Nepinbiz Team

मनिषाको क्यान्सर संघर्ष हिल्डमा लिपिवद्ध

म मर्न चाहन्नँ।
मैले छटपटिँदै साथीलाई सन्देश पठाएँ।
मलाई निराशाले भित्रभित्रै खाँदै थियो। अजिंगरले आफ्नो आहारा एक गाँसमै सुलुत्त निलेझैं म अन्धकारको गर्तभित्र भासिँदै थिएँ। बाजको पञ्जामा पन्छी जसरी फड्फडाउँछ, म त्यो निस्पट्ट अन्धकारबाट उम्किन उसैगरी हातखुट्टा फाल्दै थिएँ।
जति नै चलमलाए पनि अन्धकार आफ्नो अष्टबाहु फैलाएर मेरो घाँटी निचोर्दै थियो। मेरो आँखाअगाडि टाढा(टाढासम्म उज्यालो प्रकाशको एक धर्सो पनि थिएन। अन्धकार मेरो कमजोर शरीरलाई आफ्नो पासोमा जकडेर मभित्र प्रवेश गर्दै थियो, एकदमै तीव्र गतिमा। विस्तारै त्यो मेरो शरीरभरि फैलियो। र, पेटको पिँधमा पुगेर मलाई गिजोल्न थाल्यो।
आँखाभरि छाएको अन्धकारमा पनि म अतीतको त्यो क्षण प्रस्ट देख्दै थिएँ, जब मैले पहिलोचोटि आफूलाई परित्यक्त अनुभव गरेँ।
म त्यति बेला दस वर्षकी थिएँ। हामी भारतको बनारसमा हजुरआमासँग बस्थ्यौं। एकदिन मेरी आमा मलाई हजुरआमाकै घर छाडेर अचानक फुत्त हिँड्नुभयो। म आँखा फिँजारेर उहाँ गएको बाटो हेरिरहेँ। मूर्तिवत्।
आमालाई मेरो ममताले तानेर फर्काउला भन्ने मैले कत्रो आश लिएकी थिएँ। कति न पर जानुहोला र१ एक–दुई पाइला त हो नि१ त्यसपछि उहाँ फरक्क फर्केर म नजिक आउनुहुनेछ, र मलाई अंगालो मारेर जुरुक्क आफ्नो काँधमा बोक्नुहुनेछ१
म सोचिरहेँ। आश गरिरहेँ।
अहँ, उहाँका पाइला अडिएनन्। उहाँले फर्केर पनि हेर्नुभएन।
‘तपाईं किन फर्कनुभएन आमारु’ मैले धेरै वर्षपछि उहाँलाई सोधेँ।
‘म मेरी सानी छोरीलाई उसकी आमाको भिजेको आँखा कसरी देखाउन सक्थेँ,’ आमाको जवाफ थियो।
आमा त्यसरी किन जानुभयो भन्ने मैले धेरै समयपछि मात्र बुझेँ। नेपालमा राजनीतिक गतिविधि चुलिएको त्यो समय बुबाको व्यस्तता बढेको थियो। त्यसैमा बुबालाई भर दिन मलाई हजुरआमाको काखमा सुम्पेर जानुभएको थियो।
म एक्ली कहाँ हो र१ नेपालको राजनीतिक उथलपुथलबीच हजुरआमाले परिवारका थुप्रै केटाकेटी स्याहार्नुभएको थियो। उहाँको ममतामयी स्याहारले राजनीतिक बादलको लुकामारी मेरो हुर्काइमा पर्ने छैन भन्ने आमाले राम्ररी बुझ्नुभएको थियो।
मैले आमाको काख गुमाएँ। हजुरआमाको न्यानो काख पाएँ।
आज फर्केर हेर्दा त्यो बेलाको परिस्थिति र मेरी प्यारी आमाको बाध्यता म बुझ्छु। मेरो भविष्यको निम्ति उहाँले जुन बुद्धिमतापूर्ण निर्णय लिनुभयो, त्यसको पनि कायल छु। तर, कलिलो मन र काँचो मस्तिष्कमै आमाबाट परित्यक्त हुनुको जुन छाप अंकित हुन पुग्यो, त्यसलाई कसैगरी मेट्न सकिनँ।
प्रियजनबाट त्यागिनुको त्यस्तै अनुभूति मलाई मेरो विवाह बन्धन चुँडिएपछि भयो। मैले यो सम्बन्ध सकुशल राख्न खुब कोशिश गरेँ। जब धागो चुँडियो, पीडाको बज्रपातले मेरो छाती मात्र होइन, आत्मा नै चिरियो। दोष कसैलाई दिन्नँ। गुनासो पनि गर्दिनँ। यत्ति हो, हामी दुवै नितान्त अलग व्यक्ति थियौं। चुम्बकका एकै ध्रुवजस्ता। हामी एकअर्काका निम्ति बनेकै थिएनौं। किन मेरो छनौटमा सधैं गलत मान्छे नै पर्छरु
यो धागो चुँडिदा पनि म खुब छटपटाएकी थिएँ। इष्टमित्र र परिचितहरूका प्रश्नमय आँखा मेरा अगाडि तेर्सिएका थिए। मैले आफ्नो सम्बन्ध किन सम्हालेर राख्न सकिनँरु यस्तै प्रश्नले मेरो सुर्ता थपेको थियो।
परित्यक्त हुनुको डरले मलाई जिन्दगीभर लखेटिरह्यो। आफ्नै छायाले लखेटेजस्तो।
यसपालिको डर पहिलेभन्दा भयावह थियो।
मलाई जिन्दगीबाटै परित्यक्त हुनुपर्ला भन्ने डर थियो।
।।।

१० डिसेम्बर, २०१२
म न्यूयोर्कको मेमोरियल स्लोन केटेरिङ क्यान्सर सेन्टरमा थिएँ। बाहिरको तापक्रमभन्दा कयौं गुणा मेरो अन्तरआत्मा चिस्सिएको थियो।
म झ्यालतिर एकटक नियालिरहेकी थिएँ। तुसारोले सिसा भिजेका थिए। तुसारोको तगारो नाघेर बाहिरको न्यानो उज्यालोले मेरो चिसो शरीर छुन सकिरहेको थिएन। छोएको भए म पनि न्यानो हुन्थेँ कि१
त्यो पर्दापछाडि मनै हर्ने हिउँद थियो, जसको म कल्पना मात्र गर्न सक्थेँ। रूखका खिङरिङ्ग अस्थिपञ्जरहरू फुसफुसे हिउँको दोलाई ओढेर आफ्नो ओइलाएको रूप छोप्न खोज्दै थिए। चिसोले च्याखुरिएका पालुवा त्यही हिउँभित्र कतै एकमुठी सास जोगाएर बसेका होलान्। वसन्तको प्रतीक्षामा। जब घामको किरणले हिउँको पर्दा खोल्नेछ, र पालुवाहरू कठ्याङ्ग्रिएका चिम्सा आँखा उघार्दै फक्रनेछन्।
तुसारोको पर्दापछाडि क्रिसमस क्रिया सुरु भइसकेको थियो, जसको म कल्पना मात्र गर्न सक्थेँ।
केटाकेटीहरू लुला घाँसमाथि मृगझैं बुर्कुसी मार्दै होलान्। घरमा क्रिसमिस बोट रंगीचंगी प्रकाशले सजिँदै होला। चक्लेटको गुलियो माया साटिँदै होला। मायालुहरू अंगालोमा बेरिएर कहिल्यै नछुट्टिने बाचा–कसम दोहोर्याउँदै होलान्।
तुसारोको तगारोपछाडि माया, हर्ष र उल्लासको उत्सव सुरु भइसकेको थियो। म त्यसको कल्पना मात्र गर्न सक्थेँ।
मेरो कल्पनाको परिधि फराकिलो थियो। तर, जहाँबाट म त्यो परिधिको अन्तिम छेउ हेर्दै थिएँ, त्यहाँ घना अँध्यारोमा उत्सवले उकेरा हाल्नै पाएको थिएन।
म अस्पतालको कोठामा थिएँ। चारैतिरबाट एक्ली। भित्रैदेखि रित्ती। र, गहिरोसम्म चुँडिएकी।
बलिउड नक्षत्रकी एक चम्किली तारा थिएँ म। जिन्दगीका थुप्रै उफानहरूबाट गुज्रिँदै एकाएक अस्पतालको शैयामा उनिन पुगेकी थिएँ। कमजोर बिरामीका रूपमा। कसैगरी उफान पोखिएला र म जिन्दगीबाटै रित्तिउँला भन्ने डरले काम्दै।
म जति आँखा नचाउथेँ, मृत्यु मुख बाएर मैलाई घुरिरहेझैं लाग्थ्यो। के मेरो जीवित अस्तित्व निर्जीव आँकडामा सीमित हुँदै गइरहेको छरु
यस्तो प्रश्न दिमागमा झिलिक्क आउनेबित्तिकै म थर्रर काम्थेँ।
‘म मर्न चाहन्नँ।’
निख्खर सेतो दलिनमा आँखा टिकाउँदै म बर्बराउँथेँ। त्यो दलिन एकोहोरो मलाई हेरेको हेर्यै थियो। चुपचाप।
डरले हो कि छटपटीले, मेरो मुटु बाहिरैसम्म सुनिने गरी हल्लिँदै थियो। मानौं, त्यहाँ जीवन र मृत्युको लडाइँ चल्दैछ। आशा र निराशा घम्साघम्सी गर्दैछन्।
‘मनीषा, तिमी यो लडाइँ जितेर अगाडि बढ्नेछौ,’ आशा मलाई आश्वस्त पार्थी।
उतिन्खेरै मृत्यु आफ्नो फण उठाउँथ्यो, ‘तिमीलाई त पाठेघर क्यान्सर पो भएको छ मनीषा, त्यो पनि तेस्रो चरणको।’
‘यस्तो रोग लागेका ४४ प्रतिशत बिरामी बाँचेका छन्,’ आशा मुसुक्क हाँस्दै मलाई थुम्थुम्याउँथी।
उतिन्खेरै मृत्यु दारा देखाउँदै भन्थ्यो, ‘ढुक्क नहोऊ मनीषा, यस्तो रोग लागेका ५६ प्रतिशत बिरामी मरेका छन्।’
म आफूभित्रकै द्वन्द्व सहन नसकेर आँखा चिम्म गर्थेँ। एकअर्कासँग बाझिरहेका ती कर्कश स्वरहरू विस्तारै मत्थर हुँदै जान्थे। म आफूलाई शून्यतामा हराउँदै गएको पाउँथेँ।

