराधिक समुह वा भ्रष्ट राजननितिज्ञहरुको प्रतिशोध लगायत रहेको उल्लेख गरेको छ ।
भारतमा गत वर्ष ६ पत्रकारहरुको कार्यक्षेत्रमै हत्या भएको छ । सातौं मामिलामा पनि यही आशंका छ । यो हत्याहरुले भारतमा पत्रकारहरुले कयौ खतराको सामना गरिरहेको देखाउछ । यस्तो खतराको सामना गर्नेहरुमा विशेष गरि ग्रामीण इलाकामा गैर अंग्रेजी भाषी मिडिया रहेको छ , प्रतिवेदनले विश्लेषण गरेको छ ।
विश्लेषणमा २०१९को आम चुनावको दौरान सत्तारुढ दल भारतीय जनता पार्टीका समर्थकहरुद्धारा पत्रकारमाथिको हमला बढेको आरोप लगाइएको छ । त्यसैगरि भारतमा हिन्दुत्वको विरोधमा बोल्ने र लेख्ने पत्रकारहरुलाइ सामाजिक संजालमा समन्वयात्म ढंगबाट घृणा अभियान संचालन हुने गरेको डरलाग्दो दर पनि प्रतिवेदनले देखाएको छ ।
अधिकारीहरुले संवेदनशील मानेका क्षेत्रहरु जस्तै जम्मु कश्मीर लगायतको समाचार संकलन निकै चुनौतीपूर्ण छ । विदेशी पत्रकारहरुलाइ यस्ता क्षेत्रमा रिपोर्टिंग गर्न रोक लगाइन्छ र अक्सर इन्टरनेटको सुविधा काटिन्छ, प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपालमा प्रेस अवस्था
रिपोर्टस विदआउट बोर्डर्सले विहिबार सार्वजानिक वार्षिक प्रतिवेदन अनुसार नेपाल १०६ औं स्थानमा रहेको छ । सन् २०१८मा पनि नेपाल यही स्थानमा रहेको थियो तर २०१७ को तुलनामा विश्व प्रेस स्वतन्त्रता सुचकांकमा नेपाल ६ स्थान तल झरेको हो । १७मा १८० मुलुक मध्ये नेपाल १०० औं स्थानमा थियो । अहिले १०६ औं स्थानमा पुगेको हो ।प्रतिवेदनले नेपाली प्रेस राजनीतिक परिवर्तनको शिकार भएको उल्लेख गरेको छ ।
‘सन् २०१७को अन्त्यमा २० वर्षमा पहिलो स्थानिय, संघीय र संसदीय निर्वाचनको सुचना प्रवाह गर्ने स्वतन्त्रतामा कैयौं वाधा अवरोधहरु आएको थियो । पत्रकारहरुलाइ बिना वारेन्ट पक्राउ गरिएको थियो । कतिपयलाइ जेल हालिएको थियो । अन्य पार्टीका कार्यकर्ता तथा राजनेताहरुको शारिरिक हिंसाबाट पिडित भए । फेब्रुअरी २०१८मा प्रधानमन्त्रीको रुपमा के.पीं शर्मा ओलीले सरकार बनाएपछि नेपालको २०१५को संविधानको प्रस्तावनामा प्रेसको पूर्ण स्वतन्त्रताकोलागि सम्मान सुनिश्चित गर्नकालागि स्पष्ट रुपमा कदम उठाउनु आवश्यक थियो र तर अगस्त २०१८मा अपनाएको नयाँ आपराधिक कोडले स्वतन्त्रतालाइ दबाउनकालागि नयाँ खतरा उब्जायो । किनकी यसका कैयौं प्रावधानहरुले खोजी पत्रकारितामा अबरोध उत्पन्न गर्छ र सार्वजानिक तथ्याँकको आलोचना गर्न रोक लगाउँछ , प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एशिया
