BUSINESS NEWS

नेपाल एयरलायन्सले काठमाडौं–दिल्ली उडान थप्यो

एनआइबि संवाददाता, नयाँ दिल्ली

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं–दिल्लीको उडान थप गरेको छ । निगमले आगामी वैशाख १८ अर्थात मे १ देखि काठमाडौँ– नयाँदिल्ली रुटमा साताको १४ वटा उडान थपेको छ । यो गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ । निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकोमा थप गरेको उडानमा रातिको उडान भने वाइड बडीबाटै गर्ने जनाएको छ ।

जेट एयरवेजको काठमाडौँ उडान स्थगित भएपछि निगमले दिल्ली उडान थपेको हो । जेट एयरको सेवा स्थगित भएपछि काठमाडौं–दिल्लीको एकतर्फी भाडा नै २५ हजार रुपैया नाघेको छ । जेट एयरले नयाँ दिल्ली काठमाडौं गन्तव्यमा दैनिक उडान भर्दै आएको थियो । टिकटको माँग र आपूर्तिबीचको असंतुलनले टिकट दर ह्रवात्तै बढेका कारण यात्रुहरु चर्को टिकटदरको मार खेप्न बाध्य भइरहेका छन् ।

आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाडौँ–दिल्ली उडान बन्द गरेको थियो ।
निगमले हाल भारतको मुम्बई र बैङ्लोरमा सातामा तीन उडान भर्दै आएको छ भने अन्य आठ मुलुकमा पनि अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएको छ । केही महीनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ। निगमले‘बोइङ–७५७’, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाजबाट अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएको छ ।

१५ समझदारी पत्रमा हस्ताक्षर गर्दै दुइ दिने लगानी सम्मेलन सम्पन्न

एनबिआइ संवाददाता,काठमाडौं

उर्जा तथा जलविद्युत, यातायात ,कृषि, स्वास्थ्य तथा शिक्षा पूर्वाधारको क्षेत्रमा लागानीकालागि १५ समझदारी पत्रमा हस्ताक्षर सहित दुइ दिने लगानी सम्मेलन शनिवार सम्पन्न भएको छ । काठमाडौंको सोल्टी होटलमा सम्पन्न सम्मेलनमा हस्ताक्षर भएका संझौता मध्ये चौधरी ग्रुपले विभिन्न कम्पनीहरुसँग सबैभन्दा बढि ४ संझौता गरेको छ । जसमा टेलिकम , सोलार र लजिष्टिकमा विदेशी कम्पनीको र प्रदेश नम्बर२ सँग सोलार प्लान्ट राख्ने संझौता गरेको छ।
९सय मेगावाटको अरुण तेश्रो परियोजनामा लगानीकालागि स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक, तथा नबिल बैकले भारतीय सतलज कम्पनीलाइ ऋण दिने गरि संझौता गरेका छन् ।
माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६सय ५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ।
गैर आवासिय नेपाली संघ(एनआरएन)ले नेपालको पूर्वाधार विकासमा लगानी गर्न ‘गैरआवासिय नेपाली पूर्वाधार लगानी कोष’बनाउने संझौता भएको छ । यो कोष मार्फत संघले यही वर्ष १० अर्ब बराबरको लगानी जुटाउने लक्ष्य राखेको छ।
सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) सार्वजानिक नीजि साझेदारी मोडलमा बनाउनकोलागि लगानी बोर्ड, विश्व बैंक अन्तर्गतकोअन्तराष्ट्रिय वित्त निगम(आइएफसी) र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच समझदारी भएको छ।
लगानी सम्मेलनमा भएका १५संझौता तथा समझदारीः