जब जब मलाई यस्तै शून्यताको संसारमा हराउन मन लाग्छ, मेरो मन मेरै देशतिर बरालिन थाल्छ। ती हिउँले ढाकिएका हिमशृंखलाको झलकले मेरो आत्माका तारहरू झंकृत हुन थाल्छन्। चित्रकारले रङका थोपा तप्पतप्प क्यानभासमा चुहाएझैं जब अस्ताउँदो सूर्यको लालिमा ती हिमशृंखलामा पोखिन्छन्, मलाई आफूभित्र हराएका सारा रङहरू फेरि एकचोटि बौरिएझैं लाग्छ। निमेषभरकै लागि सही, त्यो अन्धकारमा पनि म आफूलाई रंगीन देख्छु।
जब जब मलाई आफैंभित्रको आनन्दमा डुब्न मन लाग्छ, मेरो मन मेरै काठमाडौंका ती साँघुरा नागबेली गल्लीहरूमा बरालिन थाल्छ। ती अँध्यारा गल्लीमा लहर मिलेका दाँतझैं एकनासे घर, घरको चिसो छिँडीबाट बाहिरसम्मै फैलिएको ओस, घरिघरि नाकमा ठोक्किन आउने रैथाने मसलाको बासना, तरकारीको झ्वाइँ, सिलौटाको आवाज, केटाकेटीको खैलाबैला र आफैं हराउने त्यो भिडभाडमा म बल्ल आफूलाई भेट्छु। घरि शिर निहुराउँदै, घरि कुम ठोक्दै चहार्नुपर्ने काठमाडौं गल्लीहरूले मलाई यहाँको कला, संस्कृति र प्राचीन इतिहाससँग परिचित गराउँछ। वर्तमानमा उभिएर उतिबेलाको समृद्ध सभ्यतातिर फर्किंदा यस्तो लाग्छ, म आँखा चिम्लेर ध्यानमा बसेकी छु र आफूभित्र आफैंलाई खोज्दैछु।
जब जब म आफैंसँग अतासिन्छु, मेरो मन मेरै शिवपुरी जंगल र काठमाडौं उपत्यका वरिपरिका पदमार्गहरूमा फन्को मार्न थाल्छ। आँखाले समेट्न नसक्ने हरियालीबीच मलाई आफ्नै ज्यान कपासझैं हलुंगो अनुभूति हुन्छ। मेरा पाइलाहरू पदचिह्न पछ्याउन थाल्छन्। ती मेरै पदचिह्न हुन्, मैले नै छाडेर आएको। आफ्नै पदचिह्न पछ्याउँदा यस्तो लाग्छ, मानौं म आफूभित्रको ‘म’लाई पछ्याउँदैछु। आफैंलाई खोज्दैछु। आफैंलाई चिन्दैछु।
यसले मलाई संसारमा कहीँ कतै नभेटिने आह्लाद प्राप्त हुन्छ।
केही समय भयो, मेरो काठमाडौंलाई आधुनिक संरचनाहरूले कुरुप पार्दै लगेको छ। त्यो देख्दा मन चसक्क बिझाउँछ, घाँसमाथि खाली खुट्टा हिँड्दा काँडा बिझेझैं। तै मलाई आज पनि यहाँ आउँदा आमाको काखमा लुपुक्क लुट्पुटिएझैं हुन्छ– सुखी, शान्त र निश्चिन्त।
मलाई सधैं यस्तो लाग्छ, शल्यक्रिया गर्न मेरो शरीर चिर्दा पनि मेरा नसाहरूमा नेपालको बागमती र भारतको गंगा आफ्नो पूरा उफानका साथ गड्गडाइरहेका भेटिनेछन्। मेरो जिन्दगी नै यी दुई सुन्दर देशका दुई पवित्र नदीहरूले सिँचित छ।

म नेपालको राजनीतिक परिवारमा जन्मेँ। कोइराला परिवारबाट धेरै जनाले विभिन्न कालखण्डमा नेपालको सत्ता सम्हाले। तै मैले भारतलाई आफ्नो कर्मभूमि बनाएँ। नेपालसँग मेरो अन्तरआत्माको जरा गाँसिएको छ। भारत भने मेरो छनौट हो, जहाँ मैले झांगिने अवसर पाएँ।
जादुई मुम्बई महानगरमा मैले आफ्नो सपना बाँचेकी छु। मैले असीभन्दा बढी फिल्ममा काम गरेँ। जिन्दगीमा ती सबै चिज हासिल गरेँ, जुन हासिल गर्छु भनी सोचेकी थिएँ। वा, यसो भनौं, सोचेकोभन्दा बढी नै पाएँ। यो सहरले मलाई आफ्नो समयमा बलिउडको उचाइमा पुर्यायो। केही वर्षको अन्तरालमा थुप्रै अवार्ड र सम्मानले विभूषित गर्यो। लाखौं–करोडौंको माया दियो। म यी सबैको निम्ति धन्य छु।
ती सुन्दर पल बाँचिरहँदा मलाई थाहा थिएन, मेरो यात्रा सहज छैन। विधिले मेरो मुटुको क्यानभास सफलताको खुसीले मात्र भर्ने छैन। ती सबै संवेदनाहरू पोख्न पनि उत्तिकै उदारता देखाउनेछ, जुन हामी जिन्दगीमा भोग्न नपरे हुन्थ्यो भन्ठान्छौं। हामीले ठानेर मात्र कहाँ हुन्छ ररु मेरो मुटुको क्यानभासमा असफल सम्बन्धले दिएको निराशा लेखियो। अनपेक्षित धोकाको पीडाले भरियो। अवसर खुम्चिँदै जाँदाको छटपटीले छोप्यो।
र, मलाई अन्तरआत्मासम्मै निचोरेर निराशाको रसातलमै पुर्याउने गरी आयो, यो रोगको पहिचान।
जसले मलाई एक्लै बर्बराउन बाध्य पार्यो– ‘म मर्न चाहन्नँ।’
अस्पतालको त्यो कोठाभित्र उच्चाट लाग्ने गरी क्वारक्वार्ती दलिन हेर्दै कति समय बित्यो मलाई थाहा छैन। जब ब्युँझिएँ, मेरो मुख प्याक्प्याक्ती सुकेको थियो। मैले चारैतिर आँखा डुलाएँ। म अघिको कोठामा थिइनँ। मलाई अस्पतालकै अर्कै कोठामा ल्याइएछ। त्यो अपरेसन कक्ष थिएन। न अपरेसनपछि राखिने कक्ष थियो।
मलाई आफ्नो मुटुको धड्कन थामिएझैं लाग्यो। त्यो टक्क अडिन्थ्यो होला, मैले उतिबेलै मेरी आमालाई कोठाभित्र छिरेको नदेखेकी भए।
आमाको उपस्थितिले नै मेरो फड्फडाइरहेको मुटुलाई सन्तोक दिइरहेको थियो। अब उहाँले मलाई सुखद खबर सुनाउनुहुनेछ१ म आशातीत नजरले उहाँलाई हेर्न थालेँ। तर, किन आमा आज मलाई देखेर पनि मुस्कुराउनुभएनरु किन उहाँ मेरो आँखासँग आफ्नो आँखा मिलाउन सक्नुभएको छैनरु उहाँको आँखामा किन म उही चमक देख्दिनँ, जुन मलाई देख्दा सधैं तैरिने गर्थ्योरु
कहाँ छन् डा। डेनिस चीरु उही त हुन् मेरा रक्षक। आखिर के हुँदैछ यहाँरु
त्यही बेला मैले डा। चीलाई कोठाभित्र छिर्दै गरेको देखेँ।
रोग पहिचान भएयता म अरूको अनुहार पढ्ने कलामा पोख्त भएकी छु। मेरा प्रियजनहरू अक्सर आफ्नो अनुहारमा झुटको नकाब लगाएर सत्य लुकाउन खोज्छन्। मलाई छल्न खोज्छन्। यो उनीहरूको मप्रति माया हो, मलाई थाहा छ। तर, मुखले जतिसुकै झुट बोले पनि आँखाको भावमा सत्य लुक्दैन। मान्छेको हाउभाउले हताश मनको छनक दिइहाल्छ।
यतिबेला पनि म अनुहार पढ्नमा एकोहोरिएकी थिएँ। मलाई हाँसोको आवरणभित्र लुकेको सत्य खुट्टयाउनु थियो।
मैले उनको आँखा पढ्ने कोशिश गरेँ। सकिनँ।
मैले उनको अभिव्यक्ति पढ्ने कोशिश गरेँ। सकिनँ।
उनी आफैंले एकै शब्दमा मेरो भविष्यको नतिजा सुनाइदिए। उनको बोली मेरो छातीमा तीरझैं रोपियो। चट्टानझैं कठोर सत्य बज्रिएर म थिलथिलो भएँ। यस्तो लाग्यो, मानौं छ फुट अग्लो बक्सरले एक्कासि आफ्नो शक्तिशाली मुक्का ममाथि बजारे।
मेरो हालत त्यो परीक्षार्थीको जस्तो थियो, जो परीक्षाको नतिजा सुनेर नित्र्यान्न परेको छ।
क्यान्सरले मलाई जितेको थियो।
म मर्दै थिएँ।
।।।

