‘डायलासिसको तुलनामा मिर्गौला प्रत्यारोपणले लामो जीवन दिन्छ’

एनआईबि संवाददाता, काठमाडौं
डायलासिसको तुलनामा प्रत्यारोपणले क्रोनिक मिर्गौलाका बिरामीहरुलाइ लामो जीवन दिन सक्ने अपोलो अस्पतालका मिर्गौला प्रत्यारोपण विशेषज्ञ डाक्टर संदीप गुलेरियाले बताएका छन् । अत्याधुनिक उपचार पद्धति र प्रविधिको प्रयोगले गरिने प्रत्यारोपणले तुलनात्मक रुपमा मिर्गौलाका बिरामीहरुलाइ सहज र लामो जीवन दिने उनले बताए । उनले काठमाडौंको अन्नपूर्ण होटलमा अस्पतालले आयोजना गरेको एक छलफल कार्यक्रममा बोल्दै डा गुलेरियाले अत्याधुनिक प्रविधि अन्तर्गत अहिले रोबोटिक सर्जरीले बिरामीहरुलाई थप सुविधा दिएको उल्लेख गरे । अपोलो अस्पतालले २१ हजार बढि सफल मिर्गौला प्रत्यारोपणको अनुभव साझा गर्दै नयाँ दिल्ली अस्पतालमा विशेषज्ञ सेवा दिदै आएका डा. गुलेरियाले यो सर्जरीले अझ छोटो समय, कम पिडा तथा थोरै समयको अस्पताल बसाइलाइ सुनिश्चित गरेको दाबी गरे ।
मधुमेह र उच्च रक्तचापबाट पिडित पुराना बिरामीहरुलािग मिर्गौला बिग्रिने खतरा उच्च हुन्छ । नियमित चेकजाँचबाट प्रारम्भिक अवस्थामै बिरामी पत्ता लगाउन सकियो भने त्यसको उपचार पनि संभव हुन्छ । तर मिर्गौलाका बिरामीहरु सामान्यतया तेश्रो चरणमा पुगिसकेपछि उपचारकालागि आउने हुँदा डायलासिस र प्रत्यारोपन अनिवार्य हुने गर्दछ । त्यसोहुँदा मानिसहरुलाइ स्वस्थ्य जीवनशैली बारे जागरुक गराएर यो रोगले निम्त्याउने शारिरीक,मानसिक र आर्थिक समस्यालाइ न्यून गर्न सकिने युरोलोजी विभागका निर्देशक डा एन सुब्रमन्यमले सुझाव दिए ।
कार्यक्रममा सोही क्रममा यस पटक घुँडा प्रतिस्थापनको सर्जरीका बारेमा विशेषज्ञ डा.यश गुलाटीले जानकारी साझा गरेका थिए । अत्याधुनिक प्रविधिबाट गरिने आधा घुँडाको प्रतिस्थापन नयाँ प्रकृया रहेको जानकारी गराउँदै गुलाटीले यसमा क्षतिग्रस्त घुँडाको भागलाइ आवश्यक्ता अनुरुप बदलिने जानकारी गराए । उनले यो मांशपेशीहरुलाइ नकाटि गरिने सानो सर्जरी रहेको हुँदा यसको रिकभरि पनि छिटो रहेको र बिरामी छिटोभन्दा छिटो सामान्य जीवनमा फर्किन सक्ने स्पष्ट पारे ।
मिर्गौला र कलेजो प्रत्यारोपणमा भारतमा आफूलाइ अग्रणि दाबी गर्दै आएको अपोलोको दिल्ली,इन्द्रप्रस्थ अस्पतालमा नेपालबाट प्रत्येक महिना विभिन्न रोगको उपचारकालागि तीन सय बढि बिरामीहरु आउने गरेका अस्पतालले जनाएको छ । अस्पतालले समय समयमा विभिन्न रोगहरुका विषयमा नेपालमा चेतनामूलक छलफल कार्यक्रम गर्दै आएको छ । यस पटक मिर्गौला प्रत्यारोपण र घुँडा प्रतिस्थापन बारे छलफल आयोजना गरेको थियो ।