अक्षय कुमार पहिलो पटक २०० करोड क्लबमा

एनआईबि संवाददाता,नयाँ दिल्ली
केहि साता अघि सबैभन्दा बढी कमाइ गर्ने अभिनेताको सुचीमा विश्वमै चौथो नम्बरमा पर्न सफल भएका पुगेका बलिउड अभिनेताको उपलब्धिहरु थामिएको छैन् । पछल्ले समय सबैभन्दा बढि आयकर तिर्ने अभिनेताको सुचीमा पनि अक्षयको नाम कोरिएको छ । अहिले उनले थप अर्को उपलब्धि आफनो नाम लेखाएका छन् । अक्षय अभिनित ‘मिशन मंगल’ले २००करोडको आँकडा पार गरेको छ । बलिउडमा ग्यारेन्टी कुमारका नामले समेत चर्चित रहेका अक्षयको २८ वर्षे करियरमा २०० करोड कमाई गर्ने यो पहिलो फिल्म बनेको छ । अहिले सम्म फिल्मले २०० करोड १६ लाखको कमाइ गरेको छ । अक्षयले यसको खुशी ट्वििटरमा व्यक्त गरेका छन् । उनका एक फ्यानले मिशन मंगलको सफलतालाइ लिएर बनाएको भिडियो पोष्ट गर्दै लेखेका छन्, तपाईको माया र प्रशंसाले यो फिल्म २०० करोडको मिलको पत्थर बनेको छ ।
This is such a lovely creative Bhushan…our film, Mission Mangal just like this jigsaw puzzle came together with every piece fitting in perfectly and with your love & appreciation reached the 200 crores milestone 😁 https://t.co/5x8WXUCoZ1
— Akshay Kumar (@akshaykumar) September 13, 2019
भारतको स्वतन्त्रता दिवस ( १५ अगस्त) को दिन रिलिज भएको चलचित्रले ४ साता सम्म पनि कमाईमा दबदबा कायमै राखेको छ । यो फिल्ममा अक्षय सँग विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी, शरमन जोशी र नित्या मेनन लगायत मुख्य भुमिकामा छन् । आर बाल्कीले निर्माण गरेको यो फिल्मलाइ जगन शक्तिले निर्देशन गरेका हुन् ।
भारतीय अन्तरक्षित अनुसंधान संस्थान(इसरो) का बैज्ञानिकहरुद्धारा भारतको पहिलो मंगलयानको सफल परिक्षण भित्रको कथालाइ यो फिल्मले पस्केको छ । मंगलयान इसरोको एक महत्वकांक्षी अन्तरिक्ष परियोजना थियो । यो परियोजना अन्तर्गत ५ नोभेम्बर २०१३मा २ बजेर ३८ मिनेटमा मंगल ग्रहको परिक्रमा गर्ने उद्धेश्यले छोडिएको एउटा उपग्रह आन्ध्र प्रदेशको श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट छोडिएको थियो । कम संसाधनको सीमा भित्र रहेर सफल बनाइयो यो अभियानका पछाडि भारतीय बैज्ञानिकहरुले गरेको मेहनत र रचेको इतिहासलाइ मिशन मंगलले देखाएको छ ।