नोभेम्बर, २०१२
मध्यरात। म काठमाडौंको नर्भिक इन्टरनेसनल अस्पतालको सेतो चादर बिछ्याएको शैयामा लम्पसार थिएँ। एक्लै।
कोठामा मधुरो उज्यालो थियो। मेरो मनमा भने ज्वार उठेको थियो। म चिस्सिएकी थिएँ। एक्ली थिएँ। डराएकी थिएँ।
म किन यहाँ छुरु किन सडकको अर्कोपट्टि प्रसूति गृहमा छैनरु मलाई यहाँ प्रसूतिको निम्ति किन भर्ना गरिएनरु के म कुनै दिन मेरो आफ्नो बच्चालाई अंगालोमा च्याप्न सक्छुरु
यस्ता अनेक प्रश्न आगोको झिल्काझैं मेरो मनमा उठ्थ्यो।
जब मान्छेको मन आफ्नै विचारका तरंगहरूमा गुजुल्टिएर थकित हुन्छ, उसका आँखा दिनदिनै देखिने सामान्य दृश्यहरू पनि अचम्मसँग याद गर्न थाल्दा रहेछन्।
झ्यालबाट छिरेको चन्द्रमाको चाँदनीमा मैले आफ्नै कोठा नियालेँ। कस्तो सुग्घर१ कति व्यवस्थित१ यहाँ हरेक चिज कसरी ठीक–ठीक ठाउँमा राखिएको१ जुन चिज जहाँ हुनुपर्छ त्यहीँ१ एक इन्च तलमाथि छैन१
कोठामा छिर्दा पनि मैले ख्याल गरेकी थिएँ, अस्पतालको यो भाग निकै आकर्षक थियो। मलाई लाग्यो, यो अतिविशिष्ट ९भिआइपी० व्यक्तिहरूको निम्ति छुट्टयाइएको शाखा हो।
मलाई एकाएक आफ्नो परिचय उदांगिएको महशुस भयो। भरिन बाँकी ठूलो घाउको पाप्रा कसैले कोट्ट्याएर उक्काइदिएझैं।
मैले सयौंचोटि आफ्नो पेट सुम्सुम्याएँ। निकै समय भयो, मेरो पेट अप्रत्याशित रूपले फुलेको फुल्यै छ। त्यसैमाथि हल्का हात चलाउँदै मैले सुस्तरी सुस्केरा हालेँ। यति सुस्तरी, मेरो आफ्नै कानले धरि मेरो निश्वास चाल पाएन।
जुन घटनाक्रमले मलाई यो अस्पतालको शैयासम्म ल्याइपुर्यायो, त्यसको बाटो लामो समयदेखि खनिँदै रहेछ। त्यसको पदचाप मैले सुन्दै सुनिनँ।
मुम्बईमै हुँदा म केही महिनादेखि बिरामी महशुस गर्दै थिएँ। मेरो पेट सधैं डुम्डुम्ती फुलिरहेझैं हुन्थ्यो। मलाई देखेर मान्छेहरू हिजोकी खिरिली, चिरिचट्ट परेकी हिरोइन कस्तरी मोटाइछे भनेर कुरा काट्न थालेका थिए। त्यो सुनेर म आत्तिन्थेँ। उनीहरूको कुरा सही पनि थियो। जत्ति कोशिश गर्दा पनि म आफ्नो तौल नियन्त्रण गर्नै सकिरहेकी थिइनँ। खासगरी पेटको वरिपरि मासु भरिएर मलाई आफू मोटाइरहेको आभास हुन्थ्यो।
मैले तौल नियन्त्रण गर्न खुब कसरत गरेँ। दिनहुँ जिम गएर चिटचिट पसिना बगाउँथेँ। मलाई त्यति बेला मेरो पेटमा अथाह बोसो भरिएको छ भन्ने भान थियो। त्यसबाट मुक्ति पाउन मैले कुनै कसर छाडिनँ। केही समयमै नतिजा पनि देखियो। मेरो तौल घट्दै गयो। मेरो शरीरका सबै अंगहरूबाट अनावश्यक मासु निख्रिँदै गए। पेट भने जस्ताको तस्तै रह्यो। घट्नुको साटो बढ्ने क्रम जारी थियो। आफ्नै शरीरको बिग्रँदो बनोट देखेर म भित्रभित्रै दुःखी थिएँ।
व्यायामले पनि पेटको बोसो घटाउन नसकेपछि म दिक्क मान्दै डाक्टरको सल्लाह लिन थालेँ। मुम्बईका धेरै डाक्टरकहाँ उपचार गर्न गएँ। शरीरको पूरै जाँचपड्ताल गराउने तयारीमा पनि थिएँ। त्यही बेला मलाई काठमाडौं जानुपर्यो।
प्रशंसकहरूका आँखामा युवा र आकर्षक देखिनुपर्ने कलाकारहरू उमेर छिप्पिँदै जाँदा ऐना हेर्न डराउँछन्। उनीहरूलाई बुढ्यौलीले चाउरी पर्न थालेका आफ्नै अनुहारदेखि आफैंलाई डर लाग्न थाल्छ। म पनि आफूलाई बुढ्यौलीले छुँदै गएको स्वीकार गर्न थालेकी थिएँ। चालीसकी जो भइसकेकी थिएँ।
तीन महिनाअघि म मुम्बईको सिद्धिविनायक मन्दिर गएकी थिएँ। पूजापाठ गरेँ। मन्त्र जपेँ। बढेको तौल र पुटुक्क उक्सेको पेटबाट छुट्कारा पाउन भाकल पनि लिएँ– अर्को तीन महिनासम्म म अन्न खाने छैन। माछामासु र जाँडरक्सी त छुँदै छुन्न। साधुहरू यसैगरी उपवास बस्छन् भन्ने मैले सुनेकी थिएँ। म आफ्नो कमजोरीबाट त्राण पाउन जुनसुकै बाटो अपनाउन तयार थिएँ।
त्यसैबीच नोभेम्बर २०१२ मा म काठमाडौं उडेँ।
त्यो मेरो निम्ति एक अविश्मरणीय दिन थियो। मेरो साथीकी बहिनीको विवाह हुँदै थियो। मैले जुन स्वअनुशासनबाट आफूलाई बाँधेर राखेकी थिएँ, त्यसलाई तोड्ने उपयुक्त अवसर अर्को हुनै सक्थेन। आज फर्केर हेर्दा सम्झन्छु, त्यो मलाई गिजोलेर बसेको रोग खुट्टिनुभन्दा दुई दिनअगाडिको कुरा थियो।
जिन्दगीमा अगाडि कस्तो दृश्य पटाक्षेप हुँदैछ भन्नेबाट बेखबर म उत्सवको रौनकमा रंगिएकी थिएँ। मेरा सबै साथीहरू पिउँदै थिए। खुसी मनाउँदै थिए। म पनि एक गिलास वाइन पिएर त्यो खुसीमा सामेल भएँ। उतिन्खेरै मलाई आफ्नो पेट फेरि डुम्म फुलेझैं लाग्यो। माछामासु, जाँडरक्सी र अन्नबाट परहेज रहने स्वअनुशासन पनि निष्प्रभावी बनेको देखेर म निराश भएँ।
पार्टी सकेर म आफ्नो कारमा घर फर्कंदै थिए। पेटमा एकैचोटि लाखौं सुई घोचेजस्तो अथाह पीडा भएर आयो। काठमाडौंका उबडखाबड सडकले जतिचोटि गाडीका पाङ्ग्रा उफार्थ्यो, मेरो मुखबाट असह्य पीडाको चित्कार छुट्थ्यो।
त्यो पूरा रात मैले घोप्टो सुतेर काटेँ। दुखाइ कतिविधि थियो भने, म कोल्टे फेर्न पनि सक्दिनथेँ। मलाई त्यस्तो के भइरहेको थियोरु म आफैंसँग भुत्भुतिएँ। रनभुल्ल परेँ। डरले जीउभरि काँडा उम्रिए।
भोलिपल्ट बिहानै मैले आफ्नो भाइ सिद्धार्थसँग कुराकानी गरेँ। ऊसँग कुरा गर्दा मेरो आवाज कामेको थियो। मेरो अनुहारभरि छटपटीका रेखाहरू छरिएका थिए।
‘म अब यो पीडा सहन सक्दिनँ। मलाई यो के भइरहेको छ, पत्ता लगाउनुछ।’
भाइले तुरुन्तै मलाई अस्पताल लग्यो।
अनि, म यहाँ आइपुगेँ। नर्भिक अस्पतालको यो कोठामा। डाक्टरको प्रतीक्षा गर्दै।
त्यो बेला मेरो टाउको यस्तो भारी भइरहेको थियो, मानौं मेरो पूरै शरीरको भार मेरो टाउकोमा थुप्रिएको छ।
त्यो बिहान जब डा। मधु घिमिरेले मेरो परीक्षण गरे, मलाई सास फिरेजस्तो भयो। अब उनी भन्नेछन्, ‘सामान्य संक्रमण हो मनीषा, चिन्ता लिनुपर्दैन। केही दिनमै ठीक हुन्छ।’
त्यसपछि म यो पीडाबाट मुक्त भएर शिवपुरी जंगल र काठमाडौं उपत्यका वरिपरिका पदमार्गहरूमा फन्को मार्न पुग्नेछु। त्यहाँ आँखाले समेट्न नसक्ने हरियालीबीच मलाई आफ्नै ज्यान कपासझैं हलुंगो अनुभूति हुनेछ।
मैले मनभित्रै आफूलाई लागेको रोगको तानाबाना पनि बुन्न थालिसकेकी थिएँ। सोचेकी थिएँ, कलेजो संक्रमण होला। यसै पनि म तीन महिनाको स्वअनुशासनमा बस्नुअघि कयौं महिनादेखि दिनको एक बोतल वाइन पिउँथेँ।
डाक्टरलाई भने मेरो तानाबानाले तानेन। उनीहरू मेरो पेटकै परीक्षण गर्न थाले।
‘तपाईंको पेटमा धेरै तरल पदार्थ जमेको छ, यसलाई झिकेर परीक्षण गर्नुपर्छ,’ डा। घिमिरेले भने।
उनले सुई झिके। सुई देख्नेबित्तिकै मेरो जीउ कक्रक्क पर्यो। उनले त्यसको वास्तै नगरी पेटमा रोपे। पेटभित्र जमेको तरलको थोरै अंश विस्तारै सुईमा सर्यो। उनले त्यो नमूना ‘बायोप्सी’ निम्ति पठाउने बताए।
यति जाँचपछि घर जान पाइएला भन्ने सोचेकी थिएँ। पाइनँ। मेरो सिटीस्क्यान भोलिपल्ट बिहानलाई तोकिएको थियो। त्यो रात मैले नर्भिकमै काट्नुपर्ने भयो।
रातभर अस्पतालको बसाइले म अधीर भएँ। धैर्य त्यसै पनि मेरो स्वभावमै छैन।