प्रतिवेदनले प्रेस स्वतन्त्रतको हकमा समग्रमा दक्षिण एशियाको अवस्था खराब देखाएको छ । सबैभन्दा खराब अवस्था पाकिस्तानको रहेको छ । तीन स्थान झरेर पाकिस्तान १सय ४२ अंकमा पुगेको छ । भुटान, माल्द्धिभ्स, श्रीलंकाका अलाबा सबै मुलुकको सुचकाँकमा तल झरेको छ । भुटान १४ अंक उक्लेर ८० औं स्थानमा पुगेको छ भने माल्द्धिभ्स २२ अंक उक्लेर ९८ औ स्थानमा र त्यसैगरि श्रीलंका ५ अंक उक्लेर १२६औं स्थानमा पुगेको छ । नेपाल गत वर्षको तुलनामा यथास्थितिमा देखिएपनि अघिल्लो वर्षको तुलनामा ६ स्थान तल झरेर १०६ औं स्थानमा पुगेको छ । अफगानिस्तान ३ अंकले झरेर १२१ औं र वंगलादेश ४ स्थान झरेर १५० औं स्थानमा पुगेको छ ।
लोकतन्त्रकालागि खतरा
प्रतिवेदनमा विश्वभरि नै पत्रकारहरु प्रतिको घृणाको भावना हिंसामा बढेको र यसले भयको माहौल सिर्जना गरेको उल्लेख छ । पत्रकारहरु सुरक्षित रुपमा काम गर्न सक्ने मानिएका मुलुकहरुको संख्या घटदो छ भने अर्कोतर्फ सत्ताधारी शासकहरुको मिडियामाथिको आफ्नो पकड मजबुत बनाउने क्रम पनि जारी छ । कैयो मुलुकका राजनीतिज्ञहरुले पत्रकारप्रति व्यक्त गरेको शत्रुतापूर्ण अभिव्यक्तिले हिंसाकोलागि उक्साएको छ । जसले पत्रकारहरुकालागि भय र खतराको स्तर उच्च भएको छ , प्रतिवेदनले उल्लेख गरेको छ ।
लोकसभा निर्वाचन २०१९ः ‘मदमस्त हाथी’ जस्तो भारतीय चुनावमा त्यस्तो के विशेष हुन्छ ?
सौतिक विश्वास, बीबीसी संवाददाता
विहिबार भारतको आम निर्वाचनको पहिलो चरणमा करोडौं मतदाताले भोट दिएका छन् । नयाँ लोकसभा अर्थात संसदको तल्लो सदनकोलागि मतदान प्रकृयमा ११ अप्रिलबाट शुरु भएर १९ मे सम्म चल्नेछ । मतगणना २३ मे हुनेछ । भारतमा ९० करोड मतदान छन् । यस अर्थमा भारतमा भइरहेको चुनाव विश्वको सबैभन्दा ठूलो चुनाव हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सत्ताधारी भारतीय जनता पार्टीको प्रतिस्पर्धा विपक्षी काँग्रेस तथा कैयौ क्षेत्रीय पार्टीहरुसँग छ । चुनापमा अहम भुमिका निभाउने भारतको सबैभन्दा अधिक आवादी भएको राज्य उत्तर प्रदेशको दुइ शक्तिशाली प्रतिद्धन्दि पार्टीले भारतीय जनता पार्टीको विरुद्ध राज्यमा गठबन्धन गरेका छन् ।
लोकसभाको ५ सय ४३ सीटकालागि मतदान हुन्छ र सरकार बनाउनकालागि कुनै पनि पार्टीलाइ २सय ७२ साँसद चाहिन्छ । त्यसो भए भारतको यो चुनावलाइ कुन कुन कुराले विशेष बनाउँछ ?
१.भारतीय चुनावमा सबैकुरा विशाल हुन्छ
भारतको आम चुनावसँग जोडिएका हरेक कुराहरु एकदमै ठूलो हुन्छ । इकोनोमिस्ट पत्रिकाले एक पटक यसलाइ एउटा लामो कठिन यात्रा तर्फ लम्किदै गइरहेको ‘मदमस्त हाथी’सँग यसको तुलना गरेको थियो ।
यस पटक १८ वर्ष तथा यसभन्दा बढि उमेरका ९० करोड मतदाता लाखौं मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् । मतदाताको यो संख्या युरोप र अष्ट्रेलियाको कुल जनसंख्याभन्दा पनि बढि हो। भारतका जनता उत्साहि मतदाता हुन् । २०१४मा भएको अघिल्लो आम चुनावमा ६६ प्रतिशत मतदान भएको थियो । यो १९५१ मा पहिलो पटक भएकोे चुनाव भन्दा ४५ प्रतिशत भन्दा पनि बढि थियो । २०१४मा ४सय ६४ पार्टीका ८२५० भन्दा बढि उम्मेदबारले चुनावमा भाग लिएका थिए । पहिलो आम चुनावको तुलनामा यो साता गुना बढि थियो ।
