तातोपानी भन्सारबाट निर्वाध आयात गर्न दिन सहमति
काठमाडौं, मे ६
सामग्री आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने’ शर्तसहित तातोपानी भन्सारबाट सबैखाले चिनियाँ सामग्रीको निर्वाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन् । बुधबार तातोपानी भन्सार उद्योग वाणिज्य संघ , नेपाल सिमापार व्यापार सङ्घ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा लगायत विभिन्न व्यक्तिसँग नाकामा बसेको बैठकमा चिनियाँ सामग्री आयातमा अवरोध नपु-याउने सहमति जुटेको हो ।
चिनियाँ सामग्रीको आयात गर्दा अब कुनै अवरोध नपु¥याउने सहमति भएको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिभयो । आज आठ कन्टेनर कृषिजन्य सामग्री नाका आइपुगेका छन् । “बिहीबार नेपाली सेनाको सुरक्षा सामग्री आउँदै छ”, प्रमुख भन्सार अधिकृत खत्रीले भने ।
स्थानीयले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्छ भन्दै भन्सारमा आइपुगेका ती गाडी काठमाडौँ जान नदिने बताउँदै भन्सार गेटमा धर्ना दिँदै आएका थिए ।
––रासस