भोलिपल्ट मलाई ह्विलचेयरमा गुडाउँदै सिटीस्क्यान निम्ति लगियो। त्यसपछि फेरि सुरु भयो एउटा अन्त्यहीन पर्खाइ। मेरो खाली, तर व्यग्र दिमाग फेरि अनेक तानाबाना खेलाउन थाल्यो।
मलाई कलेजोकै कुनै गम्भीर रोग लागेको रहेछ भने के गर्नेरु त्योभन्दा पनि भयानक अर्थोकै केही भएको रहेछ भने के गर्नेरु हे परमात्मा, तिमी मेरो पुकार सुन्दैछौरु मलाई स्वस्थ बनाइदेऊ१
त्यो पर्खाइको बीचमा मैले सयौंचोटि नर्सलाई सोधेँ, ‘डा। घिमिरे कहाँ हुनुहुन्छरु उहाँ कहिले आउनुहुन्छरु’
नर्सले पनि सयौंचोटि मलाई जवाफ दिइन्, ‘उहाँ व्यस्त हुनुहुन्छ। जतिसक्दो छिटो आउनुहुनेछ।’
म बिहानैदेखि उहाँलाई पर्खेर बसेकी थिएँ। बिहान तन्केर दिउँसो भयो। दिउँसो पनि तन्किन थाल्यो। सूर्यका किरणहरू डाँडापछाडि छोपिँदै गए। अब चाँडै यी किरणहरू अलप हुनेछन्। मलाई यो समय दिनभरिमै सबभन्दा नाटकीय लाग्छ। यस्तो लाग्छ, मानौं धर्तीमा कुनै डरलाग्दो दृश्यको निम्ति मञ्च तयार हुँदैछ।
म झन् झन् अधीर हुँदै गएँ।
किन कोही पनि केही समाचार लिएर आइरहेका छैनन्रु मेरो पेटबाट निकालिएको त्यो तरल बयोप्सीको निम्ति पठाइएको होइन ररु
साँझ आफ्ना दुवै हात फैलाएर दिनको उज्यालोलाई आफूभित्र समेट्न खोज्दै थियो। त्यही बेला मेरो परिवारका सदस्यहरू एक–एक गर्दै कोठाभित्र छिरे– मेरा आमाबुबा, सिद्धार्थ, मेरी काकी, काका र मेरा अरू भाइ–बहिनीहरू।
अचम्म१ यिनीहरू किन यस्तरी हुल बाँधेर मलाई हेर्न आएरु
मेरो मनको एउटा भाग थर्कमान भयो। मैले थकान, छटपटाहट र तनावले गलेको स्वरमा सुस्तरी सोधेँ, ‘के भयोरु तिमीहरू मलाई किन केही भन्दैनौरु’
मेरा अचम्भित आँखाहरू डा। घिमिरेमा गएर अडिए। उनी मेरो परिवारका सदस्यहरूको भिडमा पछाडि उभिएका थिए। उनी त्यहाँबाट विस्तारै अगाडि सरेर मेरो नजिक आए। उनी यति विस्तारै पाइला चाल्दै थिए, मानौं एक–एक पाइला गन्दै छन्। मैले उनका आँखा चम्किला देखेँ। के उनका आँखामा आँसु टिल्पिलाएको होरु कि, त्यो दिनभरिको थकानको असर होरु
उनले आँखामा चस्मा लगाएका थिएनन्। उनको पावरवाला चम्मा कालो डोरीमा उनिएर घाँटीमा झुन्डिएको थियो। हातमा केही कागजपत्रहरू च्यापेका थिए। एउटा फाइल पनि थियो, जसका पन्नाहरू धेरैचोटि ओल्टाइपल्टाइ गरेझैं देखिन्थे।
म उनलाई एकटक हेरिरहेँ।
उनी एकछिन मूर्तिवत् उभिए।
विस्तारै मैले उनको ओठ चलमलाएको महशुस गरेँ।
के उनी बोल्न खोज्दैछन्रु धन्न१
कृपया केही त बोल्नू डाक्टररु के भएको छ मलाई, केही त भनिदिनूरु
‘मनीषा, अचेल यस्तो कुराको उपचार हुन्छ।’
लामो समय लगाएर उनले जे बोले, त्यसले झन् मलाई मुटुमै काँडा बिझेजस्तो भयो।
‘उपचाररु तपाईं कस्तो उपचारको कुरा गर्दै हुनुहुन्छरु’ मैले आफ्नो भासिएको स्वर अलिकति उचालेर सोधेँ।
म त्यसै पनि व्याकुल थिएँ। शरीरभित्र पसिनाका करोडौं ग्रन्थीहरू एकैचोटि फुट्न लागेझैं चिटचिट भइरहेको थियो। मैले घाँटीमा खैरो स्कार्फ बेरेकी थिएँ। मलाई त्यो स्कार्फले सास घाँटीमै अड्केझैं भयो। हातले स्कार्फ तानेर गाँठो खुकुलो पारेँ।
‘समय पहिलेजस्तो छैन। विज्ञानले धेरै तरक्की गरिसक्यो। अचेल यस्तोमा धेरै राम्रो उपचार हुन थालेको छ। मान्छेहरू लामो समय बाँच्न थालेका छन्,’ उनले अझै कुरा चपाए।
‘तपाईं के कुरा गर्दै हुनुहुन्छ डाक्टररु कुन उपचारको बारेमा भन्दै हुनुहुन्छरु’ मैले उस्तै व्यग्रतासाथ सोधेँ।
डा। घिमिरे एकछिन मौन रहे। उनी भित्रैदेखि आफ्नो शक्ति खिचेर मुखमा ल्याउँदै थिए, सायद।
‘मनीषा, तिमीलाई क्यान्सर भएको छ१’
‘क्यान्सररु’ मैले एक–एक अक्षर तौलँदै उच्चारण गरेँ। यस्तो लाग्यो, कोठाभित्र मेरो आवाज थर्किंदैछ।
‘मलाई कसरी क्यान्सर हुन सक्छरु’
मैले यो प्रश्न यस्तरी सोधेँ, मानौं यो रोग अरूलाई लाग्न सक्ला, मलाई कसरी लाग्न सक्छरु म स्वस्थ छु। पोसिलो खान्छु। आहारविहारमा ध्यान पुर्याउँछु। केही समयदेखि त माछामासु र जाँडरक्सी बारेको पनि छु। होइन, होइन। कहीँ कतै कसैबाट गल्ती भएको हुनसक्छ१ यो मलाई लाग्ने खालको रोगै होइन१
मेरो मनको तर्कना भंग गर्दै डा। घिमिरेले उस्तै सुस्तरी भने, ‘पाठेघरको क्यान्सर, अन्तिम चरणको।’
उनको बोलीसँग मेरो कानले तालमेल मिलाउन सकिरहेको थिएन।
म भन्दै थिएँ, ‘त्यसो हो भने किन तपाईं यसलाई काटेर फाल्दिनुहुन्नरु’
मैले धेरैचोटि यस्तै अवस्था फिल्ममा देखेकी थिएँ। फिल्ममा पाठेघर क्यान्सर हुँदा महिला शरीरको त्यो अंग सरक्क काटेर फालेको देखेकी थिएँ। मलाई वास्तविक जीवनमा पनि यो त्यत्तिकै सरल छ भन्ने लाग्दै थियो।
मेरी काकी स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ। केही समयअघि उहाँले पुटुक्क उठेको पेट हेर्दै भन्नुभएको थियो, ‘मनीषा, कतै तिमी गर्भवती त भएकी छैनौरु’
मैले उहाँलाई भनेकी थिएँ, ‘यो सम्भव छैन।’
त्यही गर्भ रहने पाठेघर मैले चटक्क चुँडालेर फाल्ने कुरा गर्दा डा। घिमिरेले प्रस्ट, तर पराजित शैलीमा भने, ‘कति काट्नुरु कहाँसम्म काट्नुरु क्यान्सर जताततै फैलिसक्यो।’
डा। घिमिरे त्यसपछि मलाई आगामी उपचार विधि बताउन थाले। संसारमै क्यान्सरको उत्कृष्ट उपचार हुने अमेरिका जान सल्लाह दिए। मेरो मस्तिष्कले भने उनका कुनै पनि कुरासँग तालमेल मिलाउन सकिरहेको थिएन।
त्यतिबेला उनले के–के भने, केही पनि सुनिनँ। त्यो क्षण पूरै कोठा फन्फनी रिंगिँदै थियो। मेरो पैतालामुनिको जमिन भासिँदै थियो। म शून्यमा घरि तैरिँदै थिएँ, घरि डुब्दै थिएँ।
त्यो एकदमै अनौठो क्षण थियो।
त्यसपछिको समय कसरी बिते, मलाई केही हेक्का छैन। म एकोहोरो भित्तातिर टोलाइरहेँ। मेरो परिवारका सदस्यहरू एक–एक गर्दै आउँथे। चुपचाप मेरो काँधमा हात राख्थे। र, चुपचाप हराउँथे। मानौं, सबैको आवाज हराएको छ। सबै निःशब्द भएका छन्। उनीहरू आफ्नो मायालु स्पर्शले खाली यति जताउन खोज्दै थिए, मनीषा तिमी एक्ली छैनौ, हामी तिम्रो साथ छौं।
त्यो मेरो जिन्दगीकै सबभन्दा लामो र एक्लो कहालीलाग्दो रात थियो।
भोलिपल्ट बिहान अघिल्लो दिन लाएको लुगाधरि नफेरी नर्भिक अस्पतालबाट घर फर्केकी त्यो मनीषा, अर्कै मनीषा थिई– अस्तव्यस्त र छिन्नभिन्न। मैले गाढा निलो रङको ट्रयाक र सेतो टिसर्ट लगाएकी थिएँ। मेरो पहिरन जतासुकै खुम्चिएका थिए।
म त्यो बेला बलिउड स्टार मनीषा कोइरालाजस्तो बिल्कुलै देखिएकी थिइनँ। तर, मलाई त्यसको कुनै वास्ता थिएन।
मैले आफ्ना आँखा हतार–हतार सनग्लासभित्र लुकाएँ। बिहानको तेजिलो घामको प्रकाश छेकियो। त्योभन्दा बढी संसारको आँखाबाट मेरो वास्तविकता लुक्यो।
बाटोभरि कोही बोलेनन्। खाली गाडीको घर्रघर्र आवाज आइरह्यो।
अनि, मेरो अन्तरआत्माको आवाज, जुन एकोहोरो भन्दै थियो– म मर्न चाहन्नँ।
।।।

‘मनीषा, तिमी मुम्बईमा घर किन।’
शाहरुख खान मलाई सधैं भन्ने गर्थे, ‘आफ्नै घर किनेर बस्यौ भने मात्र मुम्बई तिमीलाई आफ्नै जस्तो लाग्नेछ।’
सन् १९९१ मा सुभाष घईको ‘सौदागर’ बाट बलिउडमा प्रवेश गरेपछि मैले संख्यात्मक रूपमा थोरै काम गरेँ हुँला। तर, तीमध्ये केही काम गुणात्मक रूपले उत्कृष्ट थिए।
१९४२– अ लव स्टोरी, अकेले हम अकेले तुम, बम्बे, अग्निसाक्षी, खामोशी– द म्युजिकल, गुप्त, दिल से, मन – यी यस्ता फिल्म हुन् जसले बक्स अफिसमा मात्र धूम मच्चाएनन्, मेरो अभिनयको पनि खुबै तारिफ भयो। आज पनि बलिउडका उत्कृष्ट फिल्मको नाम लिँदा यीमध्ये केही छुट्दैनन्।
माया नगरीमा स्थापित भइसक्दा पनि मैले मुम्बईमा घर किनेकी थिइनँ। शाहरुखको भाषामा भन्दा, मुम्बईले मलाई आफ्नो बनाइसकेको थियो, तर मैले नै मुम्बईलाई आफ्नो बनाएकी थिइनँ। मैले अपार्टमेन्ट भाडामा लिएकी थिएँ। मुम्बई आएदेखि म भाडाकै घरमा बस्दै आएकी थिएँ।
लामो फिल्म करिअरबाट मैले राम्रै पैसा जम्मा गरेकी थिएँ। केका लागि जम्मा गरेकी थिएँ, त्यो थाहा छैन।
शाहरुख भन्ने गर्थे, ‘मुम्बईमा आफ्नै घर किनेपछि बल्ल मलाई यहाँ जरो गाडेको अनुभूति हुनेछ। यायावरझैं एक ठाउँबाट अर्को ठाउँ भौंतारिने मान्छे होइन, एउटा स्थायी ठाउँमा स्थापित भएझैं लाग्नेछ।’
म उनको कुरा मुसुक्क हाँसेर टारिदिन्थेँ।
मलाई थाहा थियो, कुनै पनि घरमा त्यस्तो शक्ति छैन, जसले मलाई कुनै पनि ठाउँमा स्थायी रूपले बाँधेर राख्न सकोस्। म अन्तरआत्मादेखि नै यायावर प्रकृतिकै छु। मेरो यो स्वभाव म कसैगरी बदल्न सक्दिनँ।
शाहरुख आफैं पनि मुम्बईका होइनन्। करिअर पछ्याउँदै दिल्लीबाट आएका हुन्, जसरी म नेपालबाट आएँ।
गहिरिएर सोच्दा मलाई के लाग्छ भने, म कतै न कतै, कुनै न कुनै रूपमा जरो उखेलिएर यहाँ आइपुगेकी छु। म आफ्नो सामर्थ्यले भ्याएसम्म राम्रो काम गर्दै थिएँ। आफ्नो उत्कृष्ट कला पस्कँदै थिएँ। तर, लामो समयदेखि यहीँ रहँदाबस्दा पनि मलाई कहिल्यै मुम्बई आफ्नो लागेन। म यहीँको हुँ, यो विचार मेरो दिमागमा आउँदै आएन।
तै मैले शाहरुखको सुझाव मान्ने निधो गरेँ। सन् १९९९ मा मुम्बईमा घर किनेँ। मैले मुम्बईलाई आफ्नो घर बनाएँ।
मुम्बई सहर कहिल्यै सुत्दैन।
म पनि त जागै थिएँ। कोशौं कोश परसम्म निद्राको नामनिसान थिएन।
म आफ्नो पहिलो घर काठमाडौंमा रोग खुट्टिएपछि दोस्रो घर मुम्बई आएकी थिएँ। पीडाले मेरो मुटु दुखिरहेको थियो। मलाई डरले छपक्क छोपेको थियो।
त्यो बेला म र आमा दुई जना मात्र मुम्बई आएका थियौं। परिवारका अरू सदस्य भोलिपल्ट आउँदै थिए। हामी दुई जनाको निम्ति त्यो उडान एउटा विन्दुबाट अर्को विन्दुसम्मको यात्रा मात्र थिएन। अँध्यारोबाट हामी उडेका थियौं, उज्यालोको खोजीमा थियौं। उडानभरि मेरो ध्यान डा। सुरेश आड्वानीसँगको भेटमा केन्द्रित थियो। उनी भारतका एक उत्कृष्ट क्यान्सर विशेषज्ञ हुन्। मैले अघिल्लो दिनै उनीसँग फोनमा कुरा गरेर समय लिएकी थिएँ।
जहाजमा पनि म देख्थेँ, मान्छेहरू मैलाई हेरिरहेका छन्। कसैका आँखामा भय नाचेको छ त कसैकामा सहानुभूति उर्लिएको छ।
मेरो जिन्दगीको यो रहस्य यिनीहरूले कसरी चाल पाएरु
म उनीहरूको सहानुभूतिपूर्ण हेराइले झनै तर्सिन्थेँ। छेउमा आमा हुनुहुन्थ्यो। भित्रभित्रै आँसु निलेर मुखमा मधुरो हाँसो छर्न खोज्दै हुनुहुन्थ्यो। सायद, उहाँलाई डर थियो म डराउँला कि भन्ने। उहाँलाई सुर्ता थियो, मैले सुर्ता लिउँला कि भन्ने। आमा न हो१
मलाई उहाँको खुबै माया लाग्यो। आमाको काखमा उसको बच्चाको मृत्यु– यो भावीको नियमित विधान त हुँदै होइन। कसरी सम्हाल्छन् होला ती आमाहरू आफूलाईरु कसरी सम्हाल्नुहोला मेरी आमा आफूलाईरु
म आफ्नो भय र तनाव हड्डीहरूमा समेत महशुस गर्दै थिएँ। लुला भएका थिए मेरा हातगोडा। मानौं, त्यहाँ हड्डीको भरै छैन।
म यो पनि चाहन्नथेँ, हाम्रो यो क्लेश कसैले देखोस्१ म सार्वजनिक आँखाहरूबाट हाम्रो त्यो क्लान्ति लुकाउन चाहन्थेँ। मैले आमाको पहेँलिएको अनुहार हेरेँ। आकाशे–निलो बर्को ओढ्नुभएको थियो। मैले त्यही बर्को तानेर उहाँको मुख ढाकिदिएँ।
मैले त्यतिबेला ट्रयाकसुट लगाएकी थिएँ। आफ्नो पुट्ट फुलेको पेट ढाक्न ट्रयाक प्यान्ट कम्मरभन्दा मुनि सारेकी थिएँ। अरूले हेर्दा सायद म सामान्य थिएँ। बलिउड अभिनेत्री हुँ, पर्दामा जस्तै वास्तविक जीवनमा पनि शान्त र निश्चिन्त भएको अभिनय गर्दै थिएँ। पर्दापछाडिको यथार्थ भने फरक थियो। मेरो मन मेरै काबुमा थिएन।
मेरा हातगोडा लगलग काम्दै थिए। कतिखेर यो जहाज मुम्बई अवतरण गरोस्, र कतिखेर म मुम्बईको व्यस्त ट्राफिक छिचोलेर डा। आड्वानीलाई भेटुँ– मलाई खाली यत्ति ध्याउन्न थियो।
त्यस दिन डा। आड्वानी व्यस्त रहेछन्। उनले मलाई जसलोक अस्पतालमै साँझतिर भेट्न डाकेका थिए। पछिल्लो केही वर्षदेखि उनीसँग मेरो एक किसिमको सहकार्य छ। मैले क्यान्सरपीडित केही गरिब नेपाली बालबालिकालाई उनीकहाँ उपचार निम्ति पठाएकी छु। मैले पठाएका सबै बिरामीलाई उनले उत्तिकै स्नेहसाथ उपचार गरेका छन्।
अब तिनै डाक्टरलाई म बिरामीका रूपमा भेट्नेछु।
मैले आफ्नो टोपी तल तानेँ। ठूलो आकारको सनग्लासले आँखा मात्र होइन, आधै अनुहार ढाकियो।
मुम्बईको हावामा सास फेर्दा मलाई झट्ट दुइटा अनुभूति भयो– यहाँको तातोपन र समुद्री हावामा भरिएको नुनिलो बासना। मलाई याद छ, धेरै वर्षअघि १६ वर्षे स्कुलेकिशोरीका रूपमा पहिलोचोटि मुम्बई आउँदा पनि मैले यही अनुभव गरेकी थिएँ।
विमानस्थलबाट बाहिर निस्कँदा मलाई यस्तो लाग्दै थियो, मेरो मुटुमा कसैले जोड जोडसँग हतौडा बजार्दैछ। म पसिनाले लुछुप्पै भिजेकी थिएँ। त्यो गर्मीको पसिना होइन। मुम्बईको गर्मीले मलाई कहिल्यै त्यतिविधि अत्याएन। त्यो मभित्रको आत्मबल थियो सायद, जुन पसिनाको रूपमा बाहिर चिट्चिटाउँदैछ। आमा पनि उसैगरी थरथर काम्दै हुनुहुन्थ्यो। मैले उहाँको पाखुरा बलियो गरी समातेँ र कानमा फुस्फुसाएँ, ‘आफूलाई सम्हाल्नुस् आमा।’
म आमालाई सम्हाल्न खोज्दै थिएँ, मेरै स्वर भने लत्रेको थियो।