२.यसमा लामो समय लाग्छ
११ अप्रिलको पहिलो चरण अन्तर्गतको मतदान भइसकेको छ । अब १८,२९ अप्रिल, तथा ६,१२ र १९ मेमा मदतदान हुनेछ । कतिपय राज्यमा विभिन्न चरणमा मतदान हुनेछ । १९५१–५२मा भएको भारतको पहिलो ऐतिहासिक चुनाव सम्पन्न हुन तीन महिना समय लागेको थियो । १९६२देखि १९८९ सम्म चुनाव ४ देखि दश दिनको बीचमा सम्पन्न गरिएको थियो । १९८० मा चार दिनमा सम्पन्न भएको चुनाव देशको इतिहासमा सबैभन्दा कम अवधिको चुनाव थियो । भारतमा चुनाव प्रकृया निकै लामो हुन्छ , किनकी मतदान केन्द्रको सुरक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ । स्थानिय पुलिसकर्मीहरु कुनै कुनै बेला राजनीतिक झुकाव राख्ने पनि देखिन्छन् । यस्तोमा केन्द्रिय सुरक्षाबल तैनात गरिन्छ । यस्ता सुरक्षाबललाइ मुलुक भरि भिन्न भिन्न स्थानमा खटाइन्छ ।
३ निकै खर्चिलो हुन्छ
भारतको सेन्टर फर मिडिया स्टडिजको अनुमान छ कि विभिन्न पार्टी तथा उनका उम्मेदबारकहरुले २०१४को चुनावमा ५ बिलियन डलर अर्थात ३सय ४५ अर्ब रुपैया खर्च गरेको थिए । अमेरिका स्थित थिंक टैक कार्नेज एंडोमेन्ट फर इन्टरनेशनल पीस का दक्षिण एशिया कार्यक्रमका निर्देशक तथा सिनियर फेलो मिलन श्रीवास्तव भन्छन, यो वर्ष यो खबर दोब्बर हुनेमा कुनै दुइ मत छैन् ।
भारतमा राजनीतिक दलले आफनो आय व्यय विवरण सार्वजानिक गरेपनि उनीहरुको कोष पारदर्शी हुँदैन । अघिल्लो वर्ष प्रधानमन्त्री मोदी सरकारले इलेक्ट्रोल बाँन्ड जारी गरेको थियो जस अन्तर्गत उद्योगी, व्यसायी तथा आम नागरिकले परिचय सार्वजानिक नै नगरि चन्दा दिन सक्ने व्यवस्था गरिएको थियो । दानगर्नेहरुले यो बाँन्डको माध्यमबाट १सय ५० मिलियन डलर अर्थात १० अर्ब ३५ करोड रुपैया बराबरको चन्दा दिएका थिए । प्रतिवेदनका अनुसार यसमा सबैभन्दा बढि रकम भाजपाले पाएको थियो ।
४ महिलाको हाथमा सत्ताको साँचो
भारतमा महिलाहरुले ठूलो संख्यामा भोट गर्छन । यति ठूलो कि यो पहिलो आम चुनाव हो जसमा पुरुषको तुलनामा महिलाले ज्यादा मतदान गर्नेछन् । महिला र पुरुष मतदाताबीचको खाडल २०१४मै सिमित भइसकेको थियो जब महिला ६५दशमलब ३ प्रतिशत थिए भने पुरुष ६७ दशमलब १ प्रतिशत थिए ।
२०१२देखि २०१८को बीचमा दुइ दर्जन भन्दा अधिक स्थानिय चुनावमा पनि दुइ तिहाइ अधिक राज्यमा पुरुषको तुलनामा महिला मतदाताको प्रतिशत बढि रहेको थियो । राजनीतिक दलले महिलाको महत्व बुझ्दै गएका छन र उनीहरुलाइ अधिक प्रलोभन दिन शुरु गरेका छन् –शिक्षाकोलागि ऋण, फ्रिमा ग्याँस सिलिण्डर तथा किशोरीहरुकालागि साइकल ।
५ सबै कुरा मोदी केन्द्रित