  • चौधरी समुह र सराफ समुहबीच मल्टिमोडल लजिष्टिक पार्कबीच सहमतिपत्रमा हस्ताक्षर
  • चौधरी समुह र स्काई पावरबीच ६ सय मेगावाटको सोलार ऊर्जा आयोजनाको लागि समझदारीपात्रमा हस्ताक्षर
  • २ सय मेगावाटको ऊर्जा प्लान्ट राख्न प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र मा चौधरी समुहका प्रवन्ध निर्देशक निर्वाण चौधरीबीच सभमदारी
  • ९सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनमा लगानी गर्न एसबीआई बैंक, एभरेष्ट बैंक, नविल बैंक र सतजल बीच समझदारी ।
  • कालीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्न युनान हाइड्रो पावर इन्स्टिटयुसन र सांघााई इन्भेष्टमेन्ट, डिजाइन एण्ड रिसर्च इन्स्टिच्युसनबीच समझदारीपत्रमा हस्ताक्षर ।
  • सार्वजानिक नीजि साझेदारी मोडल अन्तर्गत सिमरामा विशेष आर्थिक क्षेत्र निर्माणको लागि नेपाल लगानी बोर्ड, अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी) र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच समझदारी ।
  • बुटिक भिलेज निर्माणकोलागि रिसोर्सेज हिमालय बुटिक भिलेज रिसोर्ट प्रालि र सिन्सिया कन्सल्टिङ कम्पनी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर
  • एनआरएन र उद्योग विभागबीच पूर्वाधार लगानी कोष स्थापना गर्ने समझदारी ।
  • नेशनल कोल्याटलर म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेरहाउस कम्पनी लिमिटेडबीच अन्नबाली भण्डारण केन्द्र स्थापनाको समझदारी ।
  • नेपाल निर्माण व्यवसायी एसोसिएसन र म्यानमारको निर्माण व्यवसायी एसोसिएसनबीच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी ।
  • माथिल्लो त्रिशूली १ मा कोरियाली कम्पनीद्वारा ६सय ५० मिलियन डलरको लगानी घोषणा ।
  • भारतीय मुथुट समुह र नेपालको यूनाइटेड फाइनान्सबीच साझेदारी गर्ने समझदारी पत्रमा हस्ताक्षर । मुथुटले ४० करोड रुपैयाँ लगानी गर्ने घोषणा ।
  • लगानी बोर्ड र दक्षिण अफ्रिकी लगानी बोर्डबीच आपसी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर ।
  • कँडेल ग्रुप अफ कम्पनी,अमेरिका र एपी पावर कम्पनीबीच नेपालमा ऊर्जा विकासको क्षेत्रमा लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर ।

हेलिकप्टर दुर्घटनाको तत्काल जाँचकालागि भाजपा नेता जॉलीको एयरबस कम्पनीसँग माँग

भिभिआइपि दुर्घटनाको जाँचकालागि कम्पनीको ढिलाइ गैरजिम्मेबारपूर्ण

एनआइबि संवाददाता,नयाँ दिल्ली
पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको निधन हुने गरि पाथीभरा नजिकै भएको हेलिकप्टर दुर्घटनाको स्थलगत जॉचमा हेलिकप्टर निर्माता एयरबस कम्पनीले गरेको वेवास्ता प्रति भारतीय जनता पार्टीका नेता विजय जॉलीले आक्रोश व्यक्त गरेका छन् । जॉलीले दुर्घटनाको तत्काल जाँच गराउनुपर्ने माँग सहित दुइ पृष्ठको ज्ञापनपत्र शनिबार नयाँ दिल्ली स्थित एयरबस कम्पनीको कार्यकारी प्रमुखलाइ बुझाएका छन् । ज्ञापनपत्र मार्फत जॉलीले २१ मे १९९७ देखि २७ फरबरी २०१९ सम्म नेपालमा एयरबसको कुल २२ वटा हेलिकप्टर दुर्घटनाग्रस्त भइसकेको र सयौं नेपालीहरुको निधनभएको प्रति कम्पनीको ध्यानाकर्षण समेत गराएका छन् ।
‘दुर्घटना लगत्तै कम्पनीले तत्काल स्थलगत जाँच गराउनुपथ्र्यो तर एयरबसले यस्तो गरेन । यसले कम्पनीको गैरजिम्मेबारपना लाइ दर्शाएको छ । नेपालका विशिष्ट (भिभिआइपि) व्यक्तिहरुको निधन पछि पनि एयरबसले जाँचको पहल गर्दैन भने आमनागरिकको सुरक्षाको सुनिश्चितता कसरी गर्न सक्छ ?भन्दै दिल्ली स्टडी ग्रुपका अध्यक्ष समेत रहेका जॉलीले प्रश्न उठाएका छन् ।
एक महिना बित्न लाग्दा पनि हेलिकप्टर निर्माता कम्पनीको पेरिस स्थित मुख्यालयले स्थलगत जाँचकालागि प्राविधिक टोली पठाएको छैन् भन्दै जालीले यसलाइ आश्चर्यजनक र गैरजिम्मेबारपूर्ण भनेका छन् । उनले कम्पनीको रवैयालाइ पिडादायी र अमानवीय समेत भनेका छन् ।
यस्ता जाँचले भविष्यमा हुनसक्ने संभावित दुर्घटनालाइ न्यून गर्न मदत गर्ने ज्ञापन पत्रमा उल्लेख छ । गत फागुन १५ गते पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी सहित अन्य पर्यटन व्यवसायी आँङ्ग छिरिंग शेर्पा लगायत सात जना व्यक्तिहरुले ज्यान गुमाएका थिए । ज्ञापन पत्रमा नेता जॉलीले निधन भएकाहरुप्रति शोक व्यक्त गरेका छन् ।