विमानस्थलबाहिर जसलोक अस्पतालको एम्बुलेन्स हामीलाई लिन आएको रहेछ। म एम्बलुेन्समा जान चाहिनँ। आफ्नै कारमा चढेँ। जिन्दगीले मलाई अपरिचित परिस्थितितर्फ धकेलिरहेका बेला म परिचित वातावरणको सन्निकटता खोज्दै थिएँ। त्यसले मलाई एक किसिमले सुरक्षाको प्रत्याभूति पनि दिन्थ्यो।
म आफ्नै कारको आरामदायी छालाको सिटमा पसारिएँ। टाउकोलाई फूलबुट्टे सिरानीमा अड्याएँ। र, लामो सास तानेँ।
हामी जसलोक अस्पताल जाँदै थियौं। जीउभरि तनावका काँडा उम्रेका थिए। मलाई डाक्टर भेट्ने हतार थियो। मुम्बईमा मान्छेहरू जति हतारमा हुन्छन्, ट्राफिक उति सुस्त चल्छ। यहाँको ट्राफिक नै सुस्त हो कि, मान्छेलाई बढी हतार भएको हो, मैले कहिल्यै बुझ्न सकिनँ।
हाम्रो गाडी व्यस्त सडकको बीचमा असंख्य निजी कार, ट्याक्सी, अटोरिक्सा, बस र ट्रकले घेरियो। उनीहरू सबै अधीर थिए।
म उनीहरूभन्दा अधीर।
छटपटी र तनावको संयोग निकै खराब हुँदो रहेछ। जीउभरि पसिनाका फोकाहरू एकैचोटि फुट्ने। यस्तो बेला त मान्छेसँग पनि पखेटा भइदिए हुन्थ्यो नि बरु१
मन चरा गतिमा जसलोक अस्पताल पुग्न चाहन्थ्यो, हामी भने चिप्लेकीराझैं घिस्रिरहेका थियौं।
विमानस्थलबाट जसलोक पुग्न हामीलाई ठ्याक्कै डेढ घन्टा लाग्यो। त्यो डेढ घन्टा मेरो निम्ति डेढ जुनी बराबर थियो।
डा। आड्वानीको जीवनकथाले मलाई सधैं प्रोत्साहित गर्छ। उनलाई आठ वर्षको उमेरमै पोलियो भयो। ह्विलचेयरमा हिँडडुल गर्छन्। उनको आत्मबल यति उच्च छ, आफूलाई कहिल्यै ह्विलचेयरसँग उनेर राखेनन्। कुनै बेला शारीरिक अपांगताकै कारण उनलाई मेडिकल कलेजले भर्ना लिन मानेको थिएन। उनले तै हार खाएनन्। विदेश गए। त्यहाँका उत्कृष्ट डाक्टरहरूको सानिध्यमा आफ्नो बौद्धिक कद बढाए। र, सन् सत्तरी दशकको प्रारम्भमा क्यान्सरलाई आफ्नो कार्यक्षेत्र बनाए, जुन त्यतिबेला डाक्टरहरूको विरल छनौटमा पर्थ्यो। पद्मभूषणले विभूषित यी डाक्टर भविष्यमा पनि यस्ता धेरै विभूषणबाट सम्मानित होऊन्– म ईश्वरसँग हृदयदेखि कामना गर्छु।
जसलोक पुग्नेबित्तिकै म कारबाट निस्केर कुद्दै डा। आड्वानीको क्याबिनमा पुगेँ। हामी समयभन्दा अगाडि नै आइपुगेछौं। मेरो छटपटी झन् बढ्यो। पेटभित्र अँध्यारो सुरुङ खनिएझैं म रित्तो महशुस गर्दै थिएँ।
करिब एक घन्टा डाक्टरलाई पर्खंदा आमा र म दुवै उनको क्याबिनमा मौन थियौं। मानौं, हाम्रो आवाज त्यही अँध्यारो सुरुङमा कतै अलप भएको छ।
साँझ छिप्पिँदै थियो। आकाशमा चन्द्रमा देखिएको थिएन। औंशीको रात होला।
परबाट ह्विलचेयरको चक्का घुमेको खर्रर आवाज मेरो कानमा ठोक्कियो। आँखा तन्काएँ। अस्पतालको लामो करिडोरमा पल्लो कुनाबाट डा। आड्वानी आउँदै गरेका देखिए।
उनको ओठमा मुस्कान छरिएको थियो। जसमा आत्मविश्वासको लहर दौडिएको म प्रस्टै देख्थेँ। मैले हतारहतार आफ्नो सारा रिपोर्ट उनीतिर तेर्स्याएँ। उनी रिपोर्टका पन्नाहरूमा मिहिन आँखा दौडाउन थाले। म उनको आँखाको भाव पढ्न आफ्नो आँखा दौडाउन थालेँ।
हामी साँझतिर अस्पताल छिरेका थियौं। अहिले रातको झन्डै ११ बज्दै थियो।
‘मनीषा, म केही थप परीक्षण गराउन चाहन्छु– पेट स्क्यान र सिटीस्क्यान पनि,’ डा। आड्वानीले तीखो नजरले मतिर हेर्दै भने, ‘तर, अहिले ढिला भइसक्यो। तपाईं घर जानू। भोलि बिहान खाली पेट आउनुहोला।’
ओहो, डा। आड्वानीले भोलि फेरि मेरो परीक्षण गर्नेछन्१ उनले भन्दे हुन्थ्यो नि, काठमाडौंबाट ल्याएका यी सबै रिपोर्ट गलत हुन्१ मलाई केही भएको छैन। सामान्य पेटको समस्या हो। कलेजोको संक्रमण। अब भोलि बिहानसम्म म कसरी कुरूँ१
आमालाई पनि सायद यही आश थियो।
मैले मुम्बईको घरमा दुइटा कुकुर पालेकी छु– बडी र स्पार्की। त्यो रात लामो समयपछि मलाई देख्नेबित्तिकै मेरा यी दुवै साथी पुच्छर हल्लाउँदै, उफ्रिँदै, लाडिँदै मछेउ आए।
त्यो दिन मैले थाहा पाएँ, कुकुरसँग छैठौं इन्द्रीय हुँदो रहेछ। म घरमा छिर्नेबित्तिकै बडी त छाया बनेर मेरो पछि लाग्यो। उसले एक सेकेन्ड पनि मलाई छाड्न मानेन। म जहाँ जान्थेँ, ऊ पछ्याउँदै आउँथ्यो। मेरो खुट्टामा लुपुक्क टाँसिएर बस्थ्यो। ऊ मलाई आफ्नो तेजिलो र रसिलो आँखाले हेरिरहन्थ्यो। सायद ऊ मलाई सान्त्वना दिँदै थियो।
के उसले मेरो मनभित्र चलेको हुन्डरी बुझेको थियोरु
भोलिपल्ट डा। आड्वानीले मेरो परीक्षण र स्क्यानहरू फेरि गराए। सबै सकेपछि उनले मलाई करिडोरको पछिल्लो कुनामा रहेको कोठामा बसाले। त्यहाँ एकान्त थियो। मलाई एकान्तकै खाँचो थियो। म फेरि एकचोटि नतिजा पर्खिरहेकी थिएँ।
मेरो हालत त्यो परीक्षार्थीजस्तो थियो, जो एकचोटि फेल भएर फेरि अर्को परीक्षा दिँदैछ।
मेरो धैर्य गुम्दै थियो। छटपटी बढ्दै थियो। लाग्दै थियो, म आफैं कुदेर डाक्टरको क्याबिनमा जाउँ र सोधुँ, ‘डाक्टर, मेरो रिपोर्ट आएनरु’
करिब २ बजे मैले करिडोरको पल्लो कुनाबाट ह्विलचेयरको खर्रर आवाज आफूतिर आइरहेको सुनेँ।
मैले आफूलाई थाम्नै सकिनँ। ढोकाबाट बाहिर हेरेँ। उनीतिर आशातीत नजर फिँजारेर उभिइरहेँ।
तर, यो केरु उनको आँखा किन यति मलिनरु उनको ओठको त्यो विश्वासिलो मृदु मुस्कान खोइ आज कता हरायोरु
उनी कोठाभित्र आए। अरू डाक्टरहरू पनि जम्मा भए। म टुलुटुलु उनीहरू सबैलाई हेर्दै थिएँ। जवाफको प्रतीक्षामा।
‘मनीषा, रिपोर्ट सही रहेछ, तपाईंलाई क्यान्सर भएको छ,’ डा। आड्वानीले कुरा नचपाई सोझै भने, ‘अन्तिम चरणको, पाठेघर क्यान्सर।’
मेरो मुखबाट अनायासै लामो सुस्केरा निस्क्यो।
मैले मनमनै भनेँ, ‘म मर्न चाहन्नँ।’
।।।

