अपोलो अस्पतालले गर्यो जटिल ट्यूमरको सफलता पूर्वक शल्यक्रिया

apolo
Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता, नयाँ दिल्ली

नयाँ दिल्लीस्थित अपोलो अस्पतालले मस्तिष्क र मेरुदण्ढमा फैलिएको ट्यूमर (मेनिङजिआयोमा) को सफलता पूर्वक शल्यक्रिया गरेको छ। ४८ वर्षिय श्रेष्ठ थर भएका पुरुषको मेनिङजिआयोमा को शल्यक्रिया सफलता पूर्वक गरेको अस्पतालले जनाएको छ।

अपोलो अस्पतालका वशिष्ठ न्यूरोसर्जन प्रणव कुमारको नेतृत्वको टोलीले स्थायी ठेगाना नेपाल भएका श्रेष्ठको मस्तिष्क र मेरुदण्ढमा फैलिएको ट्यूमर सफलता पूर्वक निकालेको हो।

उपचारअघि श्रेष्ठको बानी व्यवहारमा परिर्वतन देखिनुका साथै शरिरको बाँया भाग कमजोर  पाइएको अस्पताले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। काठमाडौँमा पनि ट्यूमरको उपचार गराएका उनलाई अपोलो अस्पतालमा एमआरआई गर्दा बाँया भागमा  ठूलो ट्यूमरमा देखिएपछि उपचार गरिएको बताइएको छ।

‘शल्यक्रिया जोखिमपूर्ण मात्रै होइन, गाह्रो पनि थियो’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शल्यक्रियाको दौरान अधिक मात्रमा रक्तश्राव  हुने सम्भावना थियो र रक्तश्राव रोक्न नसक्दा बिरामीको ज्यानलाई खतरा थियो,’ विज्ञप्तिमा भनिएको छ।

काठमाडौँमा श्रेष्ठको ट्यूमरको उपचार भए पनि पूर्ण रुपमा ननिक्लिएपछि नयाँ दिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो । ‘हामीले विरामीको ट्यूमर देख्ना साथ दोस्रो शल्यक्रिया गर्ने सल्लाह दिएका थियौँ, तर एक पटक शल्यक्रिया गरि सकेको परिवारले दोस्रो शल्यक्रिया गर्न अप्ठेरो मानेको थियो’, विज्ञप्तिमा भनिएको छ।
शल्यक्रिया सम्बन्धि जानकारी दिँदै शल्यक्रियामा संलग्न वरिष्ठ न्यूरोर्सजन प्रणव कुमार भन्छन्, ‘काठमाडौँमा गरिएको शल्यक्रियाभन्दा सफल रुपमा हामीले श्रेष्ठको ट्यूमर पूर्ण रुपमा निकाल्यौँ। शल्यक्रियापछि उनलाई काठमाडौँमा जस्तो रेडियोथेरापी गर्नुपरेन र रक्तश्राव पनि कम भयो।’
श्रेष्ठको ट्यूमरको शल्यक्रिया गर्दा उनलाई रगत दिनु नपरेको पनि अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live