 

डाबर र नेस्ट्लेका प्रतिनिधिले भने- लगानीका लागि नेपाल उपयुक्त थलो

भिष्मराज ओझा/नारायण ढुङ्गाना

अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ ।

कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याएर व्यावसायिक बनाउँदै भौगोलिक र हावापानीको विविधताका साथै दुई ठूला छिमेकीमूलुकको बजारको सम्भावनालाई परिणाममुखी बनाउने योजनाका साथ सरकराले दातृ निकाय, उद्योगी व्यवसायी तथा विभिन्न देशका लगानीकर्तालाई लगानीका लागि कुनै कानूनी व्यवधान नरहेको भन्दै आश्वस्त पारेको छ ।

नेपाली लगानी सम्मेलन २०१९को दोस्रो दिन शनिबार काठमाडौँमा भएको कृषि र वन उत्पादनसँग सम्बन्धित सत्रमा यस क्षेत्रका विज्ञ तथा लगानीकर्तालाई कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनालले नेपाल सानो देश भए पनि लगानीको प्रसस्त सम्भावना रहेकोे उल्लेख गरे ।

सरकारले लगानीको पर्याप्त सुरक्षा दिने प्रतिबद्धता जनाउँदै मन्त्री खनालले कृषि क्षेत्रमा ढुक्कले लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे । उनले भने, ‘लगानी नै लगानीको सम्भावना भएको देश नेपाल हो, कृषिमा श्रमशक्ति पनि पर्याप्त छ, परियोजना ल्याउँदा कुनै समस्या हुन्न ।’

सरकारले लगानीका लागि रासायनिक मल प्लान्ट तथा चितवन, सुर्खेत र काभ्रे, कैलाली, कास्की, पर्सा, रुपन्देही र मोरङमा एकीकृत कृषिसम्बन्धिका आठ परियोजना अघि सारेको छ ।

प्रस्तुत भएका परियोजनामा लगानी गर्नसके निर्यातको प्रचुर सम्भावना रहेको भन्दै उनले आन्तरिक बजारको समेत राम्रो सम्भावनाका बारेमा लगानीकर्तालाई आश्वस्त पारे ।

मन्त्री खनालका अनुसार सरकारले मह, कफी र चिया मात्रै होइन, एग्रो फरेष्ट र एग्रो पर्यटनमा समेत प्रसस्त लगानीको सम्भावना अघि सारेको छ । कानून परिमार्जन गरी लगानीमैत्री नीति नियम बनाएर मन्त्रालय अघि बढेको छ ।

उनले भने, ‘कानूनमा धेरै सुधार भइसकेका छन्, कानूनी जटिलता समेत हल भइसके, वन र कृषिलाई कसरी सँगसँगै लैजाने भनेर मन्त्रालय अघि बढेको छ ।’

नयाँ संविधान निर्माणसँगै संक्रमणकालको अन्त्य भएकाले नेपाल लगानीको सम्भावनायुक्त देश र लगानीको क्षेत्र बनेको तथा चीन र भारतसँग राम्रो सहकार्य हुँदै आएकामा पछिल्लो समयमा अन्य मुलुकसँग समेत सहकार्य अघि बढेको सरकारले जनाएको छ ।

नेपालमा कृषिमा लगानी गर्नुपर्छ भन्ने सकारात्मक सोचको विकास भएको र लगानी बढ्दो क्रममा समेत रहेको छ । शीत भण्डार, बिरुवा, फलफूललगायत क्षेत्रमा ठूलो लगानी चाहिएको सरकारले लगानीकर्तामाझ सम्भावना प्रस्तुत गरेको छ ।

