विश्वको सबैभन्दा धेरै कमाइ गर्ने चौथो अभिनेता अक्षय कुमार

तस्वीर श्रोतःअक्षय कुमारको ट्विटर
एनआइबि संवाददाता,नयाँ दिल्ली
विश्वका सबैभन्दा धेरै कमाइ गर्ने अभिनेताको चौथो स्थानमा बलिउडका अभिनता अक्षय कुमार परेका छन् । अमेरिकाबाट संचालित वित्तिय समाचार अनलाइन फोब्र्स डट कमले गरेको जारी गरेको यो वर्षको शीर्ष दश अभिनेताको सुचीमा अक्षय चौथो स्थानमा परेका हुन । फोब्र्सको तथ्याँक अनुसार अक्षयले यो वर्ष ६.५ करोड अमेरिकी डलर कमाएर यो स्थानमा पुगेका हुन् । फोब्र्सले १जुन २०१८देखि १जुन २०१९ सम्मको अवधिको पारिश्रमिकलाइ आधार बनाएर सर्वे गरेको थियो । यो सुचीमा पर्ने अक्षय बलिउडका एक्लो अभिनेता रहेका छन् । यस अघि सबैभन्दा धनी सेलिब्रेटीको सुचीमा शाहरुख खान , सलमान खान ,दीपिका पादुकोण लगायत पुगिसकेका छन् ।
फोब्र्स यो सुचीमा हलिउडका ड्यानी रक जोनसन पहिलो नम्बरमा रहेका छन् । यो अवधिमा उनले ८ दशमलब ९४ करोड डलर कमाइ गरेका छन् । दोस्रो स्थानमा अष्ट्रेलियन अभिनेता क्रिस हेम्सवर्थ छन् । चर्चित हलिउड फिल्म ‘हल्क’का मुख्य अभिनेता यो अवधिमा ७.६४ अमेरिकी डलर कमाएका छ्न् । धेरै कमाई गर्ने सूचीको शीर्ष दशमा रहेका अन्य अभिनेताहरु रोबर्ट डनी ज्युनियर्स(आइरनम्यान), क्रिस इभान्स(क्याप्टेन अमेरिका), ब्राड्ले कुपर(रकेट) र पल रुड(एन्टम्यान) पनि सोही फिल्मका अभिनेताहरु रहेका छन् ।
फोब्र्स डट कम अनुसार २०१९ मा सबैभन्दा धेरै पारिश्रमिक पाउने शीर्ष दश अभिनेताः
१.डनी ‘रक’ जोनसन (८.९४ करोड अमेरिकी डलर)
.क्रिस हेम्सवर्थ (७.६४ करोड अमेरिकी डलर)
३.रोबर्ट जान डाउने जुनियर्स (६.६ करोड अमेरिकी डलर)
४.अक्षय कुमार (६.५ करोड अमेरिकी डलर)
५.ज्याकी चान (५.८ करोड अमेरिकी डलर)
६.ब्राड्ले कूपर (५.७ करोड अमेरिकी डलर)
७.एडम स्याण्डलर (५.७ करोड अमेरिकी डलर)
८.क्रिसटोफर राबर्ट इवान्स (४.३५ करोड अमेरिकी डलर)
९.पाल रुड (४.१ करोड अमेरिकी डलर)
१०.विल स्मिथ (३.५ करोड अमेरिकी डलर)