२०१४मा मोदीले बीजेपी तथा यसको समर्थकहरुलाइ ऐतिहासिक जीत दिलाएका थिए । बीजेपीले जुन ४सय२८ सिटमा चुनाव लडेको थियो, त्यसमध्ये २सय ८२ सिटमा जित हासिल गरेको थियो । १९८४ पछि यो पहिलो अवसर थियो जब कुनै पार्टीले आम चुनावमा एक्लै पूर्ण बहुमत हासिल गरेको थियो । यो ठूलो जीतको श्रेय भ्रष्टाचारमुक्त ‘अच्छे दिन’ ल्याउने वाचा गर्ने नरेन्द्र मोदीलाइ दिइएको थियो, जो स्वनिर्णय गर्न सक्ने र मेहनती नेताको रुपमा प्रचार गर्न सक्ने क्षमता भएका छन् ।
आफ्नो प्रतिवद्धता पुरा गर्नमा खरो उत्रन नसक्दा पनि मोदी आफ्नो पार्टीकोलागि मत तान्न सक्ने मुख्य अनुहार हुन् । पाटीभित्र उनलाइ अनुशासित यन्त्रको समर्थन प्राप्त छ । जसलाइ उनका विश्वासपात्र तथा शक्तिशाली सहयोगी अमित शाहले चलाउँछ ।
विश्लेषकका अनुसार यो वर्षको आम चुनाव एक हिसाबले नरेन्द्र मोदीकालागि जनमतसँग्रह हो । विपक्षिको अभियान पूर्ण रुपमा प्रधानमन्त्रीलाइ तारो बनाउनमा केन्द्रित रहेको छ , जो कि ध्रुवीकरण गर्ने यस्ता नेता हुन् , जसका प्रशंसक र आलोचक दुवै छन् ।
यस्तो मानिएको छ कि संसदीय चुनावमा राष्ट्रपति चुनाव जस्तो प्रतिस्पर्धा भइरहेको पनि मानिएको छ । मोदी टिकाउ ब्राण्ड बनिरहन्छन कि रहदैनन् भन्ने कुरा मत गणना पछि मात्र थाहा हुनेछ ।
६. भारतको पुरातन पार्टीको पून सत्तामा आउने आशा
के १३३ वर्ष पुरानो काँग्रेस पार्टी रसातलबाट बाहिर निस्कन सक्छ ? २०१४मा पार्टीको आम चुनावमा काँग्रेसले सबैभन्दा चोटिलो हार सामना गर्नुपरयो । यो पार्टीको सिटको संख्या २००९को चुनावमा प्राप्त गरेको २सय ६ को तुलनामा ४४ मा सिमित भयो । २० प्रतिशतभन्दा पनि कम मतदाताले यो पार्टीलाइ मतदान गरेका थिए । त्यसयताको चार वर्ष पार्टीले राज्यको चुनावमा लगातार हार बेहोरयो , स्थिति निकै खराब रहयो । २०१८को मध्य सम्ममा काँग्रेस तथा यसका सहयोगी दलले मात्र तीन राज्यमा सरकार चलाएका थिए भने बीेजेपीको सरकार २० राज्यमा थियो ।
पार्टी लगातार ओरालो लागिरहेको थियो भने यसका नेता राहुल गान्धी , जो चर्चित नेहरु–गान्धी परिवारका चौथो पुस्ता हुन् , सामाजिक संजालमा चुटकुलाको पात्र बनिसकेका थिए । तर डिसेम्बरमा पार्टीमा नयाँ उर्जा आएको देखियो । पहिलेभन्दा अधिक आश्वस्त र उर्जावान राहुल गान्धीको नेतृत्वमा काँग्रेसले उत्तरभारतको तीन राज्यमा सरकार बनाउनमा सफलता पायो ।
कतिपयले यसलाइ सत्ता विरोधी लहर भने किनकी तीनमध्ये दुइ राज्यमा बीजेपीले कैयौ वर्षदेखि सरकार बनाइरहेको थियो । तर राहुल गान्धी र उनका पार्टीका कार्यकर्ताहरुबाट यो श्रेय छिन्न सकिन्न । स्पष्ट छ कि काँग्रेस भित्र पून पुरानो जादु फर्किएको छ । राहुल गान्धीले मोदीका सामुन्ने आफूलाइ एक खुला र समावेशी नेताको रुपमा प्रस्तुत गरेका छन् ।
गान्धीले बहिनी प्रियंका गान्धीलाइ पार्टीमा आधिकारिक रुपमा प्रवेश गराउने आश्चर्यजनक निर्णय गरे, जसले पार्टीको प्रचार अभियानमा नयाँ उर्जा थप्यो । काँग्रेसको यो उठानले छरपस्ट भएका विपक्षिमा पनि उत्साह आयो । यसले २०१९ को चुनावी प्रतिस्पर्धा पहिलेको अनुमान भन्दा थप चुनौतीपूर्ण बन्न पुगेको छ ।
७. अर्थव्यवस्था
मोदीको शासनमा एशियाको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था आफ्नो रफ्तारमा पछि पर्दै गएको जस्तो देखिएको छ। खेतीको कम उब्जनी र सामानको अवमूल्यनका कारण खेतबाट हुने आय स्थिर भएको छ । यसले किसानहरु ऋणमा डुबे र सरकारसँग उनीहरुको गुनासो बढदै गयो । २०१६मा सरकारले लिएको नोटबन्दीको फैसला जटिल त थियो नै अझ यसलाइ सही तरिकाबाट लागु पनि गरिएन । जीएसटी पनि लघु तथा मध्यम उद्योगकालागि लाभदायक भएन । भारतको विशाल अनौपचारिक अर्थव्यवस्थामा अधिकतम मानिसहरुले रोजगारी गुमाउन पुगे । निर्यात घटया, बेरोजगारी बढयो र मोदी सरकारमाथि नोकरीको तथ्याँक लुकाएको आरोप पनि लागेको छ । यति मात्र होइन भारतमा कैयौ सरकारी बैकको अवस्था ऋणीहरुले ऋण फिर्ता नगरेको कारण डुब्ने अवस्थामा छन् । फेरि पनि महँगाइ नियन्त्रणमा छ । सरकारले भौतिक पूर्वाधार निर्माण तथा लोक कल्याणमा गरेको खर्चका कारण अर्थव्यस्था अघि बढिरहेको छ । यो आर्थिक वर्षमा जीडीपीको रफ्तार ६ दशमलब ८ प्रतिशत रहने आशा गरिएको छ । तर यो पनि तथ्य हो कि लाखौं मानिसहरुलाइ गरीबीबाट बाहिर निकाल्नु छ भने भारतको जीडीपी ७ प्रतिशतभन्दा अधिक रफ्तारमा बढनुपर्छ । मोदीले भनेका छन कि अर्थव्यवस्थामा परिवर्तन ल्याउने प्रकृया प्रगतिमा छ । यो चुनावले तय गर्छ कि जनता उनलाइ अझ समय दिने मुडमा छन कि छैनन् ।
८.जनबादमा चलिरहेका छन पाटीहरु
अर्थशास्त्री राथिन राँय भन्छन, ‘भारत विकासमा ध्यान दिने मुलुकबाट क्षतिपूर्ति दिने मुलुक’को दिशामा अघि बढिरहेको छ जहाँ सरकार आफ्नो व्यवस्थाको कमीकमजोरीलाइ लुकाउनकालागि जनताको खल्तीमा नगद भर्दैछन् । परिणाम यो भएको छ कि पपुलिज्म अर्थात जनतालाइ आकर्षित गर्ने होड । मोदी सरकारले किसानकालागि सिधा नगद प्रवाह(डायरेक्ट क्याश ट्रान्सफर) र ऋण माफीको घोषणा गरेको थियो । उच्च जाती तथा अन्य धर्मका मानिसहरुलाइ पनि नोकरीमा आरक्षणको आश्वासन बाँडेको थियो । यता राहुल गान्धीले पनि यस्तै योजनाका वाचा गरेका छन् , जसअनुसार उनको पार्टीले सरकार बनाएको खण्डमा गरीबको न्यूनतम आय तोक्नेछ । अन्य पार्टीहरुले मतदातालाइ टेलिभिजन सेट र ल्यापटप जस्ता साम्रगी दिने वाचा गरेर लोभ्याइरहेका छन् । यद्यापि यस्ता प्रलोभनले मत प्राप्त नै गर्न सकिन्छ भन्ने कुनै स्पष्ट प्रमाण भने छैन ।
९. राष्ट्रबादले बदलिन सक्छ खेल
आलोचकको भनाइ छ कि मोदीको राष्ट्रवादको प्रदर्शन तथा उनका पार्टीको बहुसंख्यक राजनीतिका कारण भारत गहिरो विभाजन भएको बेचैन मुलुकमा परिणत भएको छ । हालाकि उनका समर्थकहरुको भनाइ छ कि मोदीले आफनो आधार मजबुत बनाएका छन र त्यसमा उर्जा भरेका छन् । उनीहरु मान्दछन कि हिन्दुत्वको राजनीतिलाइ लिएर लज्जास्पद हुनु आवश्यक छैन् किनकी भारत एक हिसाबले हिन्दुहरुकै राष्ट्र हो ।
दुर्भाग्यले राष्ट्रवादको अति प्रचारले कट्टरपन्थी दक्षिणपन्थी समुहलाइ गाइको तस्करीको आशंकामा मुस्लिमहरुलाइ लिंचिंग गर्नकालागि प्रोत्साहित गरेको छ । हिन्दु गाइलाइ पवित्र मान्छन । पशुवध विरोधी कानुनको कडाइकासाथ लागु गरेका कारण गाइ पनि ध्रुवीकरण गर्ने पशु बन्न पुगेको छ । कट्टरपन्थी हिन्दूवादका आलोचकहरुलाइ देशद्रोही भन्न थालिएको छ । असहमति जनाउनेहरुलाइ डराउन खोजिन्छ । अधिकाँश मानिस भन्छन कि भारतको १७ करोड मुसलमान अदृश्य अल्पसंख्यक बनिसके । तल्लो सदमा बीजेपीका कुनै पन िसाँसद मुसलमान छैनन् । २०१४ मा पार्टीले सात मुस्लिम उम्मेदबार खडा गरेको थियो जो सबै हारेका थिए ।
१० पाकिस्तानमाथिको हमलापछि मोदीको छवि चम्किन सक्छ
भारत प्रशासित कश्मिरको पुलवामा भारतीय सुरक्षा बलमाथि भएको घातक आत्मघाती हमलापछि फरबरी महिनाको अन्तिममा भारत र पाकिस्तानले एक अर्कामाथि बमवारी गराए । यसले कथित राष्ट्रवादको भावना पैदा गरायो । मोदीले यो स्पष्ट पारे कि पाकिस्तानस्थित चरमपन्थी समुहले यदि भारतमा एउटा पनि आक्रमण गरे अथवा गराए भने बदलाको कारवाही गर्न पछाडि हटने छैन् । यसबाट यो स्पष्ट भयो कि मोदी राष्ट्रिय सुरक्षालाइ आफनो चुनाव प्रचार अभियानको आधार बनाउनेछन् यद्यपि यसले काम गर्नेछ अथवा गर्दैन , अहिले नै केहि भन्न सकिदैन् । तर विपक्षीले यो मुद्दालाइ काटने अस्त्र निकाल्न सकेको छैन ।
के राष्ट्रवादी भावनाको उफानमा यति ताकत छ कि यसले बाँकी मुद्दालाइ गौण साबित गरेर मोदीकोलागि मत तान्न सक्छ ?
११.यो मैदान–ए–जंगले तय गर्न सक्छ चुनावको परिणाम
उत्तर भारतको राज्य उत्तर प्रदेशका् भारतको राजनीतिमा अत्यधिक प्रभाव हुन्छ। प्रत्येक ६ मध्ये एक भारतीय यहाँ बस्छन र यो राज्यबाट ८० साँसद चुनिन्छन् । यो भारतको सबैभन्दा अत्यधिक सामाजिक विभाजन भएको राज्य पनि हो । २०१४मा बीजेपीले यहाँ ८० सिट मध्ये ७१ सिट जितेको थियो । अघिल्लो समय मोदी करिश्मा र उनको पार्टीले बनाएको जातिय इन्द्रधनुषी गठबन्धनले नै समाजवादी पार्टी र बहुजन समाज पार्टी जस्ता शक्तिशाली क्षेत्रिय दललाइ पराजित गर्नमा भुमिका निभाएको थियो । बसपाकी प्रमुख मायावती जो कि लार्खौ दलितकी आदर्श हुन् । राज्यको कुल जनसंख्यामा दलित जातिको हिस्सा २० प्रतिशत रहेको छ ।
अब मायावतीले आफनो धुर बिरोधी पार्टी समाजवादी पार्टीका अखिलेश यादवसँग हात मिलाएकी छन जो कि आंशिक रुपमा समाजवादी छन्। दुबैलाइ विश्वास छ कि ५० सिट जित्नेछौं र बीजेपीलाइ दिल्लीको सत्तामा पून आउनबाट रोक्न सक्छौं । यो एउटा अवसरवादी गठबन्धन हो जसले तितो दुश्मनीलाइ मिठास भरिएको मित्रतामा बदलिदिएको छ । तर यो गठबन्धन उत्तर प्रदेशमा बीजेपीलाइ झटका दिन सक्छ? अब बीजेपीको आशा र भरोसा मोदीमाथि टिकेको छ कि कसरी यो गठबन्धनलाइ बेअसर गर्न सक्छन ।
अनुवादःएनआइबी टीम