विभिन्न क्षेत्रका उद्योगीले भने नेपालमा लगानीको सुरक्षा र नाफाको सम्बन्धमा राखेको जिज्ञासामा मन्त्री खनालले कुनै समस्या नरहेको भन्दै यदी समस्या आइहाले तत्कालै हल गर्न सकिने बताए ।

मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीले कृषि क्षेत्रको समग्र वस्तुस्थितिका बारेमा प्रस्तुतिकरण दिँदै हाल ६६ प्रतिशत जनसङ्ख्या कृषिमा संलग्न रहेको बताए । उनले निर्यातमुखी कृषि उत्पादनका वस्तुका बारेमा सरकार साझेदार तथा लगानीकर्तासँग निजी–सार्वजनिक साझेदारी ढाँचामा काम गर्न इच्छुक रहेको जानकारी दिए ।

कृषि क्षेत्रको आधुनिकीकरणका लागि पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको औँल्याउँदै उनले सरकारले कृषि क्षेत्रलाई बीमा र बैंकिङ क्षेत्रसँग जोड्न चाहेको बताए ।

कृषि क्षेत्रको परिवर्तनले मात्रै आर्थिक क्रान्ति सम्भव छ भन्दै उनले चामल बाहेक मकै, गहुँ, कोदो, फापरमा आत्मनिर्भर रहेको तर भातमात्रै खानेबानी सुधार नहुँदा मात्रै चामल आयात गर्नुपर्ने अवस्था रहेको तथ्य पेश गरे ।

बहुराष्ट्रिय कम्पनी डाबर भारत लिमिटेडका सार्क प्रमुख हर्किरतसिंह वेदीले आफ्नो संस्थाले नेपालमा काम गरेको २० वर्षको अनुभव सुनाउँदै यहाँ लगानी गर्न सकिने र प्रसस्त लगानीका क्षेत्र रहेको बताए ।

कफी क्षेत्रमा लगानी गर्दै आएको हेष्टर वायो साइन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धीले नेपालको कफी गुणस्तरीय भएको र यसलाई विश्व बजारमा लैजान सकिने बताउँदै नेपालसँग सहकार्य गरेर काम गर्न सकिने धारणा व्यक्त गरे ।

उनले डेमो फार्मिङमा भने सुधार गर्नुपर्नेमा जोड दिए । भारतमा लगानी गर्दै आएको नेष्टल इण्डिया लिमिटेडका वरिष्ठ उपाध्यक्ष सञ्जय खजुरीयाले यस क्षेत्रमा दुग्ध तथा दुग्धजन्य उद्योगको सम्भावनाका बारेमा आफ्नो अनुभव सुनाउँदै नेपालमा पनि प्रशोधनको माध्यमबाट कृषि उत्पादनको गुणस्तरमा सुधार ल्याउन सकिने बताए ।

कार्यक्रमको संयोजन गर्दै गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले नेपालको कृषि क्षेत्रमा लगानीको सम्भावनाका बारेमा विचार व्यक्त गरेका थिए ।

सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी विदेशी लगानीकर्ताको उपस्थिति छ । सम्मेलनमा सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता छ ।

सरकारले कृषि, जलविद्युत उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरेको छ । सम्मेलनमा करीब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा आज हस्ताक्षर गर्ने तयारीे छ ।

सम्मेलनमा सात विषयगत सत्रमध्ये शुक्रबार सूचना प्रविधि, पर्यटन, उद्योग, ऊर्जासम्बन्धीका सत्र सम्पन्न भएका थिए भने आज भौतिक पूर्वाधार र कृषि सत्र सम्पन्न भएका छन् । यसबाहेक नेपालका लगानीकर्ताबीच अनुभव आदानप्रदान र अन्तर्रा्ष्ट्रिय लगानीकर्ताको अनुभव आदानप्रदानका कार्यक्रम सम्पन्न हुने छन् ।-रासस

 

तपाइहरु ठूला लगानी लिएर आउनुस,हामी तपाइलाइ प्रोत्साहन र समर्थन गर्छौं,लगानीको सुरक्षा दिन्छौंः प्रधानमन्त्री ओली

दुइ दिने लगानी सम्मेलन काठमाडौमा शुरु

एनआइबि संवाददाता, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीकोलागि भर्जिनल्याण्ड भएको बताएका छन् । काठमाडौंको सोल्टी होटलमा शुक्रबारबाट शुरु भएको दुइ दिने लगानी सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीकालागि सबै किसिमको वातावरण तयार भइसकेको हुँदा मुनाफाको सुनिश्चितता रहेको बताए । उनले जुनै क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्ताहरुलाइ नेपालमा लगानीलागि आह्वान गरे ।
समृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ सरकार अघि बढेको भन्दै प्रधानमन्त्री ओली नेपालमा लगानीको सुरक्षाको प्रत्याभुतिको आधारहरु प्रस्तुत गरेका थिए । राजनीतिक स्थिरताका साथै , लगानीको सहजताकालागि सम्बन्धित कानुन निर्माण र संसोधन , भ्रष्टाचारमा शुन्य सहनशीलता , पारदर्शीता, तथा कानुनी शासन र सुशासन रहेको भन्दै उनले लगानीको सुनिश्चितताकालागि सरकार प्रतिवद्ध रहेको बताए । सरकारले लगानी संरक्षण र प्रतिफल फिर्ता लैजान पाउने अधिकारलाइ सुनिश्चित गरेको छ , लगानी गरेकाले राम्रो प्रतिफल पाएका छन्, लगानीकालािग ढिला नगर्नुस, तपाइहरु ठूला लगानी लिएर आउनुस,हामी तपाइलाइ प्रोत्साहन र समर्थन गर्छौं, सुरक्षा दिन्छौं,सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय लगानीकर्तालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।
सम्मेलनमा सरकारले कृषि,जलविद्युत , शिक्षा, स्वास्थ्य, पर्यटन , पूर्वाधार विकासका क्षेत्रमा पहिल्याएका नीजी तथा सार्वजानिक गरेर ७७ वटा परियोजनाहरुको सोकेस गर्ने तयारी गरेको छ । जसमध्ये सार्वजानिक तर्फ ५० तथा नीजी तर्फका २७ परियोजना रहेको छ । प्रदेश तर्फका पनि केहि आयोजनाहरु सो केश गरिदैछ । त्यसैगरि एक दर्जन बढी समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी समेत सरकारको रहेको छ । सम्मेलनमा ४० बढी राष्ट्रहरुका उच्च प्रतिनिधी लगायत ६ सय बढिको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको पनि बाक्लो सहभागिता रहेको छ ।

लगानी सम्मेलनलाइ लक्षित गरेर सरकारले सार्वजानिक नीजि साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुकासाथै विशेष आर्थिक क्षेत्र (सेज) ऐनमा संसोधन समेत गरिसकेको छ ।

लगानी सम्मेलनको तयारी सकियोः अर्थमन्त्री खतिवडा

 

 

एनआइबि संवाददाता, काठमाडौं
अर्थमन्त्री युवराज खतिवडाले शुक्रबारदेखि शुरु हुने दुइ दिने लगानी सम्मेलनको तयारी पुरा भएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको उनले बताए । सम्मेलनमा ४० बढी राष्ट्रहरुका प्रतिनिधीहरुको सहभागिता रहने जानकारी दिदै अर्थमन्त्री खतिवडाले ६ सय बढिको सहभागिता रहने जानकारी दिए । सम्मेलनमा सरकारले कृषि,जलविद्युत , शिक्षा, स्वास्थ्य, पर्यटन , पूर्वाधार विकासका क्षेत्रमा पहिल्याएका नीजी तथा सार्वजानिक गरेर ७७ वटा परियोजनाहरुको सोकेस गर्ने तयारी गरेको छ । जसमध्ये सार्वजानिक तर्फ ५० तथा नीजी तर्फका २७ परियोजना रहेको अर्थमन्त्रीले जानकारी दिए । त्यसैगरि केहि मुलुकहरुसँग १२ वटा समझदारी पत्रमा हस्ताक्षर हुने पनि खतिवडाले जानकारी दिए । लगानी सम्मेलनलाइ लक्षित गरेर सरकारले सार्वजानिक नीजि साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुकासाथै विशेष आर्थिक क्षेत्र (सेज) ऐनमा संसोधन समेत गरेको छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live