जसलोक अस्पतालका डा। सुरेश आड्वानीले क्यान्सर पुष्टि गरेपछि हामीले आगामी उपचारबारे धेरै सरसल्लाह गर्यौं। डाक्टरसँग, परिवारसँग, इष्टमित्रसँग। सबैको रायमा क्यान्सरको उपचार निम्ति संसारमै कहलिएको अमेरिकाको न्यूयोर्क जाने निधो भयो।
म उस्तै छटपटी र व्यग्रतासाथ न्यूयोर्क पुगेँ।
डिसेम्बरको चिसोमा न्यूयोर्क पुग्दा मलाई थाहा छैन, न्यूयोर्कको तापक्रम बढी चिसो थियो कि मेरो मन।
रोगको पहिचान, उपचार र निदान– यी तीन चरणमा मैले मेरो पूरा जिन्दगी बाँचेँ। यो त्यही अवधि हो, जब मभित्रका धेरै उफानहरू शान्त भए। म स्थिर भएँ। दृढ भएँ। आत्मबल हलक्कै बढ्यो।
यो किताबमा मेरो जिन्दगीको त्यही कालखण्डको आद्योपान्त छ।
मनीषाको अर्थ हो, सरस्वती। मेरो यो किताब मभित्रको सरस्वती खोज्ने प्रयास हो।
सबै तस्बिरस् नारायण महर्जनरसेतोपाटी
९बलिउड अभिनेत्री मनीषा कोइरालाले लेखक नीलम कुमारसँगको सहकार्यमा लेखेको आत्मकथा ‘हिल्ड’ को अनूदित अंश। डिसेम्बर अन्त्यमा सार्वजनिक हुने यो किताब पेन्गुइनले प्रकाशन गरेको हो।

लेख साभार ः सेतोपाटी

कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् ।

विभिन्न सांस्कृतिक कार्यक्रम गर्न तथा आपसमा भेला भई अन्तक्र्रिया एवं छलफल गर्नका लागि सो भवन बनाउन लागिएको हो । कोलकातामा रहेका नेपालीहरुको छाता सङ्गठन संयुक्त नेपाली वेलफेयर ट्रष्टले
भवन निर्माणका लागि पहल गरिरहेको छ । नेपाल सरकारबाट रु ६ लाख र नेपाली समुदायबाट सङ्कलित रु ४ लाखबाट करीब १५ वर्षअघि खरीद गरिएको जग्गामा भवन बनाउन माटो परीक्षण र योजना तयार भइसकेको ट्रष्टका अध्यक्ष खिमराज बरालले बताउनुभयो । “कोलकातामा नेपाल भवन हाम्रो सपना हो, हाम्रो गौरव हो, यसको सफलताका लागि नेपाल सरकारले थप सहयोग गर्नुपर्छ”, खिमराजले भन्नुभयो । भवन बनाउन करीब रु १० करोड लाग्ने अनुमान गरिएको छ ।
यसबारे नेपाली समुदायले अनुरोध गरेअनुसार कोलकातास्थित महावाणिज्यदूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको र सोहीअनुसार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई अनुरोधपत्र लेख्दै भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेको तर अर्थ मन्त्रालयबाट काम अघि नबढेको बताउनुभयो । “यसमा ठूलो जोड नगरी सफलता प्राप्त हुँदैन”, धर्मराजले भन्नुभयो ।
भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताका पूर्वअध्यक्ष नारायणप्रसाद होमागाईँले नेपाल भवनबारे धेरै प्रचारप्रसार भएको बताउँदै प्रस्तावित चारतले भवनमा सम्मेलन कक्ष, पुस्तकालय, कार्यालय कक्ष र आवाससमेत बन्ने हिसाबले नक्शाको तयारी गरिएको र माग गरिएको रकम पाइएमा अढाइ वर्षमा भवन बन्ने जानकारी दिनुभयो ।
गत मङ्सिर २२–२३ गते ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’का अवसरमा महावाणिज्यदूतावासमा आयोजित अन्तक्र्रियामा महावाणिज्यदूत एकनारायण अर्यालले नेपाल भवन बन्नुपर्नेमा नेपाल सरकारलाई मनाउन सकिएको बताउँदै अब अर्थ मन्त्रालयमा पहल गरिने आश्वासन दिनुभयो । उहाँले कोलकातामा रहेका नेपाली भाषीहरु निकै सक्रिय भएको र प्रकाशन पनि निकै हुने गरेको बताउँदै भारतमा नेपाली भाषीको सङ्ख्या सर्वेक्षण हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले रविभानु काव्यवाटिकाका लागि पश्चिम बङ्गाल सरकारले जग्गा दिने आश्वासन दिएकाले सोका लागि पहल गरिने पनि बताउनुभयो । भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरेले काव्यवाटिकाका लागि भानुभक्त आचार्यको शालिक आफ्नो संस्थाले उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भवनका लागि मञ्चसँग सहकार्य गरी नेपाल सरकारसँग आग्रह गरिने वचन दिनुभयो । नेपालका लागि कावा राजदूत भरतकुमार रेग्मीले भाषा र साहित्यमा दूतावासले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी विसं २०७८ को जनगणनामा विभिन्न देशमा बसेका नेपालीहरुको तथ्याङ्क पनि लिनुपर्ने बताउनुभयो । कोलकातामा नेपाली र नेपालीभाषी करीब ५० हजार रहेको बताइएको छ ।
सो अवसरमा नेपाली समुदायले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नेपाल–कोलकाता भाडा हालको करीब रु २० हजार महँगो भएकाले घटाइनुपर्ने बताउँदै राजदूतावास र महावाणिज्यदूतावासले धार्मिक–सांस्कृतिक पर्यटनमा जोड दिनुपर्ने सुझाव दिएको थियो ।
(रासस)

राष्ट्र बैंकका पूर्व गभर्नर र मुद्रा विभागका प्रमुख विरुद्ध भ्रष्टाचार मुद्धा

एनबीआई संवाददाता, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर तिलक रावलका साथै तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडे विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

१० रुपैयाँको पोलिमर नोट छपाईका क्रममा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले तीनजनालाई २ करोड ९३ लाख रुपैंया बिगोदावी गर्दै मुद्धा दायर गरेको हो ।

अख्तियार प्रवक्ता रामेश्वर दंगालका अनुसार नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैंयाको ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्ट मार्फत आर्थिक लेनदेन गरेको भन्दै मुद्धा दायर गरिएको हो ।

गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको मुद्धामा उल्लेख गरिएको छ ।

गुणस्तरहीन नोट छपाई भएकोुु भन्ने समेतको उजुरी उपर आयोगबाट अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने गरेको तथा संचालक समितिका निर्णय चुहाउने गरेको अख्तियारले जनाएको छ ।

जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाउने गरेको पनि अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ ।

नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रति हजार अष्ट्रेलियन डलर ६८ मा ४ डलर बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गराएर रावल, पौड्याल तथा पाँडेले अनियमितता गरेको अख्तियारको भनाई छ ।

नेपाल राष्ट्र बैंकका साथै नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याएको र आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको प्रमाण पुष्टी हुन आएको अख्तियारले जनाएको छ ।

विशेष अदालतमा दायर गरिएको मुद्धामा तीन जना विरुद्ध ९१ लाख ९ हजार ८८९ रुपैंया ५८ पैसाका दरले विगो दाबी गरिएको छ ।

नेपालबाट भारतमा हुने महिला तस्करी पाँच सय प्रतिशतले बढयोः सीमा सुरक्षा बलको अध्ययन प्रतिवेदन

एनबीआई संवाददाता,नयाँ दिल्ली

नेपालबाट अवैध रुपमा भारतमा हुने महिला तस्करी पाँच सय प्रतिशतले बढेको छ । ‘भारत नेपाल सीमामा मानव तस्करी’ मा गरिएको एक अध्ययनमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) यस्तो दाबी गरेको छ । भारतको अंग्रजी दैनिक टाइम्स अफ इण्डियामा शनिबार यो अध्धयन प्रतिवेदनलाइ आधारमा समाचार प्रकाशित गरिएको छ । समाचारमा एसएसबीले सार्वजानिक गरेको अध्ययन अनुसार पछिल्लो पाँच वर्षमा सीमामा रहेका गाउँ तथा तराइ क्षेत्रबाट अवैध रुपमा ल्याइएका नेपाली महिलाहरुको संख्या पाँच सय प्रतिशतले बढेको हो, जसमा भारत नेपालको सीमामा पर्ने गाउँ तथा तराइ क्षेत्रका युवतीहरुको संख्या अधिक रहेको छ । सन् २०१३ देखिको आँकडा प्रस्तुत गर्दै जारी गरिएको अध्ययन अनुसार अवैध रुपमा ल्याइएका यी नेपाली युवतीहरुलाइ भारतको दिल्ली, कलकत्ता तथा अन्य शहरहरुका बा्रेथल(वेश्यालय)का मालिकहरुलाइ ५० हजार रुपैया सम्ममा बेचिएको खुल्न आएको छ । सन् २०१३ मा भारत नेपाल सीमाबाट १०८ महिला तथा वालबालिकाको उद्धार गरिएको थियो भने सन् २०१७मा यो संख्या ६सय ७ पुगेको एसएसबीको अध्ययनले देखाएको छ । यो संख्या अघिल्लो वर्ष निकै बढेको तथ्याँकले देखाएको छ ।

भारतीय एसएसबीले जारी गरेको मानव तस्करी प्रतिवेदन अनुसार उद्धार गरिएकाको संख्या

वर्ष महिला उद्धार संख्या

 

२०१२ ७२

 

२०१३ १०८

 

२०१४ ३३

 

२०१५ ३३६

 

२०१६ ५०१

 

२०१७ ६०७
२०१८ फेब्रुअरीसम्म ९४

नेपाललाइ महिला तथा वालबालिकाको तस्करी हुने श्रोत देशको रुपमा लिइने भन्दै एसएसबी अध्ययनले उनीहरुलाइ जबरजस्ती रुपमा बेश्यावृतिमा लगाउने गरेको उल्लेख गरेको छ । त्यसैगरि घरेलु कामका साथै अन्य प्रकारको श्रम शोषणकालागि उनीलाइ बाध्य बनाउने र कतिपय केसमा अबैधानिक रुपमा उनीहरुको अंग समेत काटिने गरेको छ । नेपालको महिला समाजकल्याण मन्त्रालयको तथ्याँकलाइ आधार मान्दै एसएसबीेको अध्ययनमा भनिएको छ , नेपालको ७५ जिल्लामध्ये २६ जिल्लामा अवैध प्रवासी रहेका छन् । अधिकाँश पहाडी तथा अति पिछडिएका जातिका महिला तथा बालबालिकाहरु यस्तो तस्करीमा पर्ने गरेका छन् ।  तर तस्करी हुनेहरुमा उच्च जातिका पनि रहेका छन् ।

तस्करीमा संलग्न हुने पुरुषहरु ‘दलाल’ र महिलाहरु ‘दिदी’ हरुले ९ देखि १६ वर्ष उमेरका केटीहरुलाइ बसमा चढाएर भारतका सीमावर्ती शहरमा पुरयाउने गरेका छन् । बोर्डरमा प्रतीक्षा गरिरहेका पेशेवर दलालाहरुले प्रत्येक केटीहरुलाइ ६हजार रुपैया सम्ममा खरीद गर्ने गर्छन् । अध्ययन अनुसार कहिलेकाहिं परीबारका सदस्यहरु पनि यस्तो तस्करको रुपमा कार्य गरिरहेका भेटिन्छन् । सीमावर्ती पुलिसले चेकजाँच गर्ने हुँदा केटीहरुलाइ उनीहरुको वास्तविक उमेर लुकाउन सिकाइन्छ ।

एसएसबीले तस्करहरुको रुट खुलासा गर्दै भनेको रुट अनुसार गाउँबाट ल्याइएका केटीहरुलाइ सबैभन्दा पहिला काठमाडौ लैजाने अथवा कुनै गेस्ट हाउस अथवा कार्पेट फ्याक्ट्रीहरुमा राख्ने गर्दछन् । त्यसपश्चात सीमावर्ती शहरसम्म ल्याएर दलाललाइ बिक्री गर्छन् । अनि वस र ट्रेनबाट भारतको मुम्बइ, कोलकाता, दिल्ली तथा अन्य साना शहरहरुका बेश्यालय मालिक अथवा महिला दलाललाइ ५० हजार भारतीय रुपैया सम्म बिक्री गर्छन् । अध्ययनअनुसार अधिकांश दलालहरु बसबाट दिल्ली आउने अनि ट्रेनबाट मुम्बइ जाने गरेका छन् । नेपालका पहाडी क्षेत्रका गाउँहरुमा जुनदेखि अगस्तको समयमा चरम गरीबीबाट गुज्रिने र नयाँ फसलको प्रतीक्षमा रहने हुँदा यस्तो समयमा तस्करी बढी हुने गरेको छ । यही समयलाइ लक्षित गरेर महिला दलालहरु केटी फकाउन भारतबाट गाउँ जाने गर्दछन् , अध्ययनमा उल्लेख छ । कतिवय वेश्यालयका मालिकहरु राजनीतिक रुपमा जोडिएका कारण दोषी प्रमाणित नभएको एसएसबीको अध्ययनले देखाएको समाचारमा उल्लेख छ ।

श्रोतः भारतबाट प्रकाशित हुने अंग्रजी दैनिक टाइम्स अफ इण्डियामा शनिबार प्रकाशित

अर्थमन्त्रीले दिल्लीमा भने, कुनै पनि किसिमको आतकंवादी गतिविधीकालागि नेपाली भुमि प्रयोग गर्न दिदैनौ

एनआइबी संवाददाता,नयाँ दिल्ली

नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले कुनै पनि आतंकवादी समुहको गतिविधीकालागि नेपाली भुमिको प्रयोग हुन नदिने नेपाल सरकारको नीति रहेको बताएका छन् । हरियाणा राज्यको गुरुग्राममा आयोजित ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ लाइ सम्बोधन गदै अर्थमन्त्री खतिवडाले नेपालको सीमा वा त्यस भन्दा बाहिर कुनै पनि आतंकवादी समुहलाइ नेपाली भुमिको प्रयोग गर्न नदिने बताएका हुन् । आतंकवादलाइ कुनै पनि प्रकारको रुचि पुरा गर्ने माध्यमको रुपमा प्रयोग गर्न दिन नहुनेमा जोड दिदैं अर्थमन्त्री खतिवडाले भने, संयुक्त राष्ट्र संघ , सार्क तथा बिमस्टेकको सदस्यको रुपमा रहेको नेपालले प्रतिआतंकवादका समर्थनमा विभिन्न अन्तराष्ट्रिय तथा क्षेत्रीय सन्धि संझौतामा हस्ताक्षर गरेको र त्यसलाइ लागु पनि गर्दै आएको छ।’

भारत प्रशासित कश्मिरको उरीमा भएको आक्रमण पछि भारत पाकिस्तानबीचको सम्बन्धमा आएको तनावले सार्कको अस्तित्व नै संकटमा परेको छ । काठमाडौंमा सम्पन्न १८औं शिखर सम्मेलन पछि पाकिस्तानमा हुने तय भएको उन्नाइसौं शिखर हाल सम्म हुन सकेको छैन् । उरीमा भएको आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भन्दै भारतले पाकिस्तानमा २०७३ मंसीरमा हुने भनिएको सार्क बैठकमा सहभागी हुन अस्वीकार गरयो । अफगानिस्तान, भुटान र बंगलादेशले पनि भारतको समर्थन जनाउँदै बैठकमा सहभागी नहुने भनेपछि बैठक स्थगन भएको थियो । नेपाल सार्कको अध्यक्ष राष्ट्र र पाकिस्तान उन्नाइसौं शिखर सम्मेलनको आयोजक राष्ट्र रहेको छ । उन्नाइसौ सार्क सम्मेलन गराउनकालागि पहल गर्न नेपालका प्रधानमन्त्री के.पी. ओलीलाइ पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासीले भर्खरै गरेको नेपाल भ्रमणमा आग्रह समेत गरेका छन् ।

सार्कको अस्तित्व नै ओझेलमा परिहरेको यस्तो समयमा अर्थमन्त्री खतिवडाले क्षेत्रीय आतंकवाद दमनमा नेपालले उल्लेखनीय भुमिका खलेको स्मरण गराउँदै सार्कको भुमिकाबारे थप प्रकाश पारे । आतंकवाद विरुद्ध गरिएको सामुहिक प्रयासलाइ समर्थन गर्ने सन्दर्भमा काठमाण्डौंमा सम्पन्न तेश्रो सार्क सम्मेलन उपलब्धिमुलुक भएको उनले स्मरण गरे । आतंकवादसँग जुधिरहेको विश्वका विभिन्न मुलुकका सहभागीहरुलाइ सम्बोधन गर्दै उनले भने,‘आतंकवादको दमनमा सार्क नामाकरण गरिएको काठमाडौंमा सम्पन्न तेश्रो सम्मेलनमा आतंकवाद विरुद्ध एकजुट हुने पहिलो क्षेत्रीय सामुहिक प्रयासलाइ समर्थन गर्ने सन्धिको ढाँचा बनाउन नेपालको उल्लेखनीय भुमिका रहेको थियो।’ उनले बिमस्टेकलाइ आतंकवाद विरुद्ध एकजुट भएर काम गर्न बिमस्टेक अर्को महत्वपूर्ण क्षेत्रीय प्लेटफार्म रहेको उल्लेख गरे ।

नेपालको राष्ट्रिय क्षमता तथा आतंकवाद विरुद्धको तयारीका बारेमा विश्व समुदायलाइ जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले भने, हामीले सुरक्षाको पूर्वाधार बिस्तार गरेका छौं , प्रशिक्षित सुरक्षाकर्मीहरु बढाइएको छ, आतंकवादको रोकथामकालागि आपतकालिन अवस्थामा सुरक्षाको माँग पुरा गर्न तयार रहनेछ । सुरक्षा प्रविधीको नयाँ ढाँचामा अपडेट गरेका छौं , तिनीहरुलाइ आवश्यक अन्तराष्ट्रिय प्रदर्शन प्रदान गर्ने प्रयास गरेका छौं ।’ आतंकवादको वित्तपोषणमा अन्तराष्ट्रिय दायित्वहरुलाइ पालना गरिरहेको भन्दै अर्थमन्त्रीले भने, हामीले शंकास्पद धनको शोधन तथा आतंकवादी गतिविधिको वित्तिय जानकारी तथा अनुसंधान गर्नकालागि ए अबैधानिक पैसा तथा आतंकवादी गतिविधीको लगानी हामीले वित्तिय अनुसंधान इकाइ स्थापना गरेका छौं , मनि लन्ड्रिंग निवारण अधिनियम अन्तर्गत केन्द्रिय वित्तिय अनुसंधान इकाइ तथा एण्टी मनी लन्ड्रिंग संस्था बनाएका छौं ।

मानवताको साझा खतराको रुपमा आतंकवादलाइ परिभाषित गर्दै खतिवडाले भने,‘आतंकवादी कसैको पनि मित्र हुन सक्दैन । जबसम्म आतंकवाद रहन्छ , अन्तराष्ट्रिय विकासको लक्ष्य पुरा गर्ने सपना टाढा रहनेछ । आतंकबादसँग जुधिरहेका विश्वका विभिन्न मुलुकबाट विज्ञ तथा जानकारहरुको सहभागि रहेको सम्मेलनलाइ सम्बोधन गदै अर्थमन्त्रीले भने, विश्वबाटै आतंकवादको जरो उखेल्नकालागि हामीले कसरी साझा लक्ष्य तयार पार्छौं र त्यसलाइ कसरी लागु गर्छौं , हाम्रो भविष्य त्यसमा निर्भर गर्छ । ’

तीन दिने सम्मेलनको उदघाटन सत्रमा मुख्य वक्ता को रुपमा अर्थमन्त्री खतिवडा सहभागी भएका थिए । उदघाटन सत्रमा गुहमन्त्री राजनाथ सिंह तथा हरियाणा राज्यका मुख्यमन्त्री मनोहरलाल खट्टरका साथ अर्थमन्त्री खतिवडाले मंच साझा गरेका थिए । वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत आएका उनी पहिलो मन्त्री हुन् । सत्तारुढ भारतीय जनता पार्टी निकट थिंक ट्याँकहरुको संस्था इण्डिया फाउन्डेसनको आयोजनामा भएको सम्मेलनको चौथो संस्करणको विषय बैश्विक आतंकवादको परिवर्तित स्वरुप रहेको छ । बुधबार दिल्ली आएका अर्थमन्त्री खतिवडा विहिबार काठमाडौं फर्किदैछन् । सम्मेलनमा नेपालका तर्फबाट बरिष्ठ पत्रकार युवराज घिमिरे वक्ताको रुपमा सहभागी छन् ।

 

अर्थमन्त्री खतिवडा दिल्ली आउँदै

एनआइबी संवाददाता,नयाँ दिल्ली

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली आउँदैछन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’(काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उनी दिल्ली आउन लागेका हुन् । तीन दिने सो सम्मेलनको उदघाटन सत्रमा कि नोट स्पिकर(मुख्य वक्ता) को रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदैछन् । उदघाटन सत्रमा गुहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मंच साझा गर्नेछन् । वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत आउन लागेको उनी पहिलो मन्त्री हुन् । ‘अर्थमन्त्री खतिवडा बुधबार अपरान्ह दिल्ली आएर उदघाटन सत्रमा मुख्य वक्ताको रुपमा सहभागी हुने कार्यक्रम रहेको छ, नयाँ दिल्ली स्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले अन्नपूर्णलाइ जानकारी दिए । विहिबार नै फर्किने गरि आउन लागेका अर्थमन्त्रीको द्धिपक्षिय राजनीतिक भेटघाटको कार्यक्रम नरहेको उनले बताए । बधबार साँझ सम्मेलनको उदघाटन सत्र रहेको छ । अर्थमन्त्री खतिवडा बुधबार अपरान्ह दिल्ली आउने र विहिबार विहान फर्किने कार्यक्रम रहेको छ । सम्मेलनमा खतिवडाले प्रति आतकंवादका बारेमा नेपालको धारणा राख्नेछन् । सत्तारुढ भारतीय जनता पार्टी निकट थिंक ट्याँकहरुको संस्था इण्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको सम्मेलनको चौथो संस्करणको विषय बैश्विक आतंकवादको परिवर्तित स्वरुप रहेको छ ।
नेपाल सरकारले अन्तिम समयमा गरेको निर्णय अनुरुप सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा आउन लागेका हुन् । सामान्तया सुरक्षा चासोका यस किसिमका कार्यक्रममा गृहमन्त्री सहभागी हुने प्रचलन रहेको छ । गत वर्ष यही कार्यक्रममा तात्कालिन गृहमन्त्री विमलेन्द्र निधी सहभागी भएका थिए । विशेष वक्ताको रुपमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराइले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरि बुलेट एण्ड दि ब्यालेट वक्स पुस्तकका लेखक आदित्य अधिकारी समेत यो कार्यक्रममा सहभागी थिए ।
सुचना प्रविधिको तीब्र विकासले परिवर्तित आतंकवादको स्वरुप अनि विश्वकोलागि बढदै गएको चुनौतीका बारेमा सम्मेलनमा बृहत छलफल हुनेछ । शुक्रबार सम्म चल्ने सम्मेलनमा नयाँ युगमा आतंकवादको प्रवृति, विश्व आतंकबादका बौद्धिक चुनौती, वैश्विक आतंकबादको केन्द्र अफगानिस्तान पाकिस्तान , आतंकवादको राजनीति तथा आतंकवादको भविष्य विषयहरुमा छलफल हुने कार्यक्रम रहेको छ । कार्यक्रममा आतंकवादसँग जुधिरहेको विश्वका विभिन्न मुलुकबाट राजनीतिज्ञ, बौद्धिक क्षेत्रका विज्ञ, सैन्य अधिकारी , आइटी, इन्टेलिजेन्स एक्सपर्ट लगायत संचार क्षेत्रका विज्ञहरुको सहभागिता हुँदैछ । सम्मेलनमा नेपालका तर्फबाट बरिष्ठ पत्रकार युवराज घिमिरे पनि सहभागी वक्ताको रुपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सातौ बैठककालागि प्रबुद्ध समुहको भारतीय टोली काठमाडौंमा

एनआइबी संवाददाता,नयाँ दिल्ली

नेपाल र भारत दुइपक्षीय सम्बन्धका विविध आयामहरुलाइ एउटै टेबलमा छलफल गरेर आवश्यक परिमार्जन सहितको सुझाव बुझाउने उद्धेश्यका साथ गठन गरिएको नेपाल भारत प्रबुद्ध व्यक्ति समुह (इमिनेन्ट पर्सन ग्रुप–इपिजी) को संयुक्त बैठक शनिबार र आइतबार काठमाडौंमा बस्दैछ । छैठौ बैठकमा भएको सहमति अनुरुप काठमाडौंमा बस्ने सातौं बैठकमा प्रतिवेदन लेखनको शुरुवात र मस्यौदाको स्वरुपका बारे अन्तिम टुँगो लाग्ने अनुमान छ । दुबै मुलुकको हितका मुद्दाहरुमा दुबै पक्षले आ–आफ्ना धारणा राख्ने र त्यसमा बहस तथा छलफल गर्ने कार्य सकिसकेको हुँदा यस पटकको बैठक संयुक्त सुझाव प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको हो । बैठकमा भारत र नेपाल दुबै तर्फबाट छैठौं बैठक सम्ममा गरिएका छलफलबाट सहमतिमा पुगेका बुँदाहरु सहितको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।

‘विगतमा भएको सांझा सहमति अनुसार हामीले पनि प्रारम्भिक प्रतिवेदन तयार पारेर लैजादै छौं , नेपाली पक्षबाट पनि प्रतिवेदन तयार पारिदैछ । दुइ मुलुकको आपसी हितलाइ ध्यानमा राख्दै कुन कुन बुँदाहरु संयुक्त सुझाव प्रतिवेदनमा समावेश गर्ने भन्ने बारे निक्र्यौल यस पटकको बैठकमा गरिनेछ , काठमाडौं जानु अघि समुहका भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले एनबीआइसँग भने । बैठकमा सहभागी हुन भारतीय टोली शुक्रबार काठमाडौं पुगेको छ । भारतीय समुहका तर्फबाट संयोजक भगतसिंह कोशियारी तथा सदस्यद्धय प्राध्यापक महेन्द्र पी लामा तथा प्राध्यापक भुवनचन्द उप्रेती सहभागी हुँदैछन् । स्वास्थ्यलाभ गरिरहेका समुहका अर्का सदस्य नेपालकालागि पूर्व भारतीय राजदूत जयन्त प्रसाद भने बैठकमा सहभागी नहुने बुझिएको छ । चिकित्सकले यात्रा नगर्न सल्लाह दिएको हुँदा जयन्त प्रसाद गएनन् ।

दुइ वर्षको अवधिमा आवश्यक्ता अनुरुप जति पटक पनि बैठक बस्न सकिने भएपनि तोकिएको समयावधि नजीकिदै गएको हुँदा यसलाइ टुँगोमा पुरयाउनेमा दुबै पक्ष हतारिएका छन् । आगामी असार २० गतेभित्र(४ जुलाइ २०१८) सम्म दुबै मुलुकका सरकार प्रमुखलाइ सुझाव प्रतिवेदन बुझाउने जिम्मेबारी अनुरुप डेढ महिनाको अन्तरालमा दोश्रो बैठक राखिएको हो । यो बैठकपछि भारतमा बस्ने आठौ बैठक निर्णायक हुने समेत कोशियारीले संकेत दिए । ‘अन्तिम तथा निर्णायक बैठक दिल्लीमा नै सम्पन्न गरेर औपचारिक रुपमा प्रेसमिट गरेर जानकारी गराउँछौ,’ कोशियारीले भने ।

नेपालको मुख्य चासो रहेको १९५०को शान्ति तथा मैत्री सन्धि परिमार्जन गर्ने विषयमा सुझाव राख्ने कुरामा भारतको सुरक्षा हितको अडान भने कायमै रहेको छ । कोशियारीले भने, ‘यो बैठकमा नेपाली पक्षबाट आउने सुझावका कुराहरु सुनेर दुइ पक्षीय हितलाइ ध्यानमा राख्दै सन्धि परिमार्जनका सुझावहरु समावेश गर्नेछौं । यसमा नेपाली पक्षको चासो सँगै भारतको सुरक्षा हित पनि उत्तिकै महत्वपूर्ण रहेको छ,’ उनले थपे । नेपालले भारतको सुरक्षा संवेदनशीलतालाइ ध्यानमा राख्दै नेपालको हित अनुकुल हुने गरि सन्धिको दफा २,५,६ र ७ लाइ परिमार्जनको सुझाव राख्न चाहेको छ यद्यपि छैठौं बैठकपछि सन्धि यथास्थनामा नरहने सुझाव दिन दुबै पक्ष सहमत भएको प्रतिक्रिया नेपाली पक्षले दिएको थियो । त्यसैले सबैकुरा सामान्य रहेमा शान्ति तथा मैत्री सन्धि लगायत असमान सन्धि संझौताको परिमार्जित स्वरुप पनि यो बैठकबाट टुगिंने अनुमान छ । सन्धि परिमार्जनको सुझाव राख्नकालागि गत महिना नयाँ दिल्लीमा सम्पन्न छैठौं बैठकमा मात्र भारतीय पक्ष लचिलो देखिएको हो ।

यस अघिका बैठकहरुमा नेपाल भारतबीचको द्धिपक्षीय सम्बन्धमा लामो समयदेखि मतभेद रहँदै आएको आर्थिक, सामाजिक , साँस्कृतिक तथा विविध विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरि बृहत छलफल गरिसकिएको छ, सन्धि परिमार्जनको सुझाव बाहेकका विषयमा एक प्रकारको सहमति भइसकेको छ, समुहका भारतीय पक्षका एक सदस्यले भने । नेपाली समुहका सदस्य डा. राजन भट्राइका अनुसार दुइ मुलुककोे इतिहासमै असमान सन्धि संझौता लगायत आर्थिक,सामाजिक ,साँस्कृतिक सम्बन्धका वृहत पक्षको बारेमा एउटै टेबलमा पहिलो पटक छलफल भएको हो । बैठकको सकारात्मक पक्ष नै यही रहेको उनको भनाइ थियो ।

पालै पालो नेपाल र भारतमा बैठक बस्ने प्रावधान अनुरुप सातौं बैठक काठमाडौंमा बस्न लागेको हो । यस अघि चौथो बैठक उत्तराखण्डको देहरादुनमा बसेको थियो भने पाँचौ काठमाडौं र छैठौं बैठक नयाँ दिल्लीमा बसेको थियो । संयोग नै भएको छ , नेपालमा प्रधानमन्त्रीे ओलीको पहिलो कार्यकालका समयमा गठित समुहले उनकै नेतृत्वको सरकारलाइ प्रतिवेदन बुझाउने छ । त्यसैले पनि भारतीय समुहका संयोजक भगतसिंह कोशियारीले दिल्लीमा सम्पन्न पछिल्लो बैठकका बेला प्रतिक्रिया दिएका थिए, ‘ओलीजी कै पालामा इपीजीले औपचारिकता पाएको थियो , उहाँलाइ नै सुझाव बुझाउनु त झन राम्रो हो ।

 

भारतीय विदेशमन्त्री स्वराज विहिबार काठमाडौं जाँदै

एनआइबी संवाददाता, नयाँ दिल्ली

भारतीय विदेशमन्त्री सुषमा स्वराज विहिबारदेखि दुइ दिने नेपाल भ्रमणमा जाने निश्चित भएको छ । भारतीय विदेशमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराजको नेपाल भ्रमणको औपचारिक जानकारी गराएको छ ।

नेपालमा बाम गठबन्धनले सरकार बनाउन लागेको पूर्वसन्ध्यामा स्वराजको नेपाल भ्रमण हुन लागेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार निर्माणको प्रयास अन्तिम चरणमा पुगिरहेका बेला हुनलागेको विदेशमन्त्री स्वराजको भ्रमणलाई भारतीय पक्षले भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदानप्रदानको संज्ञा दिएको छ । यो भ्रमण भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदान प्रदानको परम्परालाई ध्यानमा राख्दै हुन लागेको हो’, भारतीय विदेशमन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ । ’त्यसैगरी द्विपक्षीय साझेदारी र दुवै देशबीचको सम्बन्धलाई विभिन्न क्षेत्रमा थप मजबुत बनाउन यो भ्रमणले महत्व दर्शाएको विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

भारतीय विदेश मन्त्रालयले स्वराजको नेपाल यात्राका क्रममा राजनीतिक नेतासँग परस्पर हितका मुद्दामा वार्ता र विचार विमर्शको अवसर पनि मिल्ने अपेक्षा गरेको छ । ’यो भ्रमणले नेपाली राजनीतिक नेतृत्वसँग विचार विमर्श गर्ने अवसर मिल्नेछ, विज्ञप्तिमा उल्लेख छ । भारत र नेपालबीच रहेको पुस्तौँदेखिको मित्रता र विशेष सम्बन्धलाई थप बलियो बनाउन यो भ्रमणले अवसर प्रदान गर्नेछ ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